Wednesday, August 20, 2008

Alarm- Story

अलार्म
आज फेरि सपनामा तिम्रो तस्विर देखें । रमाइलो पनि लाग्यो । एकै छिनको रमाईलो पछि फेरि विस्माद पैदा भयो । किन कि त्यो देखाई केवल क्षणिक थियो । सपना र विपना फरक हुन्छ भनेको साचो रहेछ । जुन वस्तु क्षणिक हुन्छ त्यसको महत्व ज्यदा हुदो रहेछ ।
तिमी सग नबोलेको पनि आज ५ वर्ष भईसके छ । बोल्नु र नबोल्नुमा त्यती अन्तर त छैन तर पनि किन न हो किन याद आउछ । सायद तिम्रो सपना नदेखेको भए तिम्रो याद पनि आउदैन थियो होला । यसमा मेरो पनि दोष छैन । झन् तिम्रो त दोष हुने कुरै भएन ।
मलाई तिम्रो अन्तिम ईमेल अझै याद आइरहेको छ । अन्तिम यस अर्थमा कि त्यस पछि मैले तिमी बाट कुनै ईमेल पाएको छैन । हुन त मैले पनि तिमीलाई त्यस पछि कुनै ईमेल पठाएको छैन । एक पटक तिम्रो जन्म दिनको शुभकामना व्यक्त गर्न ईमेल सेन्ड गरेको थिए तर तुरुन्तै फर्कियो । एरर मेसेज आएको थियो एडरेस इनभेलिड भन्दै । हुन सक्छ तिमीलॆ ईमेल ठेगानै बदल्यौ । सायद तिमीले मलाई मन पराएको भए एउटा मेसेज त पठाउन सक्थ्यौं अनमोल मेरो ठेगाना परिर्वतन भयो भनेर ।
म त कुरै कुरामा बहकिन पुगे छु । सपनाको कुरा यत्तीकै छाडेर कहा कहा पुगेछु । सपनामा देखेको एलिना त धेरै फरक पाएं । पाटनको क्याम्पसमा अन्तिम पटक भेट्दा भन्दा सपनामा सार्है भिन्न पाए । अग्ली भएकी रहेछौं अनि मोटी पनि । तर तिम्रो मुस्कान र लजाईमा मैले केही पनि फरक पाईन । पाटन क्याम्पसमा पनि तिमी म सग बोलिकी थिईनौ अनि आज पनि सपनामा तिमी बोलिनौं ।
जुन दिन मैले तिमीलाई पहिलो पटक पोखरामा भेटेको थिएं मलाई त्यस बेलै शंका लागेको थियॊ हाम्रो प्रेम अमर हुदैन भनेर । आखिर मेरो सोचाई सत्यमा नै परिणत भयो । हुन त म दुरदर्शी त पक्कै होइन तर कसरी कसरी यो गेस ठ्याक्कै मिल्न पुगे छ ।
एलिना तिमीलाई थाहा छ तिमी मेरो जीवन बाट टाढिए पछि मेरो जीवनमा अरु कुनै स्त्रीले स्थान लिएको छैन । डर लाग्छ कतै अरु कुनै सम्बन्धहरु पनि तिमी सगको जस्तै पो हुने हो कि भनेर म मात्र पागल भएको रहेछु हाम्रो प्रेममा । नत्र म मात्र पागल हुन नपर्ने हो । आखिर सच्चा प्रेम भएको भए तिमी पुरै पागल नभए पनि अर्ध पागल भने हुन पर्ने हो । कति मान्छे हरु प्रेममा हार खाएर आत्म हत्या गर्ने गरेका छन् तर यो सरासार मुर्खता हो । आफु मर्दैमा मात्र प्रेम सफल हुने त होईन नि ।
तिमीलाई मैले सपनामा जमलको मिराज क्याफेमा देखेको थिएं जुन क्याफेमा हाम्रो प्रेम मौलाएको थियो । अहिले त तिमीले रातो साडी पहिरिएकी रहेछौं । सिउदोमा सिउदुर पनि सजिएको थियो । असाध्यै सुहाएको थियो तिमीलाई । धर्मो धर्म । तिमीलाई नै थाहा छ म कत्तिका सत्य बोल्छु भनेर । साचें तिम्रो नया जीवन सुरु भईसकेछ ।
सपनामा तिमीलाई कसैको फोन आयो । मोबाईल बज्छ । अचम्म परें मोबाइल बन्द भएको समयमा पनि घण्टी । तिमी एकै छिन गफ पश्चात हवस् हवस् भन्दै अगाडि लागेकी थियौं । केही कोष पर एक युवक र बालक देखें । अनयास एकै छिनमा तिमी त्यो युवक र बालक त्यो परिवेश बाट टाडियौं । विदा पनि मागिनौं । फेरि फोनको घण्टी बज्यो । कसैले पनि उठाएन । निकै बेर पछि म उठें । यसो माबाईल हेरेको त अलार्म पो रहेछ ।