Thursday, June 19, 2014

:(

जहाँँ चोर टाउको उठाएर हिंड्छन
डाँका झन् छाती फुकाएर हिंड्छन
त्यहाँ निर्दोषै त दोषी गनिन्छन
सोझा नै माथि सारा खनिन्छन

जहाँँ मान्छे मारी दरबार पस्छन
ठूला भन्दा ठूला ती आसनमा बस्छन
त्यहाँ जनतै त उल्लू भनिन्छन
अनि दोष बिनै दोषी गनिन्छन

जहाँँ छैन हक कुनै मुख खोल्ने
जेल पुग्न थाले हिम्मतिला बोल्ने
गणतन्त्र भन्दै त्याँ भाषण गरिन्छन
तर निर्दोषै त दोषी गनिन्छन
सधैं निर्दोष नै दोषी गनिन्छन ..

Ref: http://setopati.com/samaj/12990/

No comments:

Post a Comment