Monday, November 10, 2008

सस्ताई

हिजो म भेटिएछु
आज अरु कोही भेटिएछ
भोली पक्कै कोही भेट्ने छौ
एक पटक तिमी आफै हेर त
तिम्रो सस्ताई को दुरी
कती टाढा पुगेछ ।

8 comments:

  1. "सस्ताई" शब्द शब्दकोशमा छ र? बरु "सस्तोपन" हुन्थ्यो कि ?
    Anyways, Suman dai, Thanks for posting a गद्द कविता hai!! यो ब्लगमा गद्द कविताको साँच्चै नै कमी थियो !! :-)

    ReplyDelete
  2. हुन पनि सक्छ ।
    जेहोस्, गद्द राम्रो नै छ ।

    ReplyDelete
  3. छोटो तर रोचक!
    अनि यो 'सस्ताई' भन्ने शब्द शब्दकोशमा भए पनि नभए पनि यहा भने बेमेल वा क्लिष्ट देखिएको छैन।

    मेरो विचारमा कहिलेकाहि नया प्रयोग गर्दा राम्रै हुन्छ ।

    ReplyDelete
  4. धन्यवाद प्रतिकृयाको लागि । सस्ताई शब्द शब्दकोशमा नहुन पनि सक्छ । दिलिप जि ले भने जस्तै साहित्यमा नया शब्द को प्रयोगले पनि मिठै पन ल्याउछ । म पनि नया शब्दको उत्पत्ती हुन पर्दछ भन्ने मान्यता राख्दछु ।

    ReplyDelete
  5. मलाई कविता मनपर्यो । छोटो अनि घोचक । मैले पनि नयाँ शब्द हालेको नि घोचक भनेर ।

    ReplyDelete
  6. अब त नया शब्दको शब्दकोषै बनाउन पर्ला जस्तो छ ।

    सस्ताई - सस्तो पनको उची ।

    ReplyDelete
  7. नयाँ नेपालमा नयाँ शब्दकोष :-)

    ReplyDelete
  8. REALLY NICE.

    samaye samayek cha vanna maan lagyo.

    ReplyDelete