Monday, January 13, 2014

कहिले

कहिले 

नानाभाँती दशा हाम्रा कट्ने होलान् कहिले 
आकाशका काला बादल हट्ने होलान् कहिले 

शक्ति- सत्ता-धनकालागि जतिसुकै गिर्छौं हामी 
आफू मात्र हाँस्न अरु सारालाई पिर्छौं हामी
हाम्रा लोभ-लालसा यी घट्ने होलान् कहिले 
आकाशका काला बादल हट्ने होलान् कहिले

जगत सारा झिलिमिली हाम्रो घरमा बत्ती छैन
कोकोहोलो जताततै शान्ती एक-रत्ती छैन
सुख-खुशी यो घरमा अट्ने होलान् कहिले
आकाशका काला बादल हट्ने होलान् कहिले

नानाभाँती दशा हाम्रा कट्ने होलान् कहिले 
आकाशका काला बादल हट्ने होलान् कहिले  :(