Friday, August 19, 2011

आलो-पालो खाउँ अब

लिप्साको हद हुन्छ भने, त्यसलाई नाघी जाउँ अब
आउ तिमी-हामी मिली आलो-पालो खाउँ अब!!

तिम्रा-हाम्रा भाइ-साला जी.यम., सी.यम बन्नुपर्छ
अब मिलौं, हामी मिली नोट नयाँ गन्नु पर्छ
सबले चिने केका लागि राख्नु छ र नाउँ अब
आउ तिमी-हामी मिली आलो-पालो खाउँ अब!!

किरा परोस् भन्दै अब सराप्न पो थालिसके
जनताले हाम्रो विरोध गर्न आगो बालिसके
नपाइन सक्छ भोली नहेरौं है ठाउँ अब
आउ तिमी-हामी मिली आलो-पालो खाउँ अब !!

लिप्साको हद हुन्छ भने, त्यसलाई नाघी जाउँ अब
आउ तिमी-हामी मिली आलो-पालो खाउँ अब!!