Sunday, October 26, 2008

ए चन्द्रमा


( Picture Courtesy: http://photography.nationalgeographic.com/staticfiles/NGS/Shared/StaticFiles/Photography/Images/POD/k/kathmandu-valley-122446-sw.jpg)

ए चन्द्रमा तिमी आजै मेरो देश जाउ
मेरा सारा आफन्तको खबर बोकी ल्याउ

मेरा बाबा मलाई सम्झी चुपचाप बस्दा होलान्
ती आमाका आँखाबाट आँसुधारा खस्दा होलान्
खुशी छु म मेरो सन्देश तिमीले पुर् याउ
ए चन्द्रमा तिमी आजै मेरो देश जाउ

तिहार आयो, मेरो भाइ मलाई नै सोच्दै होला
निधार खाली हुने सोची मन घोच्दै होला
आशिर्वाद छ टाढैबाट यही सम्झाउ
ए चन्द्रमा तिमी आजै मेरो देश जाउ

तिहारमा नि मेरो घर होला खाली खाली
कसले पूजा गर्ला र खोइ दियो बत्ती बाली
मैले गाउने भैलो गीत तिमीले नै गाउ
ए चन्द्रमा तिमी आजै मेरो देश जाउ

मेरो माया सबलाई देउ, सबको माया ल्याउ
ए चन्द्रमा तिमी आजै मेरो देश जाउ ।।

9 comments:

  1. अति उत्कृष्ट साधना जी, मुटु नै छोयो ।

    ReplyDelete
  2. मुटु छुने कविता रहेछ यो ।
    "ए चन्द्रमा तिमी आजै मेरो देश जाउ
    मेरा सारा आफन्तको खबर बोकी ल्याउ"

    ReplyDelete
  3. ओ हो,, साधना जी अत्ति मर्मस्पर्सि कबिता लेख्नु भयो सायद अस्ति भन्नुभएको तिहारको लागि यहि नै होला। होइना?जहा,जहा भए पनि सबै मित्रहरुलाई दिपावलिको मंगलमय सुभकामना है।।।।।।

    ReplyDelete
  4. सबैजनालाई धेरै धेरै धन्यबाद !!

    ReplyDelete
  5. wow soo intersting poem.thnks sadhana ji n happy wipawali for .

    ReplyDelete
  6. Nice poem. Really liked it.

    ReplyDelete
  7. मेरो माया सबलाई देउ, सबको माया ल्याउ
    ए चन्द्रमा तिमी आजै मेरो देश जाउ ।।

    kasto ramro kura bhannu bhako.

    ReplyDelete
  8. साह्रै राम्रो पो लेख्‍नुभएछ त दिदी !!

    ReplyDelete