Sunday, October 26, 2008

ए चन्द्रमा


( Picture Courtesy: http://photography.nationalgeographic.com/staticfiles/NGS/Shared/StaticFiles/Photography/Images/POD/k/kathmandu-valley-122446-sw.jpg)

ए चन्द्रमा तिमी आजै मेरो देश जाउ
मेरा सारा आफन्तको खबर बोकी ल्याउ

मेरा बाबा मलाई सम्झी चुपचाप बस्दा होलान्
ती आमाका आँखाबाट आँसुधारा खस्दा होलान्
खुशी छु म मेरो सन्देश तिमीले पुर् याउ
ए चन्द्रमा तिमी आजै मेरो देश जाउ

तिहार आयो, मेरो भाइ मलाई नै सोच्दै होला
निधार खाली हुने सोची मन घोच्दै होला
आशिर्वाद छ टाढैबाट यही सम्झाउ
ए चन्द्रमा तिमी आजै मेरो देश जाउ

तिहारमा नि मेरो घर होला खाली खाली
कसले पूजा गर्ला र खोइ दियो बत्ती बाली
मैले गाउने भैलो गीत तिमीले नै गाउ
ए चन्द्रमा तिमी आजै मेरो देश जाउ

मेरो माया सबलाई देउ, सबको माया ल्याउ
ए चन्द्रमा तिमी आजै मेरो देश जाउ ।।

Wednesday, October 22, 2008

Google Android

Google Android is the software platform for mobile phone, based on LINUX operating system and developed by Google and Open Handset Alliance. It is the software stack of mobile devices that includes an operating system, middle-ware, user friendly interfaces and applications as well. It is the basis of Google's gphone which is being a hotcake in the technological market today. As it is the emerging technology, many studies are going on in this topic in today's computational world. Android is expected to gain significant market share in the future because of people's orientation towards this technology. Lets look into the Architecture of Google Android at first.

Talking about the architecture, Android has Linux kernel as the lowermost part. At the runtime, Android runs on Dalvik virtual machines. It is a register based virtual machine designed by Google specifically for Android platform. It is optimized for the lower memory usage. The architecture of Android includes a set of libraries used by the various components. The developers can use these libraries for various tasks of graphics, sound, data storage etc. In the application frameworks, we can get the services which a developer can use while designing the application. This layer of android architecture contains the application components which can be reused. For example, "View System" can be used to design the user interface of the application. We can use lists, test boxes etc using "View System".
On Top of all these layers, there is an applications layer. The developers can write their own applications in JAVA to run in android. All the applications must be written in JAVA.
The main features of android are summarized as: Adaptable in many types of handset layouts.SQlite is used for data storage. Supports audio/video media.Supports wide variety of connectivity techniques ( GSM, Bluetooth, CDMA etc)Web Browser is also available The software requirement specification for android to develop and run the application programs is: Windows XP or VistaMac OS X 10.4.8 or later (x86 only)Linux (tested on Linux Ubuntu Dapper Drake)Eclipse IDEJDK5 or JDK6Eclipse Plug in Android SDK We can also create an android application without the Eclipse plug in, but the Eclipse plug in makes the task easier and convenient.

Whenever a new product arrives in a market it gets some applauds and some bitter words of criticism also. Android has also been criticized in some cases. People are claiming that although it is said to be open source, Android is not fully open source because the SDK is not openly or freely re-distributed.

In overall, Google Android is great software to delve. Because of the ability to deliver the complete set of software (Operating System. middleware and key mobile applications) for the mobile phones, the Google Android is getting more popular these days. For us, it is a great learning experience of the upcoming technology. Now, we are hoping to hear about the official announcement of gphone by Google in a near future.

References:

[1] http://code.google.com/android/documentation.html
[2] http://www.openhandsetalliance.com/android_overview.html
[3] http://www.youtube.com/user/androiddevelopers
[4] http://www.anddev.org/
[5] http://www.last100.com/2007/08/29/the-gphone-is-coming-how-google-could-rewrite-the-rules/



Thursday, October 16, 2008

यो कथाको अन्त्य छैन

उहाँ टेलिकमको इन्जिनियर, म हस्पिटलकी नर्स । व्यावसायिक रुपमा हामी बिल्कुलै भिन्न छौं । हिजोआज त झन् उहाँ टेलिकमको शेयरका कुरामा लाग्नु भा'छ । "शेयर" एउटा यस्तो विषय, जुन मैले चाहेर पनि कहिले बुझ्न सकिन । यस्तो कम्प्लेक्स फिल्डमा पनि मान्छेहरु कसरी काम गर्लान् भन्ने उत्सुकता भने म मा पहिले पनि थियो, अहिले पनि छ ।

पहिले पहिले मेरो अगाडि शेयर किनबेचका कुरा हुँदा, त्यहाँबाट उठेर अर्कातिर हिंड्नु नै ठिक लाग्थ्यो मलाई, आफूले नबुझ्ने विषयमा दिमाग खपाउनु मात्र, समयको बर्बादी भन्ने ठानेर, तर अहिले.... !! शायद यही नै हो माया भनेको, उहाँले शेयरकै कुरा गरेपनि म सुनीरहनसक्छु र बुझ्नपनि खोज्छु! थाह छ, उहाँलाई पनि म यी सब कुरा बुझ्दिन भन्ने तर पनि सबै कुरा भन्नुहुन्छ मलाई, अनि उहाँको यो बानी मलाई असाध्यै मनपर्छ ।

अस्ति उहाँले बोल्दा बोल्दै निदाएँछु म, भोलिपल्ट बिहान साह्रै नराम्रो लाग्यो मलाई । " आखिर म उहाँका हरेक सुखदु:खमा साथ दिन्छु भनेर नै उहाँको जिन्दगीमा आएकी हुँ, अर्धाङ्गिनि बनेर, उहाँका तनावका कुराहरु सुनेर तिनमा मलम लगाउन सके पो केही राहत हुन्थ्यो उहाँलाई" उहाँका कुरा बुझ्ननसक्नु को आफ्नो लाचारीमाथि साह्रै रिस उठ्यो मलाई । त्यसैले फेरि सोधें " साँचि हिजो त्यो शेयर को हिसाब के के भन्दै हुनुहुन्थ्यो नि?" । उहाँ मुसुक्क हाँस्नुभो, अनि कुनै झर्को नमानी फेरि सबै कुरा भन्नुभो । उहाँका कुरा मा आफ्नो राय दिन मन नलागेको होइन मलाई, तर खै के राय दिने । तरकारी केलाइकुलाइ गरेर भान्छाको चाँजोपाँजो मिलाउँदै थिएँ म , अफ सिजन भएकोले होला, काउलीमा धेरै किरा परेको थियो,
"हेर्नु त यो काउलिको किरा ,किरा भएको काउलिलाई पनि यति महँगो लिएछ मोरोले!!!!!!!!!" तरकारी पसलेसँग रिसाउँदै भनें मैले ।
खै के सोचेर हो, माया नै माया भरिएका आफ्ना सुन्दर आँखाहरुले मलाई हेरिरहनुभएको थियो उहाँ ।

"के हेर्नुभएको नि फेरि?"

"काउलिको किरा !"

"मेरो अनुहार मा छ त? उ त्यहाँ हेर्नुस त भुईँमा त्यहाँ पो छ त ।" हाँस्दै भनें मैले । उहाँपनि हाँस्नु भो । उहाँको यही मुस्काननै थियो मैले खोजेको । सोच्दा पनि अचम्म लाग्छ मलाई, वर्षदिन अघि सम्म, कहिले नदेखेको, नामै नसुनेको मान्छेको मुहारमा एक मुस्कान ल्याउन, जे पनि गर्न तयार छु म आज ।


मेरो अफिस (हस्पिटल नै भए पनि, कार्यक्षेत्रलाई अफिस नै भनिंदो रैछ) मा एकदुइजना सहकर्मीहरु शेयरको खुब कुरा गर्थे, "आज भने उनीहरुसँगै बुझेर भएपनि धेरै कुरा थाहपाउँछु," शेयरका बारेमा बुझिछाड्न प्रतिबद्ब भएँ म !


अफिस पुगेपछि सहकर्मीहरु माझ कुरा उठाएँ शेयरको, छक्क परे उनीहरुपनि, मैले त्यो सब सोधेको देखेर, तर जति जाने बताइदिए !! "आज भने म पनि शेयरको कुरा मा कुरा थपेर उहाँलाई मख्ख पार्छु म" उहाँको हँसिलो मुहार सम्झँदैमा पुलकित भएँ म!

-----------------------------------------------

"शेयर पुरै बिक्रि भएनछ नि ,टेलकम को !"घर भित्र छिर्ने बित्तिकै उहाँले भन्नुभो ।

"साधारण मान्छेको लागि त अचाक्लि नै बायस्ड भएर बनाएको थियो अरे नि त रुल्सहरु होईन ?" बुझी नबुझी सुनेका कुरा मैले नि भनी हालें ।

"कस्ले भन्यो र तिमीलाई ?"

"अफिसमाँ यस्तै कुरा भइराखेको थियो ।मैले पनि एकछिन सुनेकी थिएँ"

"सब वाहियात हो बुझ्यौ?तिम्रा अफिसका त मान्छे नै काम नलाग्ने छन् ,तिनीहरुलाई कर्मचारिलाई दिइने सुविधा के हो के थाहा?"

"टेलकम चलेको पनि त हामी जस्ताले फोन चलाइदिएर त हो नि ,फेरि अर्को कम्पिटेटर मार्केटमाँ आयो भने टेलकम डुब्न के बेर ?" मेरो अफिसलाई गाली गरेको सुने पछि कता कता झोंक चल्यो मलाई पनि !!

"यो पनि अफिसमैँ सुनेकि त हौलि नि ?" रिसले, तनावले रातो भएको उहाँको मुहार देखें मैले। "हेत्तेरिका, चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भनें झैं भयो मलाई !! थोरै कुरा मात्र बुझेर, त्यसरी भन्नु नहुने हो मैले, बेकारमा तनावमा भाको मान्छेलाई झन् ...." आफैं देखि दिक्कलाग्यो मलाई । अनि कुरो अघि बढ्न नदिइ, चुप लागेर बसें ।

--------------------------------------------------------------------------

"सुन्नुहोस न , पेट्रोल को लाईन बस्नुभो?"खाना खाइसकेपछि अब त रिस साम्य भो होला भनेर सोधें मैले ।

"कहाँ ,अफिसबाट कसरि भ्याउने ?" झर्किँदै भन्नु भो!

"हाम्रो अफिसमाँ कोटामा मागेका रहेछन ,मैले पनि मेरो स्कुटरलाई भनेर माँगेकी छु ,तँपाईलाई चाहिन्छ भने!" मेरो त गौरिघाटबाट चाबेल नै हो पुग्नु पर्ने, हिंडेरैपनि जान सक्छु, तर उहाँको पुल्चोकसम्म जानुपर्छ, पेट्रोलको जरुरत मलाई भन्दा उहाँलाई छ, अरु दुनियाँ थरि तनावलाई कम गराउनमा केही गर्न नसकेपनि, यस कुरा मा त सहयोग गर्न सक्छु, भन्ने सोचेरै मैले यसो भनेकी थिएँ ।

"पर्दैन । चाहिएको छैन तिम्रो अफिसले देको ,तिम्रो अफिसको कुरै नगर ।" मेरै अफिसले उहाँलाई सारा टेन्सनहरु दिएको जस्तै गरेर भन्नु भो, उहाँले !! मलाई साह्रै नराम्रो लाग्यो, रिसपनि उठ्यो । आफ्नु रिसलाई मन भित्रै थुनेर, गरम बनिरहेको परिस्थितीलाई अझ गरम नबनाउन मैले राम्रै सित जानेकीछु, त्यसैले चुप लागेर बसें ।

भान्छाका सुसे धन्दा सकेर कोठामा पुग्दा उहाँ सुतिसक्नु भएको रहेछ । मलाई निकै नराम्रो लागि रहेको थियो, अर्कोपट्टि फर्केर ढल्किएँ म ओच्छ्यानमा, कति बेर सम्म निद्रा पनि लागेन, फेरि राम्रो सित कुरा गरेर फकाउनु पर्यो भनेर उहाँ पट्टि फर्किएं म । मस्त निदाइसक्नु भएको रैछ, निद्रामा मस्त भएको त्यो निर्दोष मुहार देखे पछि मेरो त सबै रिस त्यही बेला मर्यो । भोली बिहान कुरा गरुंला भन्ने सोचेर सुतें म पनि !

------------------------------------------------------------------------


राति सुत्न ढिलो भएको भएर होला, म उठ्दा त सात बजी सकेछ । सवा सातमा अफिस पुग्नु पर्ने थियो । चिया सिया बनाउन पनि भ्याइन, सुतेको मान्छेलाई उठाएर मैले चियापनि बनाउन भ्याइन भन्न पनि मनलागेन, उसै त रिसाइरहेको बेलामा!! पछि फोन गरेर कुरा गर्नु पर्ला भन्ने सोचेर, हतार हतार अफिसतिर लागें ।


उहाँ रिसाएकै कारणले होला शायद, मेरो मन पनि हाँसिरहेको थिएन । अझ राम्रो कुरा भन्दापनि रिसाएको देखेर मेरो चित्त साह्रै दुखेको थियो । त्यहीपनि कुनै पनि सम्बन्धमा एउटा आगो हुँदा अर्कोले पानी बन्न त जान्नै पर्छ, नत्र यी नाजुक सम्बन्धहरु मजबुत बनाउँदै लान नै कहाँ सकिन्छ र !!


अब त उठ्नुभो होला भन्ने सोचेर फोन गरें, पुरै रिङ्ग गइसकेपछि पनि उठाउनु भएन । उठ्नु भाकै छैन कि, अझै पनि रिस मरेको छैन, मैले केही भेउ पाउनै सकिन । हातगोडा फतक्क गले जस्ता भए ।



"अब आइन्दा आफूले नबुझेका विषय मा जान्ने भएर कहिले पनि बोल्दिन" सम्पूर्ण दोष आफैंमा खन्याएँ मैले । काममा पटक्कै जाँगर थिएन, किन किन, म उहाँलाई एकदम मिस गरिरहेकी थिएँ ।कति पल्ट उहाँको नम्बर डाइल गर्न खोजें, तर फेरि अझ रिसाउनु होला जस्तो लागेर, आँटै आएन ।


" मैले अघि फोन गरेको त पक्कै थाहपाउनु भो, कलब्याक नि नगर्ने " म भुट्भुटिइ रहेकी थिएँ, छट्पटिइ रहेकी थिएँ । काठमाडौंको अनियन्त्रित ट्राफिक, अनि हस्पिटलमा दिनहुँ देखिने एक्सिडेन्टका नयाँ नयाँ केसले गर्दा मलाई साह्रै डर लागिरहन्थ्यो ।मोबाइल छ र त , यस्तो हुन्छ, नभा भए म के गर्थें होला !!

" अफिस पुग्नु भो होला अहिले सम्म मा त, कमसे कम आइपुगें भनेर फोन गरे पनि ढुक्क त हुन्थ्यो । कस्तो छुच्चो मान्छे........"

उहाँकै बारेमा सोच्दै थिएँ फोनको घन्टी बज्यो । मेरो हर्षको कुनै सिमा रहेन ।

"सुन न तिमीले कल गरेकी रहिछ्यौ नि?"

उहाँको बोलीमा कुनै रिस थिएन, नरम स्वरमा बोल्नु भएको थियो उहाँ, मलाई फकाउन खोजे जस्तै गरी ।

फोन राखेपछि मलाई ढुक्क भयो, नयाँ स्फुर्ती शरीर भरी आए जस्तै भयो । काममा पनि जाँगर लाग्यो, अनि उहाँको एक फोनकल पछि म फेरि हिजोअस्तिकै सुधा भएँ । कति शक्ति हुँदोरहेछ मायामा एकैछिनमा मान्छेलाई बदल्दिन सक्ने !


बेलुका घर जाँदा गौरिघाट चोकमा तरकारि किन्दै थिएँ । अचानक एउटा विचार आयो । सोचें आज म उहाँलाई मीठो लाग्ने, कुखुराको मासु, रहडको दाल, टिम्मुर हालेको टमाटरको अचार र भात पकाउँछु, उहाँ पक्कै खुशी हुनुहुनेछ ।

उपहार

वस्तुहरु तिम्रा अघि साना भए जस्तो लाग्छ

भावहरु मेरा, उहिल्यै तिम्रा भए जस्तो लाग्छ

रनभुल्ल भएँ आज, सल्लाह खै को सँग लिऊँ

एउटा उपहार आज तिमीलाई म के पो दिऊँ ??



प्रयोग गर्ने वस्तु दिन्न, माया प्रयोग कहाँ हुन्छ र

प्रयोगै झन् नहुनेको सदुपयोग कहाँ हुन्छ र

रनभुल्ल भएँ आज, सल्लाह खै को सँग लिऊँ

एउटा उपहार आज तिमीलाई म के पो दिऊँ ??



गुलाफ दिऊँ हाम्रो माया गुलाफ भन्दा राम्रो लाग्छ

सबैभन्दा राम्रो केही भन्नु नै साथ हाम्रो लाग्छ

रनभुल्ल भएँ आज सल्लाह खै को सँग लिऊँ

मेरो जिवन तिम्रै हो, अरु तिम्लाई के म दिऊँ ? ?

Friday, October 3, 2008

!!!! विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना !!!!!

गीत

तिम्रो मनमा बस्ने मान्छे बन्नु कसो गरी
माया गर्छु तिमीलाई भन्नु कसो गरी

तिमी सामु आउँछौ जब गला सुके जस्तो हुन्छ
केही भन्न खोज्छु शब्द रुके रुके जस्तो हुन्छ
गला सुक्दा, शब्द रुक्दा बोल्नु कसो गरी
माया गर्छु तिमीलाई भन्नु कसो गरी

नजीक हुँदा छट्पटिन्छु पर जाँदा पनि
छट्पटिन्छु सुत्दा, उठ्दा, बस्दा, खाँदा पनि
छट्पटिंदै भावहरु खोल्नु कसो गरी
माया गर्छु तिमीलाई भन्नु कसो गरी

भन्न केही सक्दिन म तिमी बुझिदेउ न
मायारुपी झरी पार्छु तिमी रुझिदेउ न
भन्न डर लाग्छ, आँट गर्नु कसो गरी
माया गर्छु तिमीलाई भन्नु कसो गरी
माया गर्छु तिमीलाई भन्नु कसो गरी ।।