Sunday, March 7, 2010

तिमीलाई के हुन्छ ?

कागले कान लग्यो भन्दा कागका पछि कुद्छौ
मिल्न जान्या छैनौ कहिल्यै परस्पर जुद्छौ
देशको अशान्तिले तिम्रो मन कहिले छुन्छ ?
म जहाँसुकै जन्मेपनि तिमीलाई के हुन्छ ?

ह्रितिक रोशन काण्ड भन्दै नेपालीलाई मार्छौ
इराकको विरोध भन्दै आफ्नै देश बाल्छौ
आफ्नाहरुको दु:खमा तिम्रो मन कहिले रुन्छ ?
म जहाँसुकै जन्मेपनि तिमीलाई के हुन्छ ?

(Lets not just always talk about Buddha's birthplace, but care enough to apply his peace messages in our lives...)