Friday, May 3, 2013

Really Really old... but updated one.. भ्रष्टाचारै गर्ने मन त भाको होइन

गलत कामै गर्न भनी संसारमा आको होइन
बाध्य छु म, भ्रष्टाचारै गर्ने मन त भाको होइन

छोइ नसक्नु महँगी छ परिवार पाल्नै पर्‍यो
सबको डिमान्ड पुरा गर्न मैले पैसा फाल्नै पर्‍यो
चित्त सबको बुझाउन हो, त्यसै घुस खाको होइन
बाध्य छु म, भ्रष्टाचारै गर्ने मन त भाको होइन

सत्यवादी बन्न खोज्दा शत्रुमात्र धेरै पाएँ
बांगो बाटो हिंडे देखी मित्रै-मित्र पो बनाएँ
समाजैले भ्रष्ट पार्यो आँफैँ बुद्धी आको होइन
बाध्य छु म, भ्रष्टाचारै गर्ने मन त भाको होइन

महलबाट जेल डेरा सर्ने मन त भाको होइन
बाध्य छु म, भ्रष्टाचारै गर्ने मन त भाको होइन