उ - मेरो कलम



उ - मेरो कलम

मान्दैन उ अचेल किन एकै पाइलो सर्न पनि
कागजमा अक्षरका बुट्टा सुन्दर भर्न पनि !!

मनका कुरा पोखिदिन नचाहेको होइन होला
तर किन चाहँदैन चाहेको काम गर्न पनि !!

कति सोध्छु चुप हुन्छ मौन बर्तै लिए जस्तो
मान्दैन उ अचेल किन मेरो सामु पर्न पनि !!

उपाय क्यै कसैलाई थाहा भए बताइदिनु
उस्कालागि तयार छु म त जे नै गर्न पनि !!
                             म त जे नै गर्न पनि !!

8 comments:

Aakar said...

May be, due to computer, keyboard and touch screen..hehe...

Anyway, nice poem.

Green Desert said...

सायद आन्दोलनमा पो छ कि ... ऊस्का माग हरु सकेसम्म छिटो पुरा गर्नुस् है नत्र ......

Sadhana Sharma said...

खोइ के भाको के, माग के हो भने त पुरा गर्न नि हुन्थ्यो नि भन्या .. :D.. Thanks for reading hai!!

दूर्जेय चेतना said...

मसी त जाच गर्नु भाकै होला.. हे हे तपाई कलम तिर लाग्नु भो, कलमकै खराबी खोज्न थाल्नु भो, तर पढ्दै गर्दा तपाईको मनले नै गर्न नखोजेको, मनले नै लेख्न नखोजेको होकी... सानो छोटो तर तपाईको मनको कुरा प्रश्ट

Sadhana Sharma said...

होला कि क्याहो ? :D

राजेश नतांश said...

वाह कविता दमदार लाग्यो । मान्दैन उ अचेल किन एकै पाइलो सर्न पनि, कागजमा अक्षरका बुट्टा सुन्दर भर्न पनि !!

Sadhana Sharma said...

धन्यबाद राजेशजी :).. अलि छोटो भए जस्तो लग्यो मलाई चैँ!!

Sudip said...

तपाईको कविता छोटो र साह्रै मिठो लाग्यो ।