Ram Bahadur Bomjan

What do you think about him? Lets discuss.

8 comments:

आकार said...

राम बहादुर बम्जन को बारेमा धेरै सकरात्मक र नकरात्मक धारणहरु सुन्न पाइन्छ ।

विशेषत: बुद्ध को अवतार या लिटिल बुद्ध भनेर प्रचार गरिएबाट हामीबिच यस सम्बन्धमा चासो बढेको छ अनि धेरै ले यो ढोंग मात्र हो भनेका छन् ।

तर म यसलाई सकरात्मक रुपमा नै लिन्छु । कारण अहिलेसम्म उ ठग हो भनेर प्रमाणित भएको छैन, साथै जंगल मा तपस्या गरेर बस्नु कुनै चानचुने कुरा होइन । उसले खान्छ, खाँदैन त्यो सरोकार को विषय होइन, कारण कोही पनि केही नखाइ बाँच्न सक्दैन ।

यिनी तपस्या गरेको स्थल घरबाट नजिकै पर्छ भनौँ न, गाडि मा एक, डेढ घन्टा । घरबाट सबैजना गएका थिए, हेर्न । तर म भने अहिलेसम्म गएको छैन, सायद मलाई भित्रै देखि भने विश्वास लागेको छैन या भनौँ के हो भनेर प्रमाणित नभइसकेको भएर पनि खासै चासो नलागेको होला ।

तर एउटा कुरा के हो भने, हामीले बम्जनको कदमलाई सकरात्मक रुप मै हेर्नुपर्छ, किनकी हामीले उसलाई फटाहा प्रमाणित गर्न सकेका छैनौँ । अत: कसैलाई गालि गर्नुभन्दा इज्जत गर्नु नै बुद्धिमानी ठहर्ला ।

Dilip Acharya said...

मानव चेतनाको परम विकासमा बुद्धत्व घटित हुनसक्छ भन्नेमा मलाई पन विश्वास लाग्छ । फेरि जंगलमा यसरि समाधिस्थ भएर बस्दा त्यसबाट कोहि पनि ठगिने वा त्यस्तो मान्छेले समाजलाई केहि विगार्ने भन्ने पनि छैन ।

आर्थिक र भौतिक रुपमा मात्रै होईन वौद्धिकतापनि गरिव भएको हाम्रो देशमा कमसेकम एकजना त निस्के, जसलाई हामि विना कुनै पूर्वाग्रह आदर गर्न सक्छौं ।

मलाई लाग्छ राम बहादुर बमजन भौतिक शरिरवाट माथि उठीसकेका छन । तर उनी बुद्धका अवतार हुन वा होईनन भन्ने बारेमा भने उनैलाई बोल्न दिंदा राम्रो हुन्छ ।

Sadhana Sharma said...

Exactly, बमजनमा पक्कै पनि केही शक्ति त छ, त्यो शक्ति ध्यानबाट प्राप्त गरेका होलान् उनले!! तर भगवान नै हुन् भन्ने आधार भने मैले पनि पाएकी छैन !!
तर उनलाई भगवान भनेर, चन्दा बाकस राखेर उनका आउरे बाउरेले उनको शक्तिको गलत फाइदा उठाउन खोजेका त होइनन् ?

आकार said...

"पैसा भनेपछि, महादेव को पनि त्रिनेत्र बल्छ रे"

अब अहिले को समयमा त्यो पैसाको दुरुपयोग भा'को छैन भन्न सकिँदैन ।

उजेली said...

यो मान्छेलाई परिभाषित गर्न धेरै अध्ययन गर्नुपर्छ जस्तो लाग्छ मलाई त यो मान्छेको बारेमा । हामीले अहिलेसम्म पूर्णरूपमा आधिकारिक जानकारी नपाएकै अवस्था छ बमजनको बारेमा । जे कुरा पनि 'रे' को भरमा चलेको छ । आयो रे, खायो रे, बोल्यो रे, जङ्गलमा गयो रे, मान्छेलाई त्यहीँ खुकुरी हान्यो रे ईत्यादि । त्यहि भएर मलाई फुर्सद भयो भने चैँ यो मान्छेको बारेमा अलि बुझ्न मन छ हौ आधिकारिक रूपमा ।

Sadhana Sharma said...

हो उजेली ठिक भन्यौ, राम्रोसँग नजानी नबुझी, कसैलाई भगवान् भन्दै पुज्न, वा ठग भनेर गाली गर्न पक्कै पनि मिल्दैन, तर सत्य तथ्य कुरो के हो जान्ने इच्छा मलाई पनि खुब लागेको छ, केही गरन भाइ प्लिज :-)

उजेली said...

के गर्नु त हौ दिदी मैले ! आफूले भ्याको बेला ऊ जङ्गलमा ध्यानमा हुन्छ अनि ऊ प्रवचन दिन आ'को बेला आफूलाई फूर्सद हुँदैन । तपाईँ आउनु अनि सँगै खोजौँला न । त्यसो गरे कसो होला ?

Sadhana Sharma said...

ल है त! त्यसै गरौं :-)