गजल


-सुमन घिमिरे

औसी रातको के, पूर्णिमाको बात गर
छुट्टिदाको के , सगै हुँदाको बात गर

आखा जुधाई लजाएर, निहुरिएको के कुरा
अगालोमा बाधिएर, छुदाको बात गर

जानी जानी नबोलेको,त्यो रातको के कुरा
बोल्दा बोल्दै रिसाएर, रुदाको बात गर

तिमी बिना मरिहाल्छु ,भनिएका के कुरा
एक्ला एक्लई जिन्दगी, जिउदाको बात गर

सम्झनामा नअटेका, बिगतको के कुरा
टिपिएका मायाका, बुदाको बात गर ।

2 comments:

Sadhana Sharma said...

Thank you Suman dai for posting something in this blog... ma ta kehi lekhnai najanne bhaki chhu achel!!

Anonymous said...

I should notify my friend about this.