Sunday, November 30, 2008

गजल

मिलन हुँदा तिमी सँग ,मन मेरो साथ थियो
निस्ठुरिले बाटो मोड्दा, नबिर्सने घात दिएउ

आफ्नो मनको गोरेटोमा ,आफ्नै चाल्मा हिड्दै थिए
मुटु हर्ने मुस्कान छर्दै,लठ्याउने मात दिएउ

धर्ती माथी हिंड्ने मान्छे, आकाश छुने आट थिएन
घाम जुन जस्तै जोडी ,बन्ने ठुलो बात दिएउ

सोझो मन्, निर्धो पना , सबै लाई राम्रै देख्थे
पुर्णिमालाई साथमा राखि, मलाई औशी रात दिएउ

सुमन घिमिरे,सौराहा ,चितवन हाल डब्लिन, आयरल्याण्ड

Thursday, November 20, 2008

Wednesday, November 19, 2008

मेरो देश

Picture Courtesy: http://photography.nationalgeographic.com/staticfiles/NGS/Shared/StaticFiles/Photography/Images/POD/k/kathmandu-valley-122446-sw.jpg


विदेशीले सोधे मलाईतिम्रो देश कहाँ ?”
मख्ख पर्दै भनें मैले सगरमाथा जहाँ छ
उनले सोधे फेरि मलाई “कस्तो छ त्यो ठाउँ ?”
मैले भनें ” रमाईलो छ, नेपाल हो नाउँ
हामी आफ्नो देशलाई मातातुल्य ठान्छौं
आमालाई चाहिं हामी भगवान नै मान्छौं
स्वेत दन्त देखाइ देश मुसुक्क मुस्काउँछिन्
झरना, छाँगा, छहराका गरगहना लाउँछिन्
फूलबारी यो हो माया मात्र बस्छ यहाँ
मेरो देश त्यही हो हजुर बुद्ध जन्मे जहाँ”
छक्क पर्दै उनले सोधे ” कुन धर्म मान्ने ?”
मैले भनें ” मानवता धर्म हामी जान्ने
जीसस् अघि झुक्छौं हामी अल्लाहलाई ढोग्छौं
कृष्णपनि क्राइष्टपनि एउटै भन्ने मान्छौं
धार्मिकरुपमा सहिष्णु छ प्यारो मेरो देश
सादा जीवनशैली हाम्रो सादा भाषाभेष
सबको मन हर्ने हुन्छ, स्वच्छ परिवेश
धरती मैं स्वर्ग जस्तो मेरो प्यारो देश,
मेरो प्यारो देश ” ।।
-वि.सं. 2060 ( Kathmandu)

Monday, November 10, 2008

सस्ताई

हिजो म भेटिएछु
आज अरु कोही भेटिएछ
भोली पक्कै कोही भेट्ने छौ
एक पटक तिमी आफै हेर त
तिम्रो सस्ताई को दुरी
कती टाढा पुगेछ ।

Sunday, November 2, 2008

याद आयो

फेरि मलाई मेरो बालापन याद आयो
हाँस्दै गीत गाएको त्यो क्षण याद आयो

तीन साथी मिलिजुली सँधै स्कुल जान्थ्यौं हामी
टिफिन टाइममा खाजा पनि बाँडिचुँडि खान्थ्यौं हामी
आज तिनै दौंतरीको झन् याद आयो
फेरि मलाई मेरो बालापन याद आयो

कहिलेकाहिं सानातिना बदमासी गर्थ्यौं
कहिले फेरि गल्ती नभइ सजायमा पर्थ्यौं
गुरुमाको गाली खाको दिन याद आयो
फेरि मलाई मेरो बालापन याद आयो

छुट्टी हुँदा घुम्न गाको वन याद आयो
निश्फिक्रि त्यो मेरो आफ्नै मन याद आयो
जति सम्झ्यो उति झन् झन् याद आयो
फेरि मलाई मेरो बालापन याद आयो

                              फेरि मलाई मेरो बालापन याद आयो।।