Tuesday, November 2, 2010

किन (२)

एउटा माथि चढ्न खोज्दा अर्को खुट्टा तान्छ किन
एउटा मान्छेबाट टाढा अर्को मान्छे जान्छ किन ?

मानवता कागजमैं मात्र सिमित भा'छ अचेल
सत्ता, धनको लोभमा मान्छे धेरै तल गा'छ अचेल
लोभिपनले मानवता मार्दै मार्दै लान्छ किन
एउटा मान्छेबाट टाढा अर्को मान्छे जान्छ किन ?

एउटालाई फालाफाल छ अर्कोलाई खाना छैन
शिरमाथि छानु छैन आङ ढाक्ने नाना छैन
एउटालाई सघाउन अर्को गाह्रो मान्छ किन