Wednesday, November 18, 2009

नेपाल ठुलो कहाँ छ ?

धर्म भन्दै बली दिन्छन यहाँ गढिमाइमा
माया छैन दिदिबहिनी अनी दाजुभाइमा
जताततै हत्या, हिंसा, लुटपाट जहाँ छ
तिमी भन देवकोटा नेपाल ठुलो कहाँ छ

नेताहरु यहाँ नौला नौला लिला गर्छन्
कुरा ठुला ठुला गर्छन् काम ढिला गर्छन्
अराजकता, अब्यब्यस्था, अशान्ति त जहाँ छ
तिमी भन देवकोटा नेपाल ठुलो कहाँ छ

हेलेन केलर गाउँदिनन् यहाँ वनै छैन
गाइनेलाई रानीबनै गाउने मनै छैन
सँस्कार कोची हाँडिभित्र देखसिकी मात्र यहाँ छ
तिमी भन देवकोटा नेपाल ठुलो कहाँ छ

Saturday, November 14, 2009

गजल


-सुमन घिमिरे

औसी रातको के, पूर्णिमाको बात गर
छुट्टिदाको के , सगै हुँदाको बात गर

आखा जुधाई लजाएर, निहुरिएको के कुरा
अगालोमा बाधिएर, छुदाको बात गर

जानी जानी नबोलेको,त्यो रातको के कुरा
बोल्दा बोल्दै रिसाएर, रुदाको बात गर

तिमी बिना मरिहाल्छु ,भनिएका के कुरा
एक्ला एक्लई जिन्दगी, जिउदाको बात गर

सम्झनामा नअटेका, बिगतको के कुरा
टिपिएका मायाका, बुदाको बात गर ।