Tuesday, December 30, 2008

Happy New Year 2009

May the year 2009 bring peace, prosperiety, abundance of happiness, wealth and success in your life.
 
 

Tuesday, December 23, 2008

नयाँ

नयाँ
काम केही नौलो छैन, गफै मात्र नयाँ नयाँ
हाम्रो नेपाल पुरानै छ, तिम्रो जीवनशैली नयाँ

सबै ठूला पदहरुमा आफ्नै चम्चाहरु भर्यौ
उपहार भन्दै घुस, लिई तिमी दङ्ग पर्यौ
हाम्रो आङ नङ्ग्याएर, तिमी लाउँछौ सुट नयाँ
काम केही नौलो छैन, गफै मात्र नयाँ नयाँ

धिक्कार छ हामीलाई तिम्रो विश्वास गर्यौं किन
तिम्रा मिठा कुराहरुको जालमा हामी पर्यौं किन
हामीलाई नै लत्याएर, तिमी चाल खेल्छौ नयाँ
काम केही नौलो छैन, गफै मात्र नयाँ नयाँ

हामी सबै पुरानै छौं, हाम्रा नेता आए नयाँ
हाम्रो नेपाल पुरानै छ, उनको जीवनशैली नयाँ
उनको जीवनशैली नयाँ ।।।

जोगी जुन आएपनि, कान किन चिर्या हुन्छ ???

शाही ठाँटबाँट!
सर्वहाराको मुक्तिका लागि भनी १० वर्ष चलाइएको 'जनयुद्ध'मा झ्ाण्डै १४ हजारको ज्यानको बाजी लगाएर सत्तामा पुगेको नेकपा मा'वादीका नेताहरूको जीवनशैली घरानियाँ बन्दै गएको छ। सन्तोष बराइली को रिपोर्ट--------
 प्रधानमन्त्री तथा मावादी अध्यक्ष पुष्पकमल दाहाल खानामा घिउ हालेको लोकल मन्सुली चामलको भातसँगै नियमित लोकल कुखुरा र खसीको मासु मन पराउँछन्। मासको दाल, काउली, आलु र रायोको साग पाए उनको रुचि बढ्छ। खानपानसँगै पहिरनका पनि सौखिन प्रम दाहाल औपचारिक कार्यक्रममा सुट र घर बस्दा लुङ्गी वा ट्र्याकसुट लगाउँछन्। प्रमसँग २० जोर सुट र करिब एकदर्जन पाइन्ट भएको उनका स्वकीय सचिव बिके श्रेष्ठ बताउँछन्। यसबाहेक एकदर्जन भन्दा बढी सर्ट, ज्याकेट, स्वेटर, भेस्ट र ट्र्याकसुट छन्। कालो छालाको जुत्ता मन पराउने प्रम दाहालसँग बाँसवारी, स्काई र टिपटप जस्ता स्वदेशी कम्पनीकै सात जोर जुत्ता छन्।
प्रधानमन्त्री बनेपछि आफ्ना लागि कपडा नकिनेका प्रम दाहालको आवश्यकता उपहारकै लुगाबाटै टरेको स्वकीय सचिव श्रेष्ठ बताउँछन्। कुनै समय प्रम दाहालको नाडीमा सुशोभित रु.५० हजार जतिको राडो घडी पनि नेपालका एक चर्चित उद्योगपतिले उपहारस्वरुप दिएको सचिव श्रेष्ठ बताउँछन्। कार्यकर्ताहरूबीच विवाद र सार्वजनिक चर्चाको विषय बनेपछि अहिले त्यो घडी बालुवाटार निवासको शयनकक्षमा सजिएको छ।
पछिल्लो समय चर्चामा आएको प्रधानमन्त्रीको डेढ लाख रुपैयाँ पर्ने भनिएको पलङ चीनबाट मगाएको सचिव श्रेष्ठ बताउँछन्। उनको भनाइ छ, “हल्ला भएजस्तो डेढ लाख रुपैयाँ पर्ने पलङ चाहिँ होइन त्यो। करिब रु.७० हजार परेको यस्तै डिजाइनको पलङ एकैलटमा राष्ट्रपति, उप-राष्ट्रपति र सभामुखलाई पनि उपलब्ध गराइएको थियो।” सम्वाददातालाई श्रेष्ठ थप्दछन्, “अरूले त यसै लेखे, तपाइँ सोध्न त आउनु भो।”
प्रम दाहालको दैनिकी पनि रोमाञ्चक छ। बिहान चार बजे उठ्ने उनी दुई घण्टा छ्यानमै पुस्तकहरू पढ्छन्। त्यसपछि छोरा प्रकाश र भतिजा समिरसँग करिब आधाघण्टा ब्याडमिन्टन खेलेर नित्यकर्ममा लाग्छन्। सधैँ क्लिनिक प्लस स्याम्पूले नुहाउने र कपालमा डाबर आँवला तेल लगाउने प्रम दाहालले कहिल्यै जेल नलगाएको स्वकीय सचिव श्रेष्ठको भनाइ छ। यसअघि प्रमले जेल लगाउने गरेको भन्ने चर्चामा आएको थियो। नुहाइधुवाइपछि कालो चियाको चुस्की लिँदै पत्रपत्रिका पढ्ने अनि विशेष भेटघाटलाई समय छुट्याउने प्रम बिहान आठ बजे खाजा र १२ बजे खाना खान्छन्। बिहानको खाजामा गहुँको रोटी र रायोको साग मन पराउँछन् भने खानापछि एक घण्टा जति आराम गर्छन्।
सिनेमा हेर्न र गीत सुन्न रुचाउने प्रम दाहालको आवश्यकता छोरा तथा निजी सचिव प्रकाशले पुराना हिन्दी र नेपाली सिनेमाका सीडी ल्याएर पूरा गरिदिन्छन्। कतिपय नेपाली गीत गायकहरू स्वयंले पनि ल्याइदिने गरेका छन्। परिवार र मिल्ने साथीभाइहरूसँग चुट्किला भनेर रमाइलो गर्ने दाहालको पुरानो बानी प्रधानमन्त्री भएपछि पनि छुटेको छैन। फुर्सदको बेला १० वर्षकी नातिनी स्मिता (गङ्गा दाहालकी छोरी)सँग गीत गाउने होडबाजी नै चल्छ। सचिव श्रेष्ठ थप्छन्, “गीत गाउन सिपालु नातिनी स्मिता र लोक तथा झयाउरे गीत मन पराउने प्रधानमन्त्री बीच कडै प्रतिस्पर्धा हुन्छ।”
बेलुकी टिभीको रिमोट प्रम दाहालकै नियन्त्रणमा हुन्छ। देश-विदेशका च्यानलहरूको समाचारसँगै हास्य टेलिसिरियल चाख मानेर हेर्ने प्रम दाहाललाई नेपाल टेलिभिजनबाट आउने तीतो सत्य मन पर्छ। श्रेष्ठको भनाइमा मनोज गजुरेलको हालै बजारमा आएको हास्य सीडी फोटोकपी उनले धेरै पटक हेरिसके। प्रम दाहाल बेलुकी खाना खाएर आठ बजेको नेपाल टेलिभिजनको समाचार हेर्नासाथ सुत्छन्।

थकान मेट्न मदिरा
राज्य पुनर्संरचना तथा संस्कृति मन्त्री एवं मावादी केन्द्रीय सदस्य गोपाल किराँतीलाई युद्धकालमा मदिरा पिउनेहरूलाई भाटे कार्वाही गरेको आजै जस्तो लाग्छ, तर आजभोलि उनी आफैँ थकान मेट्न सुत्नुअघि नियमित मदिरा पिउँछन्, त्यो पनि स्कच ह्विस्की! २० मङ्सिरमा सिंहदरबारस्थित कार्यालयमा आफ्नो जीवनशैलीबारे बताउँदै मन्त्री किराँतीले भने, “भेट्न आउनेहरूले उपहारस्वरुप रेड लेबल, ब्ल्याक लेवलजस्ता विदेशी मदिरा लिएर आउँछन्। उपहार फर्काउने र फ्याँक्ने कुरा भएन, त्यसैले थकान मेट्न सुत्नुअघि एक-दुई पेग पिउँछु।”
किराँतीले परिवारको गर्जो टार्न २०३९ देखि २०४५ सालसम्म दिनको रु.३० देखि ५० ज्यालामा काठमाडौंको ज्ञानेश्वर क्षेत्रमा भरियाको काम पनि गरेका थिए। कठोर राजनीतिक यात्रासँगै मन्त्री बनेका उनको जीवनशैलीमा अहिले ठूलै परिवर्तन आएको छ। रु.२० हजारको कोट र १६ हजारको घडी लगाउने हैसियत राख्ने किराँती भन्छन्, “महँगा लुगा र घडी मैले पैसा हालेर किनेको हैन, विदेशमा बस्ने साथीहरूका उपहार हुन्।” हङकङमा बस्ने साथीले घडी र लण्डनको साथीले कोट पठाइदिएको बताउँदै उनले ती साथीहरूको नाम भने खुलाउन चाहेनन्। प्रायः कटराइजको पाइन्ट, टि-सर्ट, सर्ट र ज्याकेट लगाउन रुचाउने मन्त्री किराँतीसँग अहिले पाँच जोर सुट छन्। उनी भन्छन्, “सत्तामा आएपछि जीवनशैलीमा केही परिवर्तन हुनु स्वाभाविक हो।”
बिहान पाँच बजे उठ्ने मन्त्री किराँती महिनामा एकपटक नुहाउँछन्। उनी भन्छन्, “मैलो फाल्न नुहाउने हो, मैलो नपरेसम्म नुहाउँदिनँ।” खानामा उनलाई कोदाको ढिँडो र सुँगुरको मासु मनपर्छ। तर अहिले कोदाको पीठो नपाएर मसिनो बासमती चामलले छाक टारिरहेको बताउँछन्। युद्धकालमा गाई-गोरुको मासु प्रशस्त खाएको बताउँदै उनी भन्छन्, “अहिले सातामा एकपटक मासु खाइन्छ। मुसुरोको दाल, हरियो सागसब्जी मन पर्छ। बेलुकी प्रायः गहुँको रोटी खान्छु।” सपरिवार मन्त्रीक्वार्टरमा बस्ने किराँतीका एक मात्र छोरा नयाँबानेश्वरको एउटा निजी बोर्डिङ स्कूलमा सात कक्षामा पढ्छन्।
रक्षामन्त्री तथा मावादी केन्द्रीय सदस्य रामबहादुर थापा बादल चाहिँ शास्त्रीय सङ्गीत सुनेर मनोरञ्जन लिन्छन्। भारतीय गायिका शोभा मुद्गल उनकी फेवरेट हुन्। टेलिभिजनमा धेरैजसो समाचार हेर्ने र शुक्रबार-शनिबार बेलुकी ९.३० मा जी टिभीबाट प्रसारण हुने साङ्गीतिक कार्यक्रम सारेगामा हेर्न सकेसम्म नछुटाउने मन्त्री थापाले फुर्सदका बेला सिनेमाहरू हेर्ने गरेको उनका छोरा तथा सहायक स्वकीय सचिव प्रतीक बताउँछन्। अङ्ग्रेजी फ्योरन्हाइट र नाइन इलाभेन, हिन्दी मोहब्बते रक्षामन्त्रीले मनपराएका सिनेमा मध्ये हुन्। समकालीन साथी र नेताहरूलाई हिन्दी चुट्किला सुनाएर ठट्टा गर्ने थापाको मुझ्े धक्का किसने दिया भन्ने जोक निकै पपुलर छ।
धेरैजसो कोट-पाइण्टमा ठाँटिने रक्षामन्त्रीको रुचिकै पहिरनमा पर्छन्― ज्याकेट, टिसर्ट र सर्टहरू। उनीसँग यतिखेर रु.५ हजार पर्ने दुई जोर सुट छन्। त्यसैगरी डेढ दर्जनको हाराहारीमा कोट, पाइन्ट, ज्याकेट, टिसर्ट र हाफ स्वेटर रहेको छोरा प्रतीकले बताए। बेलायतमा बस्ने बहिनीले कपडाहरू पठाइदिने गरेको र उनले अहिले बहिनी-ज्वाइँले पठाइदिएका सिको घडी बाँधिरहेका प्रतीक बताउँछन्। हालै मात्र नेपाल भ्रमणमा आएका चिनियाँ जनमुक्ति सेनाका उप-प्रमुख लेफ्िटनेन्ट जनरल मा जियासियानले उपहार दिएको घडी चाहिँ थापाले छोरालाई नै लगाउन दिएका छन्।
उच्च रक्तचाप (हाई ब्लडप्रेसर)का कारण मासुको साटो महिनामा दुई पटक माछा खाने थापा माछाको टाउको मीठो मान्छन्। बिहानको खानामा दालभात र तरकारीमा लौका, तीतेकरेला रुचाउने उनलाई बेलुकी गहुँको रोटी र रायोको साग चाहिन्छ। भेज मम उनलाई मन पर्ने परिकार हो। प्रतीक थप्छन्, “ब्लड प्रेसरकै कारण उहाँ मसला र नुन कम खानुहुन्छ। खाना खाइसकेपछि फलाहारमा उहाँलाई स्याउ चाहिन्छ।”
रक्षामन्त्री बिहान पाँच बजे उठ्छन्, १० मिनेट शारीरिक व्यायाम गर्छन् र त्यसपछि कालो चिया पिउँदै आधा घण्टा विभिन्न पत्रपत्रिका पढ्छन् अनि पस्छन् स्टडी रुममा, जहाँ आधा घण्टा एक्लै बसेर चिन्तन गरेपछि लाग्छन् नित्यकर्मतिर। दैनिक नुहाउने उनी पेन्टिन स्याम्पू प्रयोग गर्छन्। बिहानको खाना १०.३० मा खाने रक्षामन्त्री थापा बेलुकीको खाना पनि १०.३० मै खान्छन्। सुत्नुअघि विभिन्न टेलिभिजन च्यानलमा समाचार हेर्छन्। २०३१ सालदेखि राजनीतिमा लागेका रक्षामन्त्री थापा कृषिमा उच्चशिक्षा अध्ययनका लागि रूस गए पनि बीचैमा फर्किई भूमिगत राजनीतिमा लागेका थिए।
नुहाउँदा पेन्टिन स्याम्पू प्रयोग गर्ने र दुई महिनामा एक पटक कपालमा रातो मेहन्दी लगाउने श्रम तथा यातायात मन्त्री लेखराज भट्ट १४ वर्षको उमेरदेखि नै कपाल फुल्न थालेपछि रातो मेहन्दी लगाउने गरेको बताउँछन्। प्रायः मिक्स जिन्स र कटराइजको पाइन्ट लगाउने उनले सभासद् बनेयता कोट किनेर लगाउन थालेका हुन्। उनी भन्छन्, “श्रीमतीले जे किनिदिन्छे त्यही लगाउँछु। म आफू केही पनि किनमेल गर्दिनँ।”
खानामा मन्त्री भट्टलाई साधारण दालभात, आलुको तरकारी र हरियो सागसब्जी चाहिन्छ, मासु त्यति मन पर्दैन। बेलुकी खानामा गहुँको रोटी र साग नै चाहिन्छ। बिहान ९.३० बजे खाना खाने श्रममन्त्री बेलुकी १० बजे खाएर सुत्नुअघि टेलिभिजनमा समाचार र रेस्लिङ एवं द्वन्द्वप्रधान कार्यक्रम र सिनेमा हेर्छन्। हिन्दी सिनेमा शोले उनकोे मन पर्ने सिनेमा हो। बिहान चार बजे उठ्ने मन्त्री भट्ट बेलुकी ११ बजे सुत्ने गर्छन्। सङ्घर्षकाल र अहिलेको जीवनशैलीमा खासै परिवर्तन नआएको बताउँदै उनी भन्छन्, “कस्तो जीवनशैली अपनाउने भन्ने कुरा आफैँमा भर पर्छ।”
लाउने खाने कुरामा त्यति महत्व नदिने मावादी प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराप्रायः पाइन्ट, टि-सर्ट, सर्ट लगाउन रुचाउँछन्। उनले मन्त्री बनेपछि कोट लगाउन थालेका हुन्। स्वकीय सचिव कगेन्द्रका अनुसार साधारणतया दाल-भात-तरकारी रुचाउँने महरालाई बेलुकी रोटी र दाल चाहिन्छ। नसासम्बन्धी समस्याका कारण मासु उतिसारो खाँदैनन्। बिहान ४.३० मा उठ्ने महरा बेलुकी ११ बजे सुत्छन्। बिहानको नित्यकर्म सकेपछि उपलब्ध सबै पत्रपत्रिका पढ्छन् अनि कालो चिया पिउँछन्। राजनीतिक विषयका सिनेमाहरू हेर्ने मन्त्रीको मन पर्ने सिनेमा हो― बलिदान। बाटोमा हिँड्दा गाडीमा प्रगतिशील गीतहरू गुन्गुनाउने मन्त्री महरालाई रामेशले गाएको गाउँ गाउँबाट उठ..., बोलको गीत मन पर्छ। बेलुकी टेलिभिजन समाचार हेर्ने र बीबीसी नेपाली सेवाको समाचार अनिवार्य सुन्छन्। नयाँ ठाउँहरू घुम्नु मन्त्री महराको विशेष सोख भएको बताउँदै स्वकीय सचिव कगेन्द्र भन्छन्, “तर समयको अभावले उहाँको घुम्ने इच्छा पूरा भएको छैन।”
सभासद्का सोख
मावादी सभासद् तथा अधिवक्ता खिमलाल देवकोटा संविधानसभामा सधैँ सुटमा ठाँटिएर जान्छन्। उनी भन्छन्, “सुट लगाउने मेरो सोखै हो। १२ हजार मूल्य पर्ने चार जोर मेरो सुट छ, छुट्टै कोट पाँच वटा छन्। टाईमा म्याच गर्ने भएकाले सेतो कलरको सर्ट मात्रै १५ वटा किनेको छु। कतै घुम्न निस्कँदा जिन्स पाइन्ट र टि-सर्ट लगाउँछु।” देवकोटा आफ्नै ल्यापटपमा इन्टरनेट चलाएर बस्छन्। आफूसँग दुई वटा ल्यापटप भएको जानकारी गराउँदै देवकोटा भन्छन्, “दुवै ल्यापटप क्लाइन्टहरूले मुद्दा जिताइदिएबापत उपहार दिएका हुन्।” बिहान पाँच बजे उठ्ने देवकोटा एक घण्टा छ्यानमै बसेर बीबीसीको अङ्ग्रेजी रेडियो समाचार सुन्छन्। बालाजुको गोलढुङ्गामा फ्ल्याट लिएर बसेका उनकी श्रीमती अधिवक्ता लक्ष्मी शर्मा काममा र छोराछोरी स्कूल जाने भएकाले बिहान आठैबजे खाना खाइसक्छन्। छोराछोरी सिद्धार्थ वनस्थली स्कूलमा पढ्छन्। २०३८ सालबाट वाम राजनीति शुरु गरेका देवकोटा बेलुकी नौ बजे बेडमा पस्छन् र आधुनिक गीतहरू सुन्दै राति १२ बजेसम्म लेखहरू लेख्छन्, टिभीमा मनपर्ने सिरियलहरू हेर्न पनि छुटाउँदैनन्। खानामा दाल-भात-तरकारी रुचाउने उनी सातामा एकपटक ब्रोइलर कुखुराको मासु खाने गरेको बताउँछन्।
मावादी केन्द्रीय सदस्य तथा सभासद् टोपबहादुर रायमाझी प्रायः कोट र कटन पाइन्टमा ठाँटिन रुचाउँछन्। पहिरनमा सोख भएको स्वीकार्दै उनी उपहारको रूपमा नर्वेमा बस्ने इञ्जिनियर साथी कृष्ण अर्याल र शङ्कर गैरेले दिएका दुई-दुई वटा, लण्डनमा बस्ने अर्का साथीले दिएको तीन वटा र सभासद् विनोद पहाडीले दिएका दुई वटा गरी नौ वटा कोटसँगै ६ वटा पाइन्ट आफूसँग रहेको उनले बताए। कोटसँग सम्बन्धित उनको चाखलाग्दो विगत पनि छ। २०४५ सालमा उनले रु.३५ को सेकेण्डहेन्ड कोट र रु.२५ को जुत्ता लगाएर विवाह गर्नुपरेको थियो। खानामा दाल-भात-तरकारी र रोटी उनलाई मन पर्छ। बिहान पाँच बजे ब्यूँझ्ने उनी १५ मिनेटपछि मात्रै बेडबाट उठ्छन्। नुहाउँदा पेन्टिन स्याम्पू प्रयोग गर्ने रायमाझी कपालमा नियमित क्लिनिक प्लस तेल र चार महिनामा एक पटक रातो मेहन्दी लगाउँछन्। बेलुकी सुत्नुअघि समाचार र विदेशी सिनेमाहरू हेर्ने गरेका उनलाई हिन्दी लगान, माचिस, मदर इण्डिया, इन्कलाब र चिनियाँ ब्रेकिङ्ग विथ 'ल्ड आइडियाज मन पर्ने सिनेमा हुन्। २०३० सालबाट राजनीतिमा लागेका रायमाझी हरेक दिन डायरी लेख्छन्। उनी सिनामङ्गलमा फ्ल्याट लिएर श्रीमतीसहित बस्दै आएका छन्।
तीनकुनेमा चिनियाँ इँटाले बनेको चारतले घरको एउटा फ्ल्याट लिएर बसेका मावादीको नेवा राज्य समिति सचिव तथा सभासद् झ्क्कुप्रसाद सुवेदीबक्स पलङमा आरामको निन्द्रा सुत्छन्, डाइनिङ टेबुलमा भोजन गर्छन्, बजाज पल्सर बाइक चढेर हिँड्छन् अनि कम्प्युटरबाट विश्व नियाल्छन्। संविधानसभाको चुनावमा काठमाडौँबाट नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गरेर चर्चामा आएका उनी भन्छन्, “तर मैले आफ्नै पैसा खर्च गरेर चाहिँ डाइनिङ टेबुल र एउटा दराज मात्रै किनेको हुँ, बाँकी सबै सामान साथीभाइ र शुभचिन्तकहरूका उपहार हुन्।” कतिपय उद्योगी व्यापारीहरू त कार समेत उपहार दिन आएका तर आफूले लिन नमानेको सुवेदीले बताए।
प्रायः कोट-पाइन्टमा ठाँटिएर हिँड्ने सुवेदी आफूले लगाउने खानेलाई खासै महत्व नदिएको बताउँछन्। घर बस्दा जाडो छल्न वाईसीएल नेता तथा सभासद् चन्द्रबहादुर थापा सागरले उपहार दिएको लेदरको ज्याकेट लगाउँछन्। उनलाई मनपर्ने परिकार आफैँले पकाएको खीर हो। उनको घुम्ने सोख छ। युद्धकालमा ६० जिल्ला सदरमुकाम घुमिसकेका उनले अब पचहत्तरै जिल्ला घुम्ने योजना बनाएका छन्। सिनेमा नहेर्ने सुवेदीलाई नेपाल टेलिभिजनबाट प्रसारण हुने तीतो सत्य र जिरे-खुर्सानी मन पर्छन्। बिहान पाँच बजे छ्यान छाड्छन् र बेलुकी ११ बजे सुत्छन्। २०३६ सालमा राजनीतिमा लागेका सुवेदी भन्छन्, “युद्धकालमा भन्दा व्यस्तता बढेको छ अहिले, जीवनशैलीमा नियमितता केही छैन।”
बिग्रे कामरेड
मावादीसँग आबद्ध अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष तथा सभासद् जयपुरी घर्तीमगर मावादीका केही नेता र मन्त्रीहरूको विलासी जीवन शैलीले सिङ्गो पार्टीप्रति जनताको धारणा नकारात्मक बनाउँदै गएको बताउँछिन्। उनी भन्छिन्, “मावादीका नेता-कार्यकर्ता सामूहिक, मितव्ययी र सर्वहारा शैलीको हुनुपर्छ। तर अहिले हाम्रा नेता र मन्त्रीहरूको जीवनशैली व्यक्तिगत स्वार्थबाट प्रेरित हुँदै गएको छ। यसले जनता र नेताबीच वर्गीय खाडल निम्त्याउने सम्भावना रहेकाले यस विषयमा पार्टीभित्र गम्भीर छलफल र बहस भइरहेको छ।”
६-११ मङ्सिरमा भक्तपुरको खरिपाटीमा सम्पन्न मावादीको राष्ट्रिय कार्यकर्ता भेलामा नेताहरूको बढ्दो विलासी जीवनशैलीलाई लिएर असन्तुष्ट धेरै कार्यकर्ताले खुलेरै आलोचना गरेको घर्तीले बताइन्। उनका अनुसार, प्रधानमन्त्री तथा अध्यक्ष दाहालको पलङ, घडीको विषयमा पनि धेरैले आलोचना गरेका थिए; तीब्र आलोचना हुन थालेपछि प्रमले आत्मालोचित हुँदै आगामी दिनमा सबै कुरालाई सुधार्दै अघि बढ्ने प्रतिबद्धता जनाएकाले मात्र स्थिति सामान्य भएको हो।
 -- http://www.himalkhabar.com/hkp/news.php?id=2143

 


Wednesday, December 17, 2008

The Sari Soldiers

The Sari Soldiers
A film by Julie Bridgham
US/Nepal, 2008, 90 minutes, Color, DVD, Nepali/English, Subtitled
Order No. W09950

Filmed over three years during the most historic and pivotal time in Nepal’s modern history, The Sari Soldiers is an extraordinary story of six women’s courageous efforts to shape Nepal’s future in the midst of an escalating civil war against Maoist insurgents, and the King’s crackdown on civil liberties. When Devi, mother of a 15-year-old girl, witnesses her niece being tortured and murdered by the Royal Nepal Army, she speaks publicly about the atrocity. The army abducts her daughter in retaliation, and Devi embarks on a three-year struggle to uncover her daughter’s fate and see justice done. The Sari Soldiers follows her and five other brave women, including Maoist Commander Kranti; Royal Nepal Army Officer Rajani; Krishna, a monarchist from a rural community who leads a rebellion against the Maoists; Mandira, a human rights lawyer; and Ram Kumari, a young student activist shaping the protests to reclaim democracy. The Sari Soldiers intimately delves into the extraordinary journey of these women on opposing sides of the conflict, through the democratic revolution that reshapes the country’s future.

Sunday, December 7, 2008

गीत

तिम्रो मेरो , मेरो तिम्रो, हाम्रो माया कस्तो
आकासको जून अनि जूनेलीको जस्तो

छुट्टिदैनौं अब हामी सास रहे सम्म
सँगै जिउँछौं हामी, जिउने आश रहेसम्म
तिमी र म, म र तिमी, भेट्नै जन्मिएका
हाम्रो माया बाला अनि बयेलीको जस्तो

तिम्रो मुटु मेरो काया भित्र धड्किदिन्छ
मलाई दुख पर्दा तिम्रो सासै अड्किदिन्छ
गंगाजल भन्दा बढी शान्त, शुद्ध, स्वच्छ
हाम्रो माया दीप अनि उजेलीको जस्तो

तिम्रो मेरो , मेरो तिम्रो, हाम्रो माया कस्तो
आकासको जून अनि जूनेलीको जस्तो ॥

Friday, December 5, 2008

लीको गीत

यहाँ मेरो कोठाबाहिर एउटा चौर व्यस्त ठाउँ व्यस्त मान्छे, चौरमा घाम तापेर, बदाम सुन्तला खाँदै बस्ने बानीअमेरिकीहरुलाई परोस् पनि कसरी, त्यसैले होला, चौर प्राय: सुनसान नै हुन्छ एक महिना जस्तो अगाडिको कुराहो, बाहिर ठुलो अनि मीठो स्वरमा कसैले गीत गाएको सुने मैले, यसो बाहिर हेरेको, एउटा चाइनिज जस्तो देखिनेमान्छे ( चाइनिज नहुन पनि सक्थ्यो, शायद मेरै कमजोरी हो, चाइनिज, कोरियन, जापानिज, फिलिपिनोआदिलाई उस्तै देख्छु) गीत गाउँदै हिंडेकोथियो, आफ्नै भाषामा भन्छन् नि गीत-संगीतको कुनै भाषा हुँदैन भनेर, शायद त्यसैले होला, भाषा नबुझे नै पनि मलाई त्यो गीत मनपर्यो
दुइ तीन दिन पछि फेरि, भित्र पढिरहेकीथिएँ, कसैको गीत सुनियो, झ्यालबाट बाहिर हेरें, त्यही मान्छे, फेरि पनित्यही गीत गाउँदै हिडेकोथियो । “यो मान्छे पागल हो कि क्या हो? हेर्दा त्यस्तो लाग्दैन, किन सँधै एउटै गीतगाउँदै हिँडेको होला?” मनले प्रश्न गर्यो । “ फरक गीत होला, भाषा बुझेपो फरक छुट्टिन्छ त!” मनलाई सम्झाएँ मैले
त्यस्को भोलिपल्ट, स्कुलबाट फर्केर कोठातिर आउँदैथिएँ, त्यही मान्छे भेटियो, चिन्नु जान्नुको मान्छेसँग पनिहाइ हेल्लो गर्नु पर्ने यहाँको चलन हो, मुसुक्क हाँसेर उसले भन्यो – ठिक छु, तिम्रो के छ ?” मैले सोधें पनि ठिक छु, तिमी पनि USF जान्छौ ?” उसले सोध्यो, “हो” मैले भनें । “ मैले केही पटक तिमीले गीत गाएकोसुनेकी छु, कुन भाषामा हो?” मैले फेरि सोधें
मेरो आफ्नै चाइनिज भाषामा” उसले भन्यो
ए! त्यसो भए यहाँ जस्तै आफ्नो आफ्नो देशमा पनि हामी छिमेकी नै रहेछौं “ मैले थपें
तिमी कुन देशबाट हो र?” उसले सोध्यो
नेपालबाट” मैले भनें नेपाल शब्द भन्दा मेरो स्वर स्नेहले अलिकति पग्ले जस्तो, गर्वले अलिकति फुले जस्तोअनि श्रद्धाले अलिकति नतमस्तक भए जस्तो, भए झैं लागेको थियो मलाई, त्यसबेला पनि
उसले भने जिन्दगीमैं पहिलो चोटि सुनेको शब्द जस्तो गरेर “नेपाल?” भन्यो केही भन्न खोज्दै थिएँ, उसलेफेरि आफैं भन्यो – “ ओह, नेपाल, त्यो सानो देश, जुन Mount Everest को अर्को पट्टि छ ?”
सगरमाथा मेरो देशमा भनेर गर्व गर्ने मलाई थाहै थिएन, चाइनिजहरुले नेपाललाई कसरी चिन्दा रहेचन् भन्ने होइन भन्न सक्दिन थिएँ म, आखिर सगरमाथाको एउटा पाटो उनीहरुको देशमा पनि नि, त्यसैले “हो” भनें
मलाई त्यसबेला पनि उसको गीतको बारेमा कति प्रश्न सोध्न मन थियो, कुरा देश पट्टि गयो, अनि उतै अलमलियो। “ तिमीलाई भेटेर खुशी लाग्यो, पछि भेटौंला है” यति भनेर आफ्नो बाटो लाग्यो
भोलि पल्ट, स्कुलको शटल पर्खेर बसेकीथिएँ बस स्टपमा, त्यही आइपुग्यो । “ हाइ, हिजो परिचय गर्नैबिर्सेको, मेरो नाम ली हो तिम्रो ?” उसले भन्यो
मेरो साधना, तिमीलाई उच्चारण गर्न गाह्रो होला मेरो नाम ” मैले हाँस्दै भनें नभन्दै उसले दुइ तीन पटकभन्नलायो मलाई मेरो नाम, अनि बल्ल भन्न जान्यो
एउटा कुरा सोधौं ली ? “ गीतको बारे मा सोध्ने यही मौका थियो मेरा लागि
सोधन” उसले भन्यो नसोध कसले पो भन्छ र!
भाषा नबुझे पनि मलाई तिमीले गाएको गीत एक दम मनपर्यो, मैले दुइ दिन सुनें, दुवै दिन एउटै गीत गाए जस्तोलाग्यो, तिम्रो त्यो गीत ले के भन्छ ?”
हो एउटै गीत गाएको हो मैले, त्यो गीत मैले आफैं लेखेको हुँ, त्यसले मेरो व्यथा भन्छ, मान्छे ले मान्छेको व्यथाबुझेर होला, तिमीलाई त्यो गीत मनपरेको “ गम्भिर हुँदै भन्यो उसले
कस्तो व्यथा ? ” मैले सोधें
यो गीत मेरी भुतपुर्व प्रेमिकालागि हो, उसले मलाई छोडेर गई, तर उसलाई बिर्सन सक्दिन, उसैको यादमा सँधैयो गीत गाउँछु म, शायद यो मैले लेखेको मेरो जीवनको अन्तिम गीत हो यसले – “ निष्ठुरी, तिमी किन मलाईछाडेर गयौ ? मैले तिमीलाई हदै सम्म माया गरेकै थिएँ नि ... भन्छ” अझ बढी गम्भिर बन्यो
ओह, दु:लाग्यो मलाई, तर अन्तिम गीत किन र?” मैले फेरि सोधें
किनभने उसलाई मैले गीत लेखेको मनपर्दैन, सपना, कल्पनाको संसारमा मात्र हराउने मान्छे रे, वास्तविकसंसार के हो मैले बुझेकै छैन रे, अनि मलाई यो संसारमा कसरी रमाउनु पर्छ भन्ने पनि थाह छैन रे, उसकोबिचारमा भौतिक दुनियाँमा रमाउँछे, पार्टी, क्लबहरुमा जान खोज्छे, भने अलि एकलकाँटे छु, त्यसैले उसकोबिचारमा, उसको मेरो टाइप मिल्दैन रे टाइपका लागि उसले मेरो माया लत्याएर गइ, हामी सँगै पढ्छौं अहिलेपनि, त्यसैले मैले गीत लेख्न बन्द गरें भने, मेरो सपना, कल्पनाको दुनियाँबाट बाहिर आएं भने अलि Realistic भएँभने, शायद फर्केर आउँछे कि !” उसले बोल्दा बोल्दै सटल आइपुगेको थियो, चढ्दै भन्यो उसले
पनि सटल चढें, त्यहाँ लीका केहि साथीहरु थिए, आफ्नै भाषामा बोल्न थाले उनीहरु, त्यसैले मैले केही भनिन मन दुखी बनेको थ्यो उसको कथा सुनेर । “आखिर कसरी त्यति कठोर बन्न सक्छ मान्छे ? “ प्रश्न सोध्दै थियो मेरोमन तर मसँग उत्तर थिएन दिनलाई
शायद अपार दु:वियोगको गीत भएकोले होला, भाषा नबुझेपनि त्यो गीत मलाई भावुक लागेको, मन छुनेलागेको जस्तै जे भए पनि, सपना कल्पनाको सुन्दर संसार छोडेर उ, वास्तविकताको कुरुप दुनियांमा नगएहुन्थ्यो जस्तो लाग्छ मलाई हिजोआज कोठा भित्र एक्लै बसेर गीत लेखे जतिको, आफ्नै सिर्जनामा आफैं झुम्दाजतिको मजा डान्स पार्टिहरुमा झुम्दा कहाँ आउँछ होला र ?

Tuesday, December 2, 2008

स्मृती सभा

उनी सुन्दर छिन । सुन्दरताको पनि परिभाषा गर्ने आ आफ्नै तरिका हुन्छ । मेरो परिभाषामा उनि सुन्दर छिन । म उनको तस्विर आफ्नो मनमा सजाएर राख्न सक्छु । तपाईंहरु भन्नु होला एस्ले आफ्नो प्रेमिकाको कुरा गर्दै छ । हो, सत्य म आफ्नै प्रेमिकाको कुरा गर्दै छु । मलाई माया गर्ने र मलाई माया गर्ने को कुरा नगरे म कसको कुरा गरौ त ?

दीपसिखा अर्थत मेरी प्रेमिका एक्लो थिइन यो सन्सारमा ।बाबा, आमाको माया कस्तो हुन्छ त्यो पत्तै थिएन उनिलाई । मेरो उनि प्रतिको माया देखेर भन्थिन "तिम्रो मायामा मेरो बाबा आमाको माया पनि मिसिएको होला हगी ?" म हास्थे मात्र । अनि कहिले काही भनिदिन्थे "हो, म तिम्रो सबै हु । मेरो माया लाई तिमी बाडेर लिउ है ?"

उनीलाई प्रकृती प्रती पनि उत्तिकै रुची थियो । म उनीलाई लिएर विभिन्न पार्कहरु मा जान्थे, भुगोल पार्क , त्रिभुवन पार्क्, रत्न पार्क आदी आदी । उनि सग बसेर कुरा गर्द समय बितेको पत्तै हुँदैनथयो । घरबाट फोन आउँदा थाहहुन्थ्यो, अब त घर जाने बेला भैसकेछ । उनीलाई माया गर्दा पनि मैले उनिलाई आफ्नो घरमा चिनाउन सकेको थिइन । उनको त आफ्नो कोही थिएन, जे भने पनि उनि एक्लो थिइन ।

उनको घर म सधै जान्थे । घर त थिएन उनको , डेरामा वस्थिन । घर बेटी राम्रा थिए । उनको बारेमा चासो राख्थे । मैले पनि धेरै पटक भेटिसकेको थिए । घरमा खाना आफै बनाउथिन उनी ।"आफुलाई मात्र खान बनाउन अल्छी लाग्दैन ?" भनेर सोद्धा उनी भन्थिन " अब त बानी परीसक्यो" । हुन पनि हो, जीवनमा जे पर्छ त्यो टर्छ नै ।

उनको कोठामा सुगा पनि थियो । असाधै माय गर्थिन । आफ्नो कमाइ बाट केहि रकम छुट्टाएर आहारा किनिदिन्थिन उनी सुगालाई । घर आउने बित्तिकै पिजडा बाट झिकेर आफ्नो बिस्तारामा राख्थिन उनी । कुनै बेला बिस्तारा फोहोर पनि गरी दिन्थ्यो, तर उनी कती पनि झर्को मान्थिनन ।उनी घर भित्र छिर्ने बित्तिकै दीपसिखा दीपसिखा भनेर बोलाउथ्यो ।सायद उनले जती माया मलाई गर्थिन त्यती सुगालाई पनि । सुगाको नाम राखेकी थिइन ,राजकुमारी ।

उनीले मलाई जन्म दिनमा दिएको कलम ले कथा लेख्छु भनेर दराजमा सजाएर राखेको थिए । उनीकै आग्रहमा मैले कथा लेख्ने सोच बनाएको हो । उनले भन्दै थिईन "तिमी लेख,अरुले नपढे पनि म तिम्रो किताब पढ्ने छु । उनीले मेरो लेखन प्रती देखाएको सहनभुतिले लेख्नै पर्छ जस्तो बिचार आयो अनि मैले केहि लेख्ने प्रण गरे । "तिमी मलाई किन कहिले पनि गाली गर्दैनौ ?" मेरो सहन्शिलता प्रती नतमस्तक हुँदै मलाई उनले प्रश्न गर्थिन । म उनीलाई भनिदिन्थे "तिमी सग रिसाए भने को सग हास्नु ?" ।

मीठा क्षणहरु थुप्रै थिए तर ति सबै स्मृतिमा रहे । "तपाईहरुलाई उनको स्मृती सभामा पल्नु भएको मा धन्यबाद " भन्दै आलोक गह भरी आशु पार्दै त्यो मन्च बाट बिदा भयो । दीप्सिखाको स्मृती सभामा आलोकले मलाई पनि बोलएको थियो । म एउटा कुनामा बसेर सुनी रहेको थिए ।

Sunday, November 30, 2008

गजल

मिलन हुँदा तिमी सँग ,मन मेरो साथ थियो
निस्ठुरिले बाटो मोड्दा, नबिर्सने घात दिएउ

आफ्नो मनको गोरेटोमा ,आफ्नै चाल्मा हिड्दै थिए
मुटु हर्ने मुस्कान छर्दै,लठ्याउने मात दिएउ

धर्ती माथी हिंड्ने मान्छे, आकाश छुने आट थिएन
घाम जुन जस्तै जोडी ,बन्ने ठुलो बात दिएउ

सोझो मन्, निर्धो पना , सबै लाई राम्रै देख्थे
पुर्णिमालाई साथमा राखि, मलाई औशी रात दिएउ

सुमन घिमिरे,सौराहा ,चितवन हाल डब्लिन, आयरल्याण्ड

Thursday, November 20, 2008

Wednesday, November 19, 2008

मेरो देश

Picture Courtesy: http://photography.nationalgeographic.com/staticfiles/NGS/Shared/StaticFiles/Photography/Images/POD/k/kathmandu-valley-122446-sw.jpg


विदेशीले सोधे मलाईतिम्रो देश कहाँ ?”
मख्ख पर्दै भनें मैले सगरमाथा जहाँ छ
उनले सोधे फेरि मलाई “कस्तो छ त्यो ठाउँ ?”
मैले भनें ” रमाईलो छ, नेपाल हो नाउँ
हामी आफ्नो देशलाई मातातुल्य ठान्छौं
आमालाई चाहिं हामी भगवान नै मान्छौं
स्वेत दन्त देखाइ देश मुसुक्क मुस्काउँछिन्
झरना, छाँगा, छहराका गरगहना लाउँछिन्
फूलबारी यो हो माया मात्र बस्छ यहाँ
मेरो देश त्यही हो हजुर बुद्ध जन्मे जहाँ”
छक्क पर्दै उनले सोधे ” कुन धर्म मान्ने ?”
मैले भनें ” मानवता धर्म हामी जान्ने
जीसस् अघि झुक्छौं हामी अल्लाहलाई ढोग्छौं
कृष्णपनि क्राइष्टपनि एउटै भन्ने मान्छौं
धार्मिकरुपमा सहिष्णु छ प्यारो मेरो देश
सादा जीवनशैली हाम्रो सादा भाषाभेष
सबको मन हर्ने हुन्छ, स्वच्छ परिवेश
धरती मैं स्वर्ग जस्तो मेरो प्यारो देश,
मेरो प्यारो देश ” ।।
-वि.सं. 2060 ( Kathmandu)

Monday, November 10, 2008

सस्ताई

हिजो म भेटिएछु
आज अरु कोही भेटिएछ
भोली पक्कै कोही भेट्ने छौ
एक पटक तिमी आफै हेर त
तिम्रो सस्ताई को दुरी
कती टाढा पुगेछ ।

Sunday, November 2, 2008

याद आयो

फेरि मलाई मेरो बालापन याद आयो
हाँस्दै गीत गाएको त्यो क्षण याद आयो

तीन साथी मिलिजुली सँधै स्कुल जान्थ्यौं हामी
टिफिन टाइममा खाजा पनि बाँडिचुँडि खान्थ्यौं हामी
आज तिनै दौंतरीको झन् याद आयो
फेरि मलाई मेरो बालापन याद आयो

कहिलेकाहिं सानातिना बदमासी गर्थ्यौं
कहिले फेरि गल्ती नभइ सजायमा पर्थ्यौं
गुरुमाको गाली खाको दिन याद आयो
फेरि मलाई मेरो बालापन याद आयो

छुट्टी हुँदा घुम्न गाको वन याद आयो
निश्फिक्रि त्यो मेरो आफ्नै मन याद आयो
जति सम्झ्यो उति झन् झन् याद आयो
फेरि मलाई मेरो बालापन याद आयो

                              फेरि मलाई मेरो बालापन याद आयो।।

Sunday, October 26, 2008

ए चन्द्रमा


( Picture Courtesy: http://photography.nationalgeographic.com/staticfiles/NGS/Shared/StaticFiles/Photography/Images/POD/k/kathmandu-valley-122446-sw.jpg)

ए चन्द्रमा तिमी आजै मेरो देश जाउ
मेरा सारा आफन्तको खबर बोकी ल्याउ

मेरा बाबा मलाई सम्झी चुपचाप बस्दा होलान्
ती आमाका आँखाबाट आँसुधारा खस्दा होलान्
खुशी छु म मेरो सन्देश तिमीले पुर् याउ
ए चन्द्रमा तिमी आजै मेरो देश जाउ

तिहार आयो, मेरो भाइ मलाई नै सोच्दै होला
निधार खाली हुने सोची मन घोच्दै होला
आशिर्वाद छ टाढैबाट यही सम्झाउ
ए चन्द्रमा तिमी आजै मेरो देश जाउ

तिहारमा नि मेरो घर होला खाली खाली
कसले पूजा गर्ला र खोइ दियो बत्ती बाली
मैले गाउने भैलो गीत तिमीले नै गाउ
ए चन्द्रमा तिमी आजै मेरो देश जाउ

मेरो माया सबलाई देउ, सबको माया ल्याउ
ए चन्द्रमा तिमी आजै मेरो देश जाउ ।।

Wednesday, October 22, 2008

Google Android

Google Android is the software platform for mobile phone, based on LINUX operating system and developed by Google and Open Handset Alliance. It is the software stack of mobile devices that includes an operating system, middle-ware, user friendly interfaces and applications as well. It is the basis of Google's gphone which is being a hotcake in the technological market today. As it is the emerging technology, many studies are going on in this topic in today's computational world. Android is expected to gain significant market share in the future because of people's orientation towards this technology. Lets look into the Architecture of Google Android at first.

Talking about the architecture, Android has Linux kernel as the lowermost part. At the runtime, Android runs on Dalvik virtual machines. It is a register based virtual machine designed by Google specifically for Android platform. It is optimized for the lower memory usage. The architecture of Android includes a set of libraries used by the various components. The developers can use these libraries for various tasks of graphics, sound, data storage etc. In the application frameworks, we can get the services which a developer can use while designing the application. This layer of android architecture contains the application components which can be reused. For example, "View System" can be used to design the user interface of the application. We can use lists, test boxes etc using "View System".
On Top of all these layers, there is an applications layer. The developers can write their own applications in JAVA to run in android. All the applications must be written in JAVA.
The main features of android are summarized as: Adaptable in many types of handset layouts.SQlite is used for data storage. Supports audio/video media.Supports wide variety of connectivity techniques ( GSM, Bluetooth, CDMA etc)Web Browser is also available The software requirement specification for android to develop and run the application programs is: Windows XP or VistaMac OS X 10.4.8 or later (x86 only)Linux (tested on Linux Ubuntu Dapper Drake)Eclipse IDEJDK5 or JDK6Eclipse Plug in Android SDK We can also create an android application without the Eclipse plug in, but the Eclipse plug in makes the task easier and convenient.

Whenever a new product arrives in a market it gets some applauds and some bitter words of criticism also. Android has also been criticized in some cases. People are claiming that although it is said to be open source, Android is not fully open source because the SDK is not openly or freely re-distributed.

In overall, Google Android is great software to delve. Because of the ability to deliver the complete set of software (Operating System. middleware and key mobile applications) for the mobile phones, the Google Android is getting more popular these days. For us, it is a great learning experience of the upcoming technology. Now, we are hoping to hear about the official announcement of gphone by Google in a near future.

References:

[1] http://code.google.com/android/documentation.html
[2] http://www.openhandsetalliance.com/android_overview.html
[3] http://www.youtube.com/user/androiddevelopers
[4] http://www.anddev.org/
[5] http://www.last100.com/2007/08/29/the-gphone-is-coming-how-google-could-rewrite-the-rules/



Thursday, October 16, 2008

यो कथाको अन्त्य छैन

उहाँ टेलिकमको इन्जिनियर, म हस्पिटलकी नर्स । व्यावसायिक रुपमा हामी बिल्कुलै भिन्न छौं । हिजोआज त झन् उहाँ टेलिकमको शेयरका कुरामा लाग्नु भा'छ । "शेयर" एउटा यस्तो विषय, जुन मैले चाहेर पनि कहिले बुझ्न सकिन । यस्तो कम्प्लेक्स फिल्डमा पनि मान्छेहरु कसरी काम गर्लान् भन्ने उत्सुकता भने म मा पहिले पनि थियो, अहिले पनि छ ।

पहिले पहिले मेरो अगाडि शेयर किनबेचका कुरा हुँदा, त्यहाँबाट उठेर अर्कातिर हिंड्नु नै ठिक लाग्थ्यो मलाई, आफूले नबुझ्ने विषयमा दिमाग खपाउनु मात्र, समयको बर्बादी भन्ने ठानेर, तर अहिले.... !! शायद यही नै हो माया भनेको, उहाँले शेयरकै कुरा गरेपनि म सुनीरहनसक्छु र बुझ्नपनि खोज्छु! थाह छ, उहाँलाई पनि म यी सब कुरा बुझ्दिन भन्ने तर पनि सबै कुरा भन्नुहुन्छ मलाई, अनि उहाँको यो बानी मलाई असाध्यै मनपर्छ ।

अस्ति उहाँले बोल्दा बोल्दै निदाएँछु म, भोलिपल्ट बिहान साह्रै नराम्रो लाग्यो मलाई । " आखिर म उहाँका हरेक सुखदु:खमा साथ दिन्छु भनेर नै उहाँको जिन्दगीमा आएकी हुँ, अर्धाङ्गिनि बनेर, उहाँका तनावका कुराहरु सुनेर तिनमा मलम लगाउन सके पो केही राहत हुन्थ्यो उहाँलाई" उहाँका कुरा बुझ्ननसक्नु को आफ्नो लाचारीमाथि साह्रै रिस उठ्यो मलाई । त्यसैले फेरि सोधें " साँचि हिजो त्यो शेयर को हिसाब के के भन्दै हुनुहुन्थ्यो नि?" । उहाँ मुसुक्क हाँस्नुभो, अनि कुनै झर्को नमानी फेरि सबै कुरा भन्नुभो । उहाँका कुरा मा आफ्नो राय दिन मन नलागेको होइन मलाई, तर खै के राय दिने । तरकारी केलाइकुलाइ गरेर भान्छाको चाँजोपाँजो मिलाउँदै थिएँ म , अफ सिजन भएकोले होला, काउलीमा धेरै किरा परेको थियो,
"हेर्नु त यो काउलिको किरा ,किरा भएको काउलिलाई पनि यति महँगो लिएछ मोरोले!!!!!!!!!" तरकारी पसलेसँग रिसाउँदै भनें मैले ।
खै के सोचेर हो, माया नै माया भरिएका आफ्ना सुन्दर आँखाहरुले मलाई हेरिरहनुभएको थियो उहाँ ।

"के हेर्नुभएको नि फेरि?"

"काउलिको किरा !"

"मेरो अनुहार मा छ त? उ त्यहाँ हेर्नुस त भुईँमा त्यहाँ पो छ त ।" हाँस्दै भनें मैले । उहाँपनि हाँस्नु भो । उहाँको यही मुस्काननै थियो मैले खोजेको । सोच्दा पनि अचम्म लाग्छ मलाई, वर्षदिन अघि सम्म, कहिले नदेखेको, नामै नसुनेको मान्छेको मुहारमा एक मुस्कान ल्याउन, जे पनि गर्न तयार छु म आज ।


मेरो अफिस (हस्पिटल नै भए पनि, कार्यक्षेत्रलाई अफिस नै भनिंदो रैछ) मा एकदुइजना सहकर्मीहरु शेयरको खुब कुरा गर्थे, "आज भने उनीहरुसँगै बुझेर भएपनि धेरै कुरा थाहपाउँछु," शेयरका बारेमा बुझिछाड्न प्रतिबद्ब भएँ म !


अफिस पुगेपछि सहकर्मीहरु माझ कुरा उठाएँ शेयरको, छक्क परे उनीहरुपनि, मैले त्यो सब सोधेको देखेर, तर जति जाने बताइदिए !! "आज भने म पनि शेयरको कुरा मा कुरा थपेर उहाँलाई मख्ख पार्छु म" उहाँको हँसिलो मुहार सम्झँदैमा पुलकित भएँ म!

-----------------------------------------------

"शेयर पुरै बिक्रि भएनछ नि ,टेलकम को !"घर भित्र छिर्ने बित्तिकै उहाँले भन्नुभो ।

"साधारण मान्छेको लागि त अचाक्लि नै बायस्ड भएर बनाएको थियो अरे नि त रुल्सहरु होईन ?" बुझी नबुझी सुनेका कुरा मैले नि भनी हालें ।

"कस्ले भन्यो र तिमीलाई ?"

"अफिसमाँ यस्तै कुरा भइराखेको थियो ।मैले पनि एकछिन सुनेकी थिएँ"

"सब वाहियात हो बुझ्यौ?तिम्रा अफिसका त मान्छे नै काम नलाग्ने छन् ,तिनीहरुलाई कर्मचारिलाई दिइने सुविधा के हो के थाहा?"

"टेलकम चलेको पनि त हामी जस्ताले फोन चलाइदिएर त हो नि ,फेरि अर्को कम्पिटेटर मार्केटमाँ आयो भने टेलकम डुब्न के बेर ?" मेरो अफिसलाई गाली गरेको सुने पछि कता कता झोंक चल्यो मलाई पनि !!

"यो पनि अफिसमैँ सुनेकि त हौलि नि ?" रिसले, तनावले रातो भएको उहाँको मुहार देखें मैले। "हेत्तेरिका, चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भनें झैं भयो मलाई !! थोरै कुरा मात्र बुझेर, त्यसरी भन्नु नहुने हो मैले, बेकारमा तनावमा भाको मान्छेलाई झन् ...." आफैं देखि दिक्कलाग्यो मलाई । अनि कुरो अघि बढ्न नदिइ, चुप लागेर बसें ।

--------------------------------------------------------------------------

"सुन्नुहोस न , पेट्रोल को लाईन बस्नुभो?"खाना खाइसकेपछि अब त रिस साम्य भो होला भनेर सोधें मैले ।

"कहाँ ,अफिसबाट कसरि भ्याउने ?" झर्किँदै भन्नु भो!

"हाम्रो अफिसमाँ कोटामा मागेका रहेछन ,मैले पनि मेरो स्कुटरलाई भनेर माँगेकी छु ,तँपाईलाई चाहिन्छ भने!" मेरो त गौरिघाटबाट चाबेल नै हो पुग्नु पर्ने, हिंडेरैपनि जान सक्छु, तर उहाँको पुल्चोकसम्म जानुपर्छ, पेट्रोलको जरुरत मलाई भन्दा उहाँलाई छ, अरु दुनियाँ थरि तनावलाई कम गराउनमा केही गर्न नसकेपनि, यस कुरा मा त सहयोग गर्न सक्छु, भन्ने सोचेरै मैले यसो भनेकी थिएँ ।

"पर्दैन । चाहिएको छैन तिम्रो अफिसले देको ,तिम्रो अफिसको कुरै नगर ।" मेरै अफिसले उहाँलाई सारा टेन्सनहरु दिएको जस्तै गरेर भन्नु भो, उहाँले !! मलाई साह्रै नराम्रो लाग्यो, रिसपनि उठ्यो । आफ्नु रिसलाई मन भित्रै थुनेर, गरम बनिरहेको परिस्थितीलाई अझ गरम नबनाउन मैले राम्रै सित जानेकीछु, त्यसैले चुप लागेर बसें ।

भान्छाका सुसे धन्दा सकेर कोठामा पुग्दा उहाँ सुतिसक्नु भएको रहेछ । मलाई निकै नराम्रो लागि रहेको थियो, अर्कोपट्टि फर्केर ढल्किएँ म ओच्छ्यानमा, कति बेर सम्म निद्रा पनि लागेन, फेरि राम्रो सित कुरा गरेर फकाउनु पर्यो भनेर उहाँ पट्टि फर्किएं म । मस्त निदाइसक्नु भएको रैछ, निद्रामा मस्त भएको त्यो निर्दोष मुहार देखे पछि मेरो त सबै रिस त्यही बेला मर्यो । भोली बिहान कुरा गरुंला भन्ने सोचेर सुतें म पनि !

------------------------------------------------------------------------


राति सुत्न ढिलो भएको भएर होला, म उठ्दा त सात बजी सकेछ । सवा सातमा अफिस पुग्नु पर्ने थियो । चिया सिया बनाउन पनि भ्याइन, सुतेको मान्छेलाई उठाएर मैले चियापनि बनाउन भ्याइन भन्न पनि मनलागेन, उसै त रिसाइरहेको बेलामा!! पछि फोन गरेर कुरा गर्नु पर्ला भन्ने सोचेर, हतार हतार अफिसतिर लागें ।


उहाँ रिसाएकै कारणले होला शायद, मेरो मन पनि हाँसिरहेको थिएन । अझ राम्रो कुरा भन्दापनि रिसाएको देखेर मेरो चित्त साह्रै दुखेको थियो । त्यहीपनि कुनै पनि सम्बन्धमा एउटा आगो हुँदा अर्कोले पानी बन्न त जान्नै पर्छ, नत्र यी नाजुक सम्बन्धहरु मजबुत बनाउँदै लान नै कहाँ सकिन्छ र !!


अब त उठ्नुभो होला भन्ने सोचेर फोन गरें, पुरै रिङ्ग गइसकेपछि पनि उठाउनु भएन । उठ्नु भाकै छैन कि, अझै पनि रिस मरेको छैन, मैले केही भेउ पाउनै सकिन । हातगोडा फतक्क गले जस्ता भए ।



"अब आइन्दा आफूले नबुझेका विषय मा जान्ने भएर कहिले पनि बोल्दिन" सम्पूर्ण दोष आफैंमा खन्याएँ मैले । काममा पटक्कै जाँगर थिएन, किन किन, म उहाँलाई एकदम मिस गरिरहेकी थिएँ ।कति पल्ट उहाँको नम्बर डाइल गर्न खोजें, तर फेरि अझ रिसाउनु होला जस्तो लागेर, आँटै आएन ।


" मैले अघि फोन गरेको त पक्कै थाहपाउनु भो, कलब्याक नि नगर्ने " म भुट्भुटिइ रहेकी थिएँ, छट्पटिइ रहेकी थिएँ । काठमाडौंको अनियन्त्रित ट्राफिक, अनि हस्पिटलमा दिनहुँ देखिने एक्सिडेन्टका नयाँ नयाँ केसले गर्दा मलाई साह्रै डर लागिरहन्थ्यो ।मोबाइल छ र त , यस्तो हुन्छ, नभा भए म के गर्थें होला !!

" अफिस पुग्नु भो होला अहिले सम्म मा त, कमसे कम आइपुगें भनेर फोन गरे पनि ढुक्क त हुन्थ्यो । कस्तो छुच्चो मान्छे........"

उहाँकै बारेमा सोच्दै थिएँ फोनको घन्टी बज्यो । मेरो हर्षको कुनै सिमा रहेन ।

"सुन न तिमीले कल गरेकी रहिछ्यौ नि?"

उहाँको बोलीमा कुनै रिस थिएन, नरम स्वरमा बोल्नु भएको थियो उहाँ, मलाई फकाउन खोजे जस्तै गरी ।

फोन राखेपछि मलाई ढुक्क भयो, नयाँ स्फुर्ती शरीर भरी आए जस्तै भयो । काममा पनि जाँगर लाग्यो, अनि उहाँको एक फोनकल पछि म फेरि हिजोअस्तिकै सुधा भएँ । कति शक्ति हुँदोरहेछ मायामा एकैछिनमा मान्छेलाई बदल्दिन सक्ने !


बेलुका घर जाँदा गौरिघाट चोकमा तरकारि किन्दै थिएँ । अचानक एउटा विचार आयो । सोचें आज म उहाँलाई मीठो लाग्ने, कुखुराको मासु, रहडको दाल, टिम्मुर हालेको टमाटरको अचार र भात पकाउँछु, उहाँ पक्कै खुशी हुनुहुनेछ ।

उपहार

वस्तुहरु तिम्रा अघि साना भए जस्तो लाग्छ

भावहरु मेरा, उहिल्यै तिम्रा भए जस्तो लाग्छ

रनभुल्ल भएँ आज, सल्लाह खै को सँग लिऊँ

एउटा उपहार आज तिमीलाई म के पो दिऊँ ??



प्रयोग गर्ने वस्तु दिन्न, माया प्रयोग कहाँ हुन्छ र

प्रयोगै झन् नहुनेको सदुपयोग कहाँ हुन्छ र

रनभुल्ल भएँ आज, सल्लाह खै को सँग लिऊँ

एउटा उपहार आज तिमीलाई म के पो दिऊँ ??



गुलाफ दिऊँ हाम्रो माया गुलाफ भन्दा राम्रो लाग्छ

सबैभन्दा राम्रो केही भन्नु नै साथ हाम्रो लाग्छ

रनभुल्ल भएँ आज सल्लाह खै को सँग लिऊँ

मेरो जिवन तिम्रै हो, अरु तिम्लाई के म दिऊँ ? ?

Friday, October 3, 2008

!!!! विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना !!!!!

गीत

तिम्रो मनमा बस्ने मान्छे बन्नु कसो गरी
माया गर्छु तिमीलाई भन्नु कसो गरी

तिमी सामु आउँछौ जब गला सुके जस्तो हुन्छ
केही भन्न खोज्छु शब्द रुके रुके जस्तो हुन्छ
गला सुक्दा, शब्द रुक्दा बोल्नु कसो गरी
माया गर्छु तिमीलाई भन्नु कसो गरी

नजीक हुँदा छट्पटिन्छु पर जाँदा पनि
छट्पटिन्छु सुत्दा, उठ्दा, बस्दा, खाँदा पनि
छट्पटिंदै भावहरु खोल्नु कसो गरी
माया गर्छु तिमीलाई भन्नु कसो गरी

भन्न केही सक्दिन म तिमी बुझिदेउ न
मायारुपी झरी पार्छु तिमी रुझिदेउ न
भन्न डर लाग्छ, आँट गर्नु कसो गरी
माया गर्छु तिमीलाई भन्नु कसो गरी
माया गर्छु तिमीलाई भन्नु कसो गरी ।।

Saturday, September 27, 2008

दशैं आको होला

दशैं आको होला


हावासँगै माल श्री धुन बजेजस्तै भाको होला
वातावरण आफैंमा नै सजे जस्तै भाको होला
झकिझकाउ बजारमा भीडभाड होला पक्कै
मेरो गाउँमा आज पनि त्यस्तै दशैं आको होला

एकैछिन् त भुले होलान् दैवीप्रकोप विपत्तिलाई
जीवनका अप्ठ्यारालाई, दु:ख अनि आपत्तिलाई
मधुर मुस्कान हरेकका मुहारमा छाको होला
मेरो गाउँमा आज पनि त्यस्तै दशैं आको होला

कतै पक्कु लाग्ला कतै पाक्दै होला सेल रोटी
मामाघर जान पाउने दङ्ग होलान् केटाकेटी
गमक्क भै प्रकृति नै हाँसे जस्तै भाको होला
मेरो गाउँमा आज पनि त्यस्तै दशैं आको होला
मेरो गाउँमा आज पनि त्यस्तै दशैं आको होला ।।

Thursday, September 18, 2008

किन

जोगी जुन आए पनि कान किन चिर्या हुन्छ ?
जुनै नेताले नि किन नेपालीलाई पिर्या हुन्छ ?

जनताबाटै माथि उठी जनताकै शोषण गर्छ
निर्लज्ज भई हाकाहाकी आफ्नै मात्र पोषण गर्छ
जोगी जुन आए पनि कान किन चिर्या हुन्छ ?
नेता जुनै आए पनि किन यस्तो गिर्या हुन्छ ?

विदेशीका पाउ चाट्न भाषा आफ्नै भुल्नेगर्छ
अस्तित्व नै नभये झै विदेशीकै शरण पर्छ
भित्र ब्वाँसो बाहिर बाहिर म्रिग खोल भिर्या हुन्छ
नेता जुनै आए पनि किन यस्तो गिर्या हुन्छ ?

Wednesday, August 20, 2008

Alarm- Story

अलार्म
आज फेरि सपनामा तिम्रो तस्विर देखें । रमाइलो पनि लाग्यो । एकै छिनको रमाईलो पछि फेरि विस्माद पैदा भयो । किन कि त्यो देखाई केवल क्षणिक थियो । सपना र विपना फरक हुन्छ भनेको साचो रहेछ । जुन वस्तु क्षणिक हुन्छ त्यसको महत्व ज्यदा हुदो रहेछ ।
तिमी सग नबोलेको पनि आज ५ वर्ष भईसके छ । बोल्नु र नबोल्नुमा त्यती अन्तर त छैन तर पनि किन न हो किन याद आउछ । सायद तिम्रो सपना नदेखेको भए तिम्रो याद पनि आउदैन थियो होला । यसमा मेरो पनि दोष छैन । झन् तिम्रो त दोष हुने कुरै भएन ।
मलाई तिम्रो अन्तिम ईमेल अझै याद आइरहेको छ । अन्तिम यस अर्थमा कि त्यस पछि मैले तिमी बाट कुनै ईमेल पाएको छैन । हुन त मैले पनि तिमीलाई त्यस पछि कुनै ईमेल पठाएको छैन । एक पटक तिम्रो जन्म दिनको शुभकामना व्यक्त गर्न ईमेल सेन्ड गरेको थिए तर तुरुन्तै फर्कियो । एरर मेसेज आएको थियो एडरेस इनभेलिड भन्दै । हुन सक्छ तिमीलॆ ईमेल ठेगानै बदल्यौ । सायद तिमीले मलाई मन पराएको भए एउटा मेसेज त पठाउन सक्थ्यौं अनमोल मेरो ठेगाना परिर्वतन भयो भनेर ।
म त कुरै कुरामा बहकिन पुगे छु । सपनाको कुरा यत्तीकै छाडेर कहा कहा पुगेछु । सपनामा देखेको एलिना त धेरै फरक पाएं । पाटनको क्याम्पसमा अन्तिम पटक भेट्दा भन्दा सपनामा सार्है भिन्न पाए । अग्ली भएकी रहेछौं अनि मोटी पनि । तर तिम्रो मुस्कान र लजाईमा मैले केही पनि फरक पाईन । पाटन क्याम्पसमा पनि तिमी म सग बोलिकी थिईनौ अनि आज पनि सपनामा तिमी बोलिनौं ।
जुन दिन मैले तिमीलाई पहिलो पटक पोखरामा भेटेको थिएं मलाई त्यस बेलै शंका लागेको थियॊ हाम्रो प्रेम अमर हुदैन भनेर । आखिर मेरो सोचाई सत्यमा नै परिणत भयो । हुन त म दुरदर्शी त पक्कै होइन तर कसरी कसरी यो गेस ठ्याक्कै मिल्न पुगे छ ।
एलिना तिमीलाई थाहा छ तिमी मेरो जीवन बाट टाढिए पछि मेरो जीवनमा अरु कुनै स्त्रीले स्थान लिएको छैन । डर लाग्छ कतै अरु कुनै सम्बन्धहरु पनि तिमी सगको जस्तै पो हुने हो कि भनेर म मात्र पागल भएको रहेछु हाम्रो प्रेममा । नत्र म मात्र पागल हुन नपर्ने हो । आखिर सच्चा प्रेम भएको भए तिमी पुरै पागल नभए पनि अर्ध पागल भने हुन पर्ने हो । कति मान्छे हरु प्रेममा हार खाएर आत्म हत्या गर्ने गरेका छन् तर यो सरासार मुर्खता हो । आफु मर्दैमा मात्र प्रेम सफल हुने त होईन नि ।
तिमीलाई मैले सपनामा जमलको मिराज क्याफेमा देखेको थिएं जुन क्याफेमा हाम्रो प्रेम मौलाएको थियो । अहिले त तिमीले रातो साडी पहिरिएकी रहेछौं । सिउदोमा सिउदुर पनि सजिएको थियो । असाध्यै सुहाएको थियो तिमीलाई । धर्मो धर्म । तिमीलाई नै थाहा छ म कत्तिका सत्य बोल्छु भनेर । साचें तिम्रो नया जीवन सुरु भईसकेछ ।
सपनामा तिमीलाई कसैको फोन आयो । मोबाईल बज्छ । अचम्म परें मोबाइल बन्द भएको समयमा पनि घण्टी । तिमी एकै छिन गफ पश्चात हवस् हवस् भन्दै अगाडि लागेकी थियौं । केही कोष पर एक युवक र बालक देखें । अनयास एकै छिनमा तिमी त्यो युवक र बालक त्यो परिवेश बाट टाडियौं । विदा पनि मागिनौं । फेरि फोनको घण्टी बज्यो । कसैले पनि उठाएन । निकै बेर पछि म उठें । यसो माबाईल हेरेको त अलार्म पो रहेछ ।

Thursday, July 10, 2008

चाहन्न म

(भानु जयन्तीका उपलक्ष्यमा)

आज तिम्रो जयन्तीमा शब्दविहीन भएकीछु
प्रत्येक वर्ष अझ बढी लाचार बन्दै गएकीछु
तिम्रो नासो हाम्रो देश अझ सानो बनिरा'छ
"म त बाँच्नै सकिन नि" सगरमाथा भनिरा'छ

आज यहाँ साहित्य नि मोलहीन भएकोछ
ढुकुटी त्यो साहित्यको, दीन बन्दै गएकोछ
लज्जित बनी श्रद्धा-सुमन चढाउन चाहन्न म
तिम्लाई माला लाउन हात बढाउन चाहन्न म

मेरा भाइबैनालाई तिम्रो नाम थाह छैन
तिम्रा कृति पढ्ने मेरा दाइदिदीलाई चाह छैन
कवि आधा पागल हुन्छ, बुज्रुकहरु भन्ने गर्छन्
नेपाङ्रेजी बोल्नेलाई आधुनिकमा गन्ने गर्छन्

तिमी धेरै माथि थियौ, हामी तल गिरेकाछौं
मुख लुकाउन डिस्को, पब, बार भित्र छिरेकाछौं
आज तिमिलाई यो देशको भानु भन्न चाहन्न म
आडम्बरी नेपालीका रानु भन्न चाहन्न म!

तिमीलाई यो देशको भानु भन्न चाहन्न म
आडम्बरी नेपालीका रानु भन्न चाहन्न म!

आडम्बरी नेपालीका रानु भन्न चाहन्न म!

Friday, June 13, 2008

बिर्सन नसक्ने क्षण

मेरो मानसपटलमा आजफेरि   एउटा पुरानो क्षण फेरि जिवन्त बनेर आएको छ! साथीले त सुखमा दु:खमा साथ दिन्छन्, म उसलाई साथी भन्न कहाँ सक्छु र ! उ त बस् मेरो जीवनमा केही समयको लागी आई, क्लासमेट बनेर, अनि कहिले बिर्सन नसकिने, त्यो बेला मा असाध्यै चित्त दुखेको अनि अहिले सम्झँदा पनि कस्तो कस्तो लाग्ने घटना दिएर गई ।

कुरो आज भन्दा करिब, १४ वर्ष अघिको हो जस्तो लाग्छ अहिले हिसाब गर्दा, त्यतिबेला म तीन क्लासमा नयाँ स्कुलमा भर्ना भएकी थिएँ । म सँगै एउटै बेन्चमा बस्थी ऊ, निशी, लाउरेकी छोरी भएकीले होला, मेरो बाबाले ब्रुनाईबाट पठाइदेको भनेर कहिले नयाँ ज्योमेट्री बक्स देखाउँथी, कहिले लामो, घुम्रेको पेन्सिल । म चुप लागेर “ए..” भन्दै हाँसिदिन्थें । मसँग देखाउने कुरा केही हुँदैनथ्यो, स्कुल, कलेजमा पढाउने मेरा बाबा-आमाले त्यस्ता कुरा ल्याउनुहोस् पनि कसरी, त्यो मलाई राम्रो थाह थियो !! “ आज त निशीले क्या राम्रो पेन्सिल देखाकी नि,” स्कुलका अरु कुरा सुनाउँदा निशीका कुरा पानि सुनाउँथें म बा-आमालाई । “ तिम्रा बा परे लाहुरे हुने भो नि यस्ता सामान, मेरा बा ता चाउरे हुन्” भनिनस् त? बाले हाँस्दै भन्नुहुन्थ्यो । हामी सबै जना हाँस्थ्यौं अनि आमाले मेरो कपाल मुसार्दै भन्नुहुन्थ्यो “ यो घर बाघ, वन बिरोलोले के भन्न सक्थी “ । बाहिर बाहिर हलुका सँग लिए पनि, भित्र भित्रै भने, निशीलाई नि कहिल्यै केही देखाउन पाए हुन्थ्यो भन्ने ईच्छा पक्कै थियो मेरो मनको कुनै कुनामा ।

नयाँ स्कुल जान थालेको २ हाप्ता जस्तो पछि नै होला, मेरी सानीमा काठमाडौं आएर फर्किने दिन थियो, उहाँले म स्कुल जाने बेलामा “ ला! चकलेट किनेर खा “ भनेर १० रुपिंयाको नोट दिनुभयो । मैले त्यो नोट सम्हालेर राखें । स्कुल पुगेपछि, निशीले आफ्नो ब्यागबाट ठूलो डेरिमिल्क चकलेट निकालेर देखाउँदै भनी –“ हेर म सँग कत्रो क्याडबरी छ बाबै, लोभ गर्ने होइन है, दिन्न म त !” त्यो दिन त मेरो फुर्ती पनि कमको थिएन “मसँग नि दश रुपियाँ छ, किनेर खाइहाल्छु नि खान मनलागे” मैले भनें । “अँ होला, खै देखाउ त” मलाई नपत्याउँदै भनी उसले । मैले पनि ब्यागबाट दश रुपिंया निकालेर देखाइदिएं । उसले छक्क परेर हेरी । अनि ओठ लोपार्दै भनी –“ यस्तो जाबो १० रुप्यामा नि आउँछ होला नि क्याडबरी” ।
हाम्रो स्कुलमा आफ्नो क्लासरुम आफैं सफा गर्नु पर्थ्यो, एकदिन मा १० जनाको पालो हुन्थ्यो । त्यो दिन हाम्रै पालो थियो । सकिन लागेको थियो काम, निशी कराउन थाली “ मेरो ब्यागको १० रुपिंया छैन, कसले चोर्यो, म सबको ब्याग चेक गर्छु । “ उसले पहिले अरुको ब्याग चेक गरी अनि म सम्म आई । अहिले सम्झँदा लाग्छ, निशी उमेर भन्दा धेरै बाठी थिई । “ओ हो यहां छ मेरो दश रुप्या, येल्ले पो चोरेकी रैछ “ त्यस दिन भन्दा अगाडि अनि त्यसपछि पनि कहिले कसैले नलाएको आरोप लगाई निशीले मलाई । “त्यो त मेरै हो नी “ आँखा भरि आँशु पार्दै भनें मैले । “ अँ हो, मेरो रुप्या मा नि यस्तै दाग थियो, यही हो मेरो रुप्या म चिन्दिन र” उसले भनी । “तिमी कस्तो नराम्रो मान्छे रैछौ, पख म यो सब कुरा म्यामलाई भन्दिन्छु..” रुँदै अनि स्टाफ रुम तिर जाँदै भनें मैले । अरु सबै साथीहरु मूक दर्शक बनेर हेर्दै थिए, भनुन् पनि के, उनिहरुले मलाई राम्रो सँग चिनेका पनि त थिएनन् ! म स्टाफ रुम तिर गएको देखे पछि निशीले मलाई रोक्दै भनी – “ ल भैहाल्यो, यो अहिले तिमी नै राख, मलाई भोली ५ रुप्या ल्याइदेउ, आधा आधा गरौं । “ “दिन्न म ५ रुपिया पनि, किन दिनु, यो मेरो आन्टीले मलाई देको पैसा हो, आज नभए पनि भोलि त म म्यामलाई भन्दिन्छु, भन्दिन्छु “ उ डराएकी देखेर अलि दह्री हुँदै भनें मैले पनि । निशी मलाई आँखा तर्दै आफ्नो होस्टेल तिर गई ।
त्यसदिन मेरो मनमा ठूलो चोट लागेको थियो ! आफूले कहिले सोच्न पनि नसकेको आरोप लगाएकी थिइ उसले मलाई । त्यही सम्झँदै, रुँदै रुँदै घर गएँ म । “ त्यस्ले मलाई चोर भनी, म त्यो स्कुल मैं पढ्दिन के, म पुरानै स्कुल जान्छु नि न प्लीज, म त्यो स्कुल जान्न” बा-आमालाई दु:ख दिंदै रुन थालें म । “यस्ता साना तिना कुराले स्कुल नै जान्न भनेर कहाँ चल्छ भन् त ! यस्ता कुरालाई सहन, सामना गर्न पो जान्नु पर्छ, जिन्दगीमा अझै कति स्कुल कलेज जानु छ, कति मान्छेसँग भेट्नु छ, सबै राम्रा मान्छे कहाँ भेटिन्छन् त!” आमाले सम्झाउँदै भन्नुभाको थियो मलाई । “भोली पनि केहि भनी भनें, पर्सी तेरो क्लास टीचरलाई भेटेर कुरा गर्छु म, केही हुन्न नडरा, गल्ती नगरे पछि डराउनु पनि पर्दैन” बा ले ढाडस दिनु भो ।

भोलीपल्ट बिहान क्लास टिचर आउने बित्तिकै निशीले जुरुक्क उठेर भनी – “म्याम, साधना मसँग एकदम झगडा गर्छ, हाम्रो सिट चेन्ज गरिदिनु न! “ मैले छक्क परेर हेरें । “हो साधना ! तिमीले यो सँग झगडा गर्यौ?” म्यामले सोध्नुभो । म आफ्नो सीटबाट उठें तर केही बोलिन, त्यसबेला निशीको पोल सुनाउने हिम्मत मलाई किन आएन मलाई थाह छैन । कसैले म बोलेको त राम्रोसँग सुनेका थिएनन् होला, झगडा गर्ने त प्रश्नै उठ्दैन, शायद यही कुरो बुझेर म्यामले भन्नुभो – “ यो निशीपनि कसै सँग मिल्न सक्दिन भन्या, ल आज देखि पुनम र निशी बस्ने, साधना तिमी कामनासँग बस है!”
त्यसदिन देखि न निशी म सँग बोली, न म नै गएँ उसँग बोल्न । चार क्लास पछि त उसले हाम्रो स्कुल पनि छोडी । उ अहिले कहाँ, के गर्दै होली, मलाई केही थाह छैन, तर कामना र म आज पनि एकअर्काको निकै राम्रा साथी हौं ।

Tuesday, June 10, 2008

तिमी


तिम्राबारे केही आज लेख्न मनलाग्यो
तिमी सामु मनका भाव पोख्न मनलाग्यो
देश हाम्री हौ निकु़ञ्ज राम्री तिमी साह्रै
छाडी तिमीलाई जानुपरे पर्ला गाह्रै गाह्रै
छहरा, छाँगा, नदीनाला, निधि अनमोल
पवित्र छौ नओढ है कृत्रिमताको खोल
हिमालको मुटुबाट बग्छ पवन मीठो
छाडी जान्न तिमीलाई बरु खान्छु ढिंडोपीठो
तिमीलाई धनी पार्ने हाम्रो सदिच्छा
तिमीलाई पनि विकासको लामो प्रतिक्षा
स्याहार तिम्रो गर्छौं हामी, सुसार तिम्रो गर्छौं
हेरी तिमीलाई बाँच्छौं हामी तिमीलाई हेरी मर्छौं
शिशिरको ठिहीमा नि तिम्रो रक्षा गर्छौं
तिमीलाई सुन्दर बनाउन हामी लागी पर्छौं
अढाई करोड नेपालीका तिमी रचयिता
तिम्रै काखमा हुर्के बढे भृकुटी र सीता
पुज्छौं तिमीलाई श्रद्धा मानी शिष झुकाउँछौं
लड्नै परे तिम्रालागी धक फुकाउँछौं
गगनमा तिम्रो सँधै चम्कोस् तेज रवि
धमिलिन दिने छैनौं हामी तिम्रो छवि
मानचित्र भित्र हेर्दा तिमी रेणु जस्तै
तर मोती, मुटु हाम्री महत्व प्रशस्तै
शिक्षा रुपी प्रदीपले जगमग पार्छौं
तिम्रा दु:ख कष्ट मार्न पाउ अघि सार्छौं
सकौं तिमीलाई यो जगतमा राज गराउन
नपरोस् है कसै सामु तिमी डराउन
शान्ती अनि बन्धुत्वकी प्रतिक तिमी बन
तिमीलाई सदा माया गर्ने बनोस् हाम्रो मन
आशिर्वाद देउ नेपाल आमा केही बन्न सकौं
शान मान्दै विश्व माझ नेपाली हुँ भन्न सकुँ
रोक्न सकुँ पापीहरुलाई तिम्रो मासु लुछ्न
सक्षम बनुन् हातहरु तिम्रो आँशु पुछ्न
सक्षम बनुन् हातहरु तिम्रो आँशु पुछ्न ।।


( कविताको quality को हिसाबमा भन्ने हो भने यो कविता पक्कै पनि कमजोर हुन सक्छ, तर मेरो मानसपटलमा यसको ठूलो स्थान छ ! यस कवितामा मसँगै हाँस्दै खेल्दै कलेजमा पढेका अधिकांश साथीहरुको नाम मैले उल्लेख गरेकी छु । ती साथीहरु, जसको मेरो जीवनमा ठूलो भूमिका छ । आज यो कविता उनीहरुलाई नै समर्पित ...)

Saturday, June 7, 2008

जिन्दगानी


कहिले बल्दो आगो जस्तो, कहिले चिसो पानी
कहिले कस्तो कहिले कस्तो लाग्छ जिन्दगानी

फरक फरक हुने किन सबको आनीबानी
आँशुहाँसो भइराख्ने कस्तो यो कहानी
संघर्ष हो लड्नै पर्छ भन्ने जानी जानी
कस्तो कस्तो किन लाग्छ आफ्नै जिन्दगानी !!

टिकाउ हो या हो क्षणिक फूलको जवानी
कहिले कस्तो कहिले कस्तो लाग्छ जिन्दगानी

Thursday, May 29, 2008

एउटा शासक ढल्यो आज......

एउटा शासक ढल्यो आज, अर्को नजन्मियोस्
शान्ती छोरी बेहुली बनी, अन्तै नअन्मियोस् !!

खुलेको छ नारायणहिटी, रत्नपार्क झैं बन्नुहुन्न
जाति-धर्म सबै एकै तेरो-मेरो भन्नुहुन्न
मिली बनाउँ देश अब, द्वेष नजन्मियोस्
शान्ती छोरी बेहुली बनी, अन्तै नअन्मियोस् !!


हेर्दै गरौं नेतागणलाई, अन्धविश्वाश गर्नुहुन्न
सचेत हामी जनता छौं, उनको भर पर्नुहुन्न
देशमा फेरि अर्को देश-द्रोही नजन्मियोस्
शान्ती छोरी बेहुली बनी, अन्तै नअन्मियोस् !!

एउटा शासक ढल्यो आज, अर्को नजन्मियोस्
शान्ती छोरी बेहुली बनी, अन्तै नअन्मियोस् !!

Saturday, May 24, 2008

Mahabir, Myagdi and Myself

Being related to the eastern part of Nepal, I hardly got any opportunity to visit the western parts. I heard and read many things about Palpa, Baglung, Manang, Mustang, Myagdi and other beautiful places of my own beautiful country but never got any chance to get indulged in the beauty of those places. I thought those places as beautiful but undeveloped places of Nepal. I used to ask many things to my classmates from Jumla and Accham about the infrastructures in their places. I used to think, how they could live in such a place where they could not watch television and read books from all over the world.

In 2007, Dr. Mahabir Pun from Myagdi won Roman Magasaysay Award for community leadership. He was “recognized for his innovative application of wireless computer technology in Nepal, bringing progress to remote mountain areas by connecting his village to the global village”. I was proud of Dr. Pun to heard this news but I was very much surprised too. Being a proud Nepali, I did not even know about the developments in Nepal. I was ashamed of myself at that time and very much eager to know more about Myagdi. Previously, I wanted to visit the place because of its natural beauty and after knowing about Dr. Pun, I wanted to visit Myagdi to see the technological advancement in the inaccessible villages.

Dr. Pun has now expanded the wireless networks all over twelve villages of Myagdi. Teachers in one school of Myagdi, teach students of another school. People of Myagdi consult with doctors of Pokhara using tele-conferencing. These things are not so easy for Nepal where the rate of development is very low but Dr. Pun has turned impossible to possible. He has proved that we can spread the light of technology all over Nepal. We can ornate the beauty of Nepal by the glitters of technological development. Nepal is indeed a beautiful country; we can enhance the beauty by developing each and every part and making the basic needs like education, health and safety accessible to all the Nepalese people.

Now, I am studying in a university of USA. Unfortunately, I did not get chance to visit Myagdi but my eagerness to visit villages of Myagdi is increasing. I want to see the villagers of my country taking online instructions from their doctors; I want to see the small scale businessmen dealing with their foreigner clients. I want to meet the role model Dr. Mahabir Pun and thank him for giving us a new direction, new hope and new idea for the development of the nation. I think my thirst will be quenched only after I visit there.

Monday, April 28, 2008

नयाँ नेपाल

बिहान उठेपछि नित्यकर्म गरेर यसो एउटा पत्रिका पल्टाएको त मलाई चार सय चालीस भोल्टको करेन्ट लागेजस्तै भयो । के अचम्म यो ? अचानक यस्तो परिवर्तन कसरी भयो ? हिजो अस्ति छापिने हत्या, अपहरण, लुटपाट, बन्द, पेट्रोल, मट्टितेल, ग्यास, पानी, बत्ती आदिको कमी आदी समाचारहरु आज पत्रिकामा छैनन् । त्यहाँ अर्कै शीर्षक छ - " नेपाली वैग्यानिकहरुको अन्तरीक्षमा जाने तयारी " । अर्को पाना पल्टाएँ त्यहाँ अर्को धमाकेदार शीर्षक थियो - "हेलम्बुका स्याउ अमेरिका निर्यात हुन थाले" । तीन छक्क परें म । हिजोसम्म हेलम्बुका स्याउ काठमाडौं नि ल्याउन नसकेर भारतका स्याउ खाने हामी नेपाली, आज स्याउ निर्यात गर्ने कसरी भयौं । पत्रिका त हिजो अस्ति नि पढेकै हो, मलाई थाहै नभइ नेपालमा विकासको लहर आइसकेको हो त!! नेताहरु नयाँ नेपाल, नयाँ नेपाल भन्थे, केही विश्वास लागेको थिएन, हो पो रै छ, हाम्रो नेपालका नेतापनि केही गर्न सक्ने पो रैछन । अचम्मको र खुशीको मिस्रित भावना मेरो मनमा छताछुल्ल भयो!
फ्रान्ज काफ्काको "मेटामोर्फोसिस" कथामा कथाको पात्र राति सुतेर बिहान उठ्दा साङ्लोमा परिणत भए जस्तै हाम्रो नेपालमा पनि भएको हो कि, पढाइमा व्यस्त भए जस्तै भएर म, आफ्नै देशमा आएको विकासको नौलो लहरसँग पनि अपरिचित हुँ, मैले बुझ्नै सकिन । आज गाइजात्रा वा अप्रिल फस्ट त होइन ? आफैंलाई सोधें मैले । " अहँ होइन, आज त अप्रिल २८, फस्ट अप्रिल सकिइसक्यो, गाइजात्रा आएकै छैन । " फेरि आफैंले उत्तर दिएँ । त्यसैबेला आमाले कोठाभित्र छिर्दै भन्नु भो - "बत्ती किन नबालेकी, म त उठेकै छैनस् भन्ने सोच्दै थिएँ , कलेज जाने बेला भएन ?"
" भयो आमा, अब जान्छु, आज बत्ती जाने दिन भनेर मैले स्वीच अन नै गरिन"
"हैन के भन्छे यो, अब नेपालमा कहिले बत्ती जाँदैन भन्ने थाह छैन तँलाई !! "
झनै छक्क परें म ।
"पत्र-पत्रिका पढ्ने बानी भए पो थाह हुन्छ समाचार, तिमीहरुलाई टिभीमा पनि ढुङ्ग्रे र मुन्द्रे उफ्रेको हेरेरै पुग्दैन " आमाले नि पाको बेलामा व्यङ्ग्य हानिहाल्नु भो ।त्यसैले आफूलाई यी कुरा साँच्चै थाह भएको बारे मैले केही भनिन । चुपचाप तयार भएर, चिया सिया खाएर, कलेज तिर हिंडें ।

आज बसस्टप मा धेरै बेर कुर्नु नि परेन । हुल गरेर मारा मार गर्दै बस उक्लिन नि परेन । बसको सीट भरिन नि अलि अलि बाँकि नै थियो । हिजो अस्ति चाबेलबाट कालिमाटीजाने बस पाउन कम्तिमा नि आधा घन्टा त कुर्नै पर्थ्यो । बसभित्र एउटा तोरीको दाना राख्ने सम्म ठाउँ नहुँदा पनि खलासी " ओ दिदी अलि उता सर्नु न" भनेको भनै गर्थ्यो । हामी बसमा चढ्ने मान्छे पनि त उस्तै, आफू बस चढ्ने बेलामा जति सुकै भिड भएपनि चढेरै छोड्थ्यौं, आनि एकछिन पछि अरुमान्छे आए भने खलासीलाई गाली गर्न थाल्थ्यौं। बढि मान्छे किन हालेको भन्दै । तर आज एकाएक भएको यो परिवर्तनले साँच्चै भन्दा मैले पचाउनै सकिरहेकी छैन ।एक्कासी हाम्रो नेपालमा विकसित देशको बस सेवा कहाँ बाट आयो ?

एकदम ठिक समयमा आज कलेज पुगियो । कलेज पुगेपछि एक पछि अर्को छक्क पार्ने कुरा देख्न थालें म । आज कलेजमा मेरा सबै साथीहरु युलिफर्ममा आएका छन् । पहिले पहिले कलेज प्रशासनले जति भन्दा पनि, कानमा तेल हालेर बस्नेहरु, आज पुरै अनिशासित देखिन्छन् । सबै भन्दा बढी हल्लाहुने मा कहलिएको हाम्रो क्लास आज शान्त छ, हल्ला गर्ने साथीहरु नि ध्यान दिएर पढे जस्ता पो देखिन्छन !!

'नेपालमा हुने गरेको रोबोट कम्पीटीसन एकदम सानो स्केलमा छ, कति हामी हामीमात्र कम्पीटीसन गर्ने ? हामीले बाहिरका युनिभर्सिटीहरुलाई पनि समावेश गर्नुपर्छ अब । मैले जापानका दुइवटा युनिभर्सिटीका मान्छेसँग पनि कुरा गरिसकें , रेस्पोन्स पोजेटिभ नै छ । हेरौं न हाम्रा hi-tech रोबोटसँग विदेशीले कसरी कम्पीट गर्छन् ? " क्लासको सबै भन्दा हल्ला गर्ने र क्लास बन्क गर्ने काममा कहलिएको साथीले भन्यो । मैले केही भनिन । आज म कसैलाई केही भन्ने अवस्थामा छैन ।

कलेजमा नितान्त नयाँ अनुभूति लिएर घर फर्कें म । आज शहर निकै सफा र सुन्दर देखियो । धुलो, धुवाँ, ट्राफिक जाम केही छैन आज । सडकको छेउछाउमा जथाभावी पसलहरु छैनन् । मानिसहरुको भिड नि छैन । सबै आँफैमा अनुशासित देखिन्छन् । आहा कस्तो राम्रो परिवर्तन । यस्तै भए त हामी पनि किन जानु अमेरिका ? म नि gre पढ्न आजै छोडिदिन्छु, बेकारको टेन्सन । कुन नेताले ल्याए होलान् हाम्रो देशमा यो परिवर्तन ? पहिले त देशको लागी सोचिदिने नेता पाउनै गार्हो थियो यहाँ । आफूलाई आफ्नै देशको बारेमा थाह नहुनुमा हीनता बोध भए पनि देशको यो परिवर्तन मा भनें मख्ख पर्दैछु म ।

त्यसैबेला पुन: आमाको स्वर सुनियो - " होइन कति बेर सुत्छेस् हँ तँ ? कलेज जान ढिलो भइसक्यो । छिटो उठ् !" मैले आँखा खोलें , लाइन छैन, पानी नि आको छैन, एक मग पानी राखिदेको छु बाथरुममा, तेत्तिले नै मुख धो है " म उठिको देखे पछि भन्नु भो उहाँले!

त्यसपछि म राम्रै सँग ब्युँझिएँ । अगाडिका सबै कुरा त फगत् सपना मात्र पो रहेछन् ।