Monday, April 12, 2010

के भो ?

मान्छेको जीवनको जहाँ मोल छैन
नियमका कुराहरुको कुनै तौल छैन
फेरी त्यही हुन्छ भने पोहोर परार जे भो
नयाँ साल आयो, आयो त के भो ?

खुल्नु पर्ने सुन्दर देश बन्द भाका बेला
बिकासको गती मन्द मन्द भाका बेला
कोइलीले कुहु कुहु गायो त के भो
नयाँ साल आयो, आयो त के भो ?

हत्या-हिंसा जताजतै सुरक्षाको भान छैन
"शान्ति" सँग कसैकोनि जहाँ चिनाजान् छैन
बसन्तले पालुवा नि ल्यायो त के भो
नयाँ साल आयो, आयो त के भो ?