एउटा माथि चढ्न खोज्दा अर्को खुट्टा तान्छ किन
एउटा मान्छेबाट टाढा अर्को मान्छे जान्छ किन ?
मानवता कागजमैं मात्र सिमित भा'छ अचेल
सत्ता, धनको लोभमा मान्छे धेरै तल गा'छ अचेल
लोभिपनले मानवता मार्दै मार्दै लान्छ किन
एउटा मान्छेबाट टाढा अर्को मान्छे जान्छ किन ?
एउटालाई फालाफाल छ अर्कोलाई खाना छैन
शिरमाथि छानु छैन आङ ढाक्ने नाना छैन
एउटालाई सघाउन अर्को गाह्रो मान्छ किन
एउटा मान्छेबाट टाढा अर्को मान्छे जान्छ किन ?
एउटा माथि चढ्न खोज्दा अर्को खुट्टा तान्छ किन
एउटा मान्छेबाट टाढा अर्को मान्छे जान्छ किन ?
12 comments:
nice one!!!
Bravo amica!!
Thank you amica!! :)
स्थिति चाहिँ ठ्याक्कै यही हो । तर "किन?" भन्ने प्रश्नको जवाफ भने साह्रै जटिल होला ।
Thank you Keshav dai and Dilip Dai..
@Keshav Dai: Hajurle garya comment kaha gayo ? What's going on ?? Nothing makes sense to me..
समय सान्दर्भिक गित ।
साएद मान्छेले "survival of fittest"लाइ पछ्याउने भएर हो कि
पढ्दै जाँदा दिमागमा अनेकौ उत्तरहरु आए तर सहि उत्तर ठम्याउन गार्हो भयो ! सार्है राम्रो !
Thank you all :-)
खै किन किन
nice one i liked it
sadhna ji le sarai marka pareko kura haru lekhnu bhayecha. yestai ho kagaj ma euta bhyabhar ma arkai huncha yeha.
sadhna ji चौथो अन्तराष्ट्रिय नेपाली ब्लगर भेला माघ २२,२०६७-१० बजे शनिबार बिहान(Feb 5,10AM NST) हुंदैछ भेलाको समय दौंतरी ब्लगमा www.dautari.org पाल्नूहोला.
Post a Comment