Friday, May 1, 2015

धरहरा

त्यहाँ तहस-नहस् हुँदा, यहाँ मनमा ग्लानि भो
तिमी गयौ, शान मेरो मेटिएर खरानी भो !!

तिमीलाई साथ दिंदै गए कैयन् घरहरु
हजारौं मरे-र भाँचिए लाखका ती भरहरु
खबर सुन्दा मात्र यता आंखा पानी-पानी भो
तिमी गयौ, शान मेरो मेटिएर खरानी भो !!

फेरि अग्लो-सग्लो तिमीलाई बनाउन पाएहुन्थ्यो
"फिनिक्स्" जस्तै देश मेरो भनाउन पाएहुन्थ्यो
नलाग्नेथ्यो पीर अनि नभन्नेथें ग्लानि भो
भन्दिनथें शान मेरो मेटिएर खरानी भो!!

भन्ने-थिंन शान मेरो मेटिएर खरानी भो!!

Friday, March 27, 2015

नबुझेकै बुझ्छन् मान्छे

गल्ती मेरै खोजी हुन्छ ममाथिनै अति हुँदा
लान्छन लाग्छन् म नै माथि मेरैमात्र खति हुँदा 
त्यहाँ मेरै स्वरुपकी दुर्गा किन पुज्छन मान्छे
बुझेर नि बुझ्या'छैनन्, नबुझेकै बुझ्छन् मान्छे

 "खराब आमा" नाम दिन्छन्, मैले अघि बढ्न खोजे
खुट्टा तान्नै खोज्छन् मैले माथि-माथि पढ्न खोजे  
अनि फेरी म नै जस्ती सरस्वती पुज्छन् मान्छे 
बुझेर नि बुझ्या'छैनन्, नबुझेकै बुझ्छन् मान्छे 

गर्भमा म आएँ भने गर्भपतन गर्न खोज्छन्
जन्मिहाले बिस्मातले आफ्ना आँखा भर्न खोज्छन् 
फेरी धनकी देवी भन्दै लक्ष्मी किन पुज्छन् मान्छे
बुझेर नि बुझ्या'छैनन्, नबुझेकै बुझ्छन् मान्छे 

बुझेर नि बुझ्या'छैनन्, नबुझेकै बुझ्छन् मान्छे..  :( :(

Tuesday, February 24, 2015

:'(

असल मान्छेको देश भनुँ, यहाँँ तेजाबको होली खेल्छन
लहै-लहैमै लागेर लाठा, लाप्पा र गोली खेल्छन
राम्रो खबर छैन कतै तिमीलाई के पो सुनाउँ म
छोरा तिमीलाई मेरो देश, खोइ कसरी चिनाउँ म ? :'(

नैतिकता, इमान्दारी, परोपकार कुरा मात्र
मुखमा सबै राम जप्छन् बगलीमा छुरा मात्र
मेरो त्यस्तो सँस्कार आज किन तिमीलाई दिलाउँ म
तिमीलाई मेरो देश, खोइ कसरी चिनाउँ म ? :'(

मैं पनि त आफ्नु घर छाडी दूर भागेकै हुँँ 
परदेशमा पराधिन हुन आँफै लागेकै हुँँ
स्वाधीन मेरो देश भनी कसरी पो सिकाउँ म
छोरा तिमीलाई मेरो देश, खोइ कसरी चिनाउँ म ? :'( 

Friday, January 23, 2015

..

कतै उच्च उच्च पढेर बढ्छु
कहिँ सारालाई पढाएर बढ्छु
कतै खेल खेल्छु अरु देश जित्छु
यो राष्ट्रको शान बढाएर बढ्छु

कुरिती का विरुद्धमा मिली लाग्छु अब
आश गर्दै सुतिबसें म त जाग्छु अब
न चहिन्छ तिमी न नै तिम्रो कृति
आफैं देशको मान बढाएर बढ्छु

Wednesday, January 21, 2015

म हासुँ कि रोउँको दोधारमा छु ..

एउटा अनौठो मझधारमा छु
म हासुँ कि रोउँको दोधारमा छु


आज एसो-एसो भन्यौ, भोली होईन उसो भन्यौ
उफ्रिएर/ पाफ्रिएर जोकर जस्तै बन्यौ
तरै पनि जित्यौ संधै मैं हारमा छु
म हासुँ कि रोउँको दोधारमा छु


जे नै गरेपनि फेरी चुन्छु तिमीलाई नै
अविश्वासी बनी बनी सुन्छु तिमीलाई नै
तिम्रो यो कस्तो म प्रभावमा छु
म हासुँ कि रोउँको दोधारमा छु ..


एउटा अनौठो मझधारमा छु
म हासुँ कि रोउँको दोधारमा छु