Really Really old... but updated one.. भ्रष्टाचारै गर्ने मन त भाको होइन

गलत कामै गर्न भनी संसारमा आको होइन
बाध्य छु म, भ्रष्टाचारै गर्ने मन त भाको होइन

छोइ नसक्नु महँगी छ परिवार पाल्नै पर्‍यो
सबको डिमान्ड पुरा गर्न मैले पैसा फाल्नै पर्‍यो
चित्त सबको बुझाउन हो, त्यसै घुस खाको होइन
बाध्य छु म, भ्रष्टाचारै गर्ने मन त भाको होइन

सत्यवादी बन्न खोज्दा शत्रुमात्र धेरै पाएँ
बांगो बाटो हिंडे देखी मित्रै-मित्र पो बनाएँ
समाजैले भ्रष्ट पार्यो आँफैँ बुद्धी आको होइन
बाध्य छु म, भ्रष्टाचारै गर्ने मन त भाको होइन

महलबाट जेल डेरा सर्ने मन त भाको होइन
बाध्य छु म, भ्रष्टाचारै गर्ने मन त भाको होइन

:(

आज राती सुतिरहेका बेलामा कोही सुँक्क सुँक्क रोएको आवाज सुनें, ‘सपना राम्रो देखेन जस्तो छ’ हतार हतार उठेर बत्ती बाल्दै छोरोतिर हेरें, उ त मस्त निद्रा मैं रहेछ. ‘लौ न बूढा पो रुँदै छन् कि क्या हो लोग्ने मान्छे भएर’ भन्दै श्रीमान तिर हेरें, उनी नि मस्तै थिए. अब भने मेरो मन मा चिसो पस्यो, रुवाइको आवाज झन् झन् ठूलो बन्दै थियो. ‘ए बूढा!! उठ न,सुन न को रोइरा’ छ’  श्रीमानलाई झक्झक्याउँदै भनें; ‘ह्या डिस्टर्ब नगर न बिहान हेरम्ला’ भन्दै अर्को पट्टि फर्केर सुते उनी. मेरो भने मन मानिरहेको थिएन. डराई रहेको मनलाई मजबूत बनाउंदै म बाहिर निस्किएँ. त्यसरी रुने त मैले बारी भरी रोपेका सयपत्री फूल पो रहेछन. ‘लौ फूलपनि यसरी  आवाज निकालेर रुन सक्दा रहेछन , के पुगेन यिनीहरुलाई, पानी त दिई राखेकै थिएँ टाइम टाइममा’  आफैंसंग बोल्दै थिएँ, ती त झन् भक्कानिएर रुन थाले. ‘अब कुनै दिदी-बहिनीले दाजुभाइलाई सयपत्रीको  माला लगाई दिदैनन होला, अब कसैले माया गरेर हामीलाई रोप्दैनन  होला, हामी यो संसारबाट लोप हुने भयौं’ जीवन मा पहिलो पटक फूलहरुले बोलेको, रोएको देख्दै थिएँ म, बोट-बिरुवा पनि लिभिंग थिन्ग्स हुन् भनेर पढेको सम्झें, बोल्नै सक्लान जस्तो त कहिले लागेको थिएन !! “किन तेसो भन्छौ सयपत्री हो, यति राम्रा सयपत्री किन नरोप्नु,किन डराएका तिमीहरू ?” माया गरेर रोपेका फूलहरुलाई सुम्सुम्याउदै भनें. “तिमी त समाचार हेर्दिनौ जस्तो छ, हेर्यौ भने तिमीले पनि हामीलाई उखेलेर फालिदेलिउ” मेरा फूल मैं माथि खनिए.. “समाचार ?” “हो त, नेपालमा कुन दिदी बहिनी आफ्ना दाजुभाइलाई नेता जस्तो भएको हेर्न खोज्लान् ? भ्रष्ट, नालायक नेता भनाउँदाहरुले बिछट्टै मनपराएको मलाई कुन साधारण नेपालीले मनपराउलान ? प्लीज केहि गर, मलाई सर्व-साधारण नेपालीको गलामा सजिन देउ” मेरा फूल झन् रुन थाले, कहिले नबोल्ने, सधै हाँसिरहने अनि वातावरणलाई नै  हंसिलो बनाउने फूलहरुलाई पनि रुवाउन सक्ने हाम्रा नेता सम्झेर झन् रिस उठ्यो मलाई, तर आफ्नै रगत तताउनु सिवाय मैले गर्न नै के सक्थें र .. ‘नरोओ नानी हो, अब चुनाब आउँदैछ नि, तिमीहरुलाई रुवाउने सबैपार्टीका नेताले आफ्नु चुरीफुरी देखिहाल्छन्’ .. ‘त्यो चुनावपछि त झन् कति जना भ्रष्टहरुको गला सजाउनु पर्नेहो, भन्नु मात्र त हो चुनाव, उठ्ने यिनै होलान्’नेपालीको रगतमैं राजनीति हुन्छ रे भन्थे यी रगतै नहुने फूल नि अलि अलि राजनीति बुझ्दा रछन..अब मैले यिनीहरुलाई भन्ने केहि शब्द पाइन, एकछिन रुन्छन अनि थाक्छन भनेर भित्र पसें. बिहान हुने बित्तिकै सब फूल टिपेर फ्रिजमा राख्छु बरु, फेरी कुन नेता कताजान खोज्छ अनि उसका अरौटे भरौटे मेरा फूल लुट्न आए भने के गर्नु ?   
       

Last year's Deusi

"Did you read the article about female friendly toilets Rabindra Mishra wrote in today's Nagarik ? " I asked when we all met at Keshav dai and Goma bhauju's place last year. Most of the people present there had already read the article and we started talking about it. "मेल फ्रेन्ड्ली ट्वाइलेट त थिएन हाम्रो स्कुलमा, फिमेल फ्रेन्ड्ली" Hari dai said on own his witty way and everyone was adding his/her own story.

  Being lived in USA, our life has been so simplified in terms of such basic necessities. Wherever you go, you will not have to face a problem of not having a toilet or not having water in the toilet or things like that. If we tell the stories we experienced during our childhood to our kids, it will be hard for them to believe on those, if they are born and raised here, and those kids in Nepal, same aged as ours, are still facing the same challenges, same difficulties and same hurdles as we did decades ago. 

'नेताहरुको ढंग र बुद्धी नहोला तर ढंग र बुद्धी दुबै भएको विश्वास गर्ने हामी मध्यम र उच्च वर्गका नेपालीहरूले चाहिँ अधिकांश स्थितिमा आफैं हिरो’ बन्ने बाहेक राष्ट्र निर्माणमा के योगदान पुर्यायौं एक पल्ट सोच्ने कि?'    The first paragraph in that article was enough to touch my heart. That article moved me from my inner self and some fellow NeSA (Nepalese Students Association at University of South Florida) members, we always had some aspiration to do something for the children in Nepal but we were not doing something in actual. On that day, NeSA decided to get united, get united with all the Nepalese community members, raise the fund as much as it can, and send the fund to Nepal to construct some Female friendly toilets in some remote schools in Nepal. We thought to reach to the most remote part of Nepal we can reach to, somewhere in Humla.

 Moreover, even for the fund raising, we did not want to make it just a fund raising program, we wanted to do something more fun, do something which brings our kids in USA one step closer to our culture and do something which just gives us a break from the mundane busy life we have, hence we decided to wait until Tihar, knock on every door of the Nepalese household on the community, sing and dance on our own Deusire song and raise the funds for our cause, savoring the delicious sel rotis and other assortment of rotis and mithais from each house.

 I was not able to join the Deusi troop physically, because I was expecting my baby on December, and going here and there with the Deusi troop could be exhausting for me, but did my best to manage the troop behind the scenes. Our NeSA members with their families and some friends did go to as many Nepalese door steps as they could and collected $1081.00 for the cause. It was a great achievement for us. However, the way of sending every penny to the little children in Nepal was the biggest problem in front of all of us. 

 We even thought about going through some of our own networks. However, none seem to work perfectly, we explored many, but only one seem to fit perfectly on our needs, our goals and our dreams, that was an organization called Help-Nepal Network (HeNN) , established by Mr. Rabindra Mishra, the writer whose influential article gave us the energy to come through this point. 

 None of us knew anyone from HeNN personally, but on today's world knowing people and communicating with them is no big deal at all. We communicated with them and delighted to know that they not only take our money to do our projects of constructing the toilets but also if the funds shortfall took place, HeNN would put the money provided by some other source/donors to complete the project. When we were having the conference call, they indicated that places like Humla being very far from the capital, could be very difficult to administer the projects, and they could be expensive as well. Hence, unless we could appoint someone just to manage the school project, which we could not afford, having a school project in Humla was next to Impossible. 

 After we first talked, HeNN friends did some research too, and they found out that Shree Bishnu Secondary School, located at Gaimudi, Dolakha was in a pretty bad shape.













When we looked at these photos, we had an inner urge to go ahead and help this school. And, we decided to do so. NeSA had total $1500 including every penny it had, and we decided to send it all, for those little children in Dolakha. The money we sent was very little to build the whole school building and the toilets, but HeNN started the project of reconstruction of the school. They started building a toilet and a building with two rooms with the money we sent (the shortfall being met by HeNN). The building construction is not done yet. A two room building for a secondary school, well, that was what we were able to make. The toilet construction is done. I hope no teenage girl has to miss the classes now during her menstrual periods. I hope the children will now learn health and hygiene is as important as education in one's life.


 












I am just thinking how happy we all will be when Rabindra jee sends the confirmation email of the project completion, with the pictures of school building, and the pictures of the happy little children around. I am thinking how much satisfaction will it give, when we fund raise again this year, send money to Nepal and help another school somewhere else, to bring smiles all over on the faces of some other children on some other place of Nepal. 

 (Writer is the founder General Secretary and current  Adviser of NeSA)

रुन सक्दिन म

हिक्का छुट्छ मुटुभित्र, रुन सक्दिन म
मेरो देशका मयलहरु, धुन सक्दिन म

एक ढिक्का हुनुपर्ने देश चिर्ने कुरा गर्छन
जात-भात भन्दै धेरै तल गिर्ने कुरा गर्छन
भड्किएका मान्छेको मन, छुन सक्दिन म
हिक्का छुट्छ मुटुभित्र, रुन सक्दिन म

दाजुभाइ दाजुभाइलाई काट्छु भन्छन अरे
 कोहि त अझ आलो रगत चाटछु भन्छन अरे
 यस्तो सुनी बेफिक्री नी, हुन सक्दिन म
हिक्का छुट्छ मुटुभित्र, रुन सक्दिन म

 सबै हामी नेपाली हौँ भनाइ दिएहुन्थ्यो
 मेरो देशलाई शान्तिभूमि बनाइ दिएहुन्थ्यो
 कसैले त्यो गरे हुन्थ्यो, जुन सक्दिन म
 हिक्का छुट्छ मुटुभित्र रुन सक्दिन म

मेरो देशको तनका मयल, धुन सक्दिन म
मुटुभित्र हिक्का छुट्छ, रुन सक्दिन म !!
हिक्का छुट्छ मुटुभित्र रुन सक्दिन म!!

कविता

बाबु, तिमी ठूलो भएपछि मलाई सोध्लाउ
"आमा ! तिम्रो देश कस्तो छ ?"
म भनुँला
"डाँडा-काँडा, नदी-नालाले भरिएको
झलमल्ल हिमालले सजिएको
एकबाजी आएर घर फर्कन बसन्त भुल्छ जहाँ [1]
हर आँखामा लाली-गुराँस हत्केलामा सुनगाभा फुल्छ जहाँ[2]
सानु छ तर अनमोल मोती जस्तो छ[3]
मेरो प्यारो देश साँच्चै स्वर्ग जस्तो छ "

अनि तिमी मैले वर्णन गरेको देश खोज्दै जाउला
मुटु भरी रहरहरु पाल्दै पोस्दै जाउला
तर,
प्रदूषित भैसकेका नदी-नाला देख्छौ जब
जताततै फोहरै- फोहरमा टेक्छौ जब
सगरमाथाको शिर लज्जाले झुकेको पाउँछौ
प्रत्येक मन पीडाले दुखेको पाउँछौ

तिमी आफ्नी आमाबारे के सोच्लाउ तब
तिमी उसको देशबारे के सोच्लाउ तब

बरु तिमी मलाई कहिले नसोध्नु
"आमा तिम्रो देश कस्तो छ?" भनेर
म सत्य बोल्न सक्दिन
"मेरो देश खोइ कस्तो कस्तो छ" भनेर
म झुटो भन्न सक्दिन
"मेरो देश स्वर्ग जस्तो छ" भनेर!!


[1] : "मेरो देश" - भूपी शेरचन
[२]: "आँखामा लालीगुराँश हत्केलामा सुनगाभा " - मोहन हिमांशु थापा
[३]: "के नेपाल सानो छ ?" - लक्ष्मीप्रसाद देवकोटा

गलत लाग्छ मलाई मेरो देशको इतिहास

'Bhupi' is always the best. I am posting this poem of his, which exactly depicts whatever I am feeling right now.

गलत लाग्छ मलाई मेरो देशको इतिहास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक-दुइ दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास


यो बाटोमा बीचमा माटो खनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका मानिसहरु
यी भूकम्पपीडित मन्दिर

ढल्केका गजूरहरु
यी सालिक बनेर दोबाटोमा
उभिएका हजूरहरु
जब देख्छु म यी सबलाई
सधै त्यहीं सधै उस्तै र
सधै एकनास
तब मलाई गलत लाग्छ
मेरो हुरीको इतिहास
जब म
असङ्ख्य सीताहरुलाई सधै
बाटो-दोबाटोमा,
गल्ली-गल्लीमा,
देश-विदेशमा,
यूक्लिप्टसका रुखझै नङ्ग्याइएको देख्छु
अनि जब देख्छु असङ्ख्य भीमसेन थापाहरुलाई
निस्पन्द, निश्चल, शिथिल, चुपचाप उभिएका
आफ्नो आत्माको गीत मारेर
कल्कीका बोटझै
दुबै हात तल झारेर
तब मलाई गरुँ-गरुँ झै लाग्छ
आफ्नो रगतको उपहास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक-दुइ दिन बसेर
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
सुन्छु अमरसिंह काँगडासम्म बढेको कुरा
सुन्छु तेन्जिङले सगरमाथा चढेको कुरा
सुन्छु बुद्धले धरामा शान्तिको बीउ छरेको कुरा
सुन्छु अर्निकोको कलाले विश्व-मन हरेको कुरा
सुन्छु सधै सुन्छु र केवल सुन्छु
तर मलाइ हुँदैन विश्वास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक-दुइ दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास ।
(२०१७-चिराक) via http://onlinesahitya.com/node/191

आलो-पालो खाउँ अब

लिप्साको हद हुन्छ भने, त्यसलाई नाघी जाउँ अब
आउ तिमी-हामी मिली आलो-पालो खाउँ अब!!

तिम्रा-हाम्रा भाइ-साला जी.यम., सी.यम बन्नुपर्छ
अब मिलौं, हामी मिली नोट नयाँ गन्नु पर्छ
सबले चिने केका लागि राख्नु छ र नाउँ अब
आउ तिमी-हामी मिली आलो-पालो खाउँ अब!!

किरा परोस् भन्दै अब सराप्न पो थालिसके
जनताले हाम्रो विरोध गर्न आगो बालिसके
नपाइन सक्छ भोली नहेरौं है ठाउँ अब
आउ तिमी-हामी मिली आलो-पालो खाउँ अब !!

लिप्साको हद हुन्छ भने, त्यसलाई नाघी जाउँ अब
आउ तिमी-हामी मिली आलो-पालो खाउँ अब!!

Helping Nepal from the foreign land

When I had just come to USA, in 2008, we had been to a party, party hosted by some Nepalese friends. There my husband was constantly talking to a skinny gentleman, I did not know. On the way back home, I asked to my husband about that gentleman and he said – “his name is Hemu Adhikari, he has been serving the school he went to, in Chitwan”. “How is that?” I asked. “He has collected the books from various sources here, he is going to ship them to the school and distribute those to the children”. I was so happy to hear a man being so thoughtful and generous about a school in Nepal, but I was wondering how expensive would the shipping charge be, and how would the kids in rural Nepal like the English books. I thought it would have been better if he had collected the money instead of books, and buy books in Nepal.

Later, Mr. Adhikari became our family friend, and I now call him “Hemu Dai”. He spent more than $2000, in shipping the books and visited Nepal to distribute the books. When he came back, he had so many stories to share with us. Stories that made my eyes moist, every time he told. He figured out that sending books that way would be more expensive and less useful. He figured out that, the children who do not even have proper uniforms to wear, proper school supplies to use, and even a meal a day to eat, care less about those colorful books. Then he registered an organization called Books4Nepal, and started working not only for the school he went to but for the more rural schools. It was like a story for us when he said that he just stayed at his house for some days, did not go to any of his relatives, and stayed at the Chepang villages for weeks. He had so touching photos to share, photos of the people, who had to depend on corns for six months, and had no option to eat for the other six months. Photos of one of the students in the school, who did not come in front of the new people, because he had nothing to wear but a tattered pair of half-pants, and that was how he used to come to school every day. Those people, those moments inspire him more and later he started school supplies and meal program in the schools. The children now have a proper school uniform to wear, proper notebooks and pencils to use, and tummy-full of lunch to eat. Hemu dai says – “I may not do anything to change the world, change the nation, but I can make change in one life”, and that touches my heart.
Later, he met Mr. Robert Rowen. He became an integral part in fundraisings and all, to push Hemu dai’s effort more. They then started a new organization “Global Action Coalition Nepal”. Mr. Rowen and his team have very nice ideas of fundraising. They are now contacting schools in Tampa, to make the American students help the students at Nepal. Mr. Rowen has already been to Nepal twice, and they have been serving five schools at Chitwan and Gulmi.

Yesterday, there was a “Nepalese New Year” program organized by Global Action Coalition Nepal. We had been to the programs organized by this organization every now and then, but this one was a special one. They had art-works made by rural Nepali children on sale. There I met some people with the heart of gems, like Mr. Rowen and Hemu dai. I met a little girl Tylor, who designed a t-shirt with the artwork done by one of the Nepali children.
She was fund raising for those kids, selling the t-shirts. There was a sixth grader called Jack, who said something which made my eyes moist again. I do not remember everything he said (I should have noted :( ). But, it was something like – “After knowing about the children in Nepal, I feel so guilty today, for taking so many things for granted. I want to do something for the kids, which lasts with them not for a week, not for a month, not even for a year, but for their lifetime. I want to give them education”. He and his teacher handed a check of $758.06, collected by and from the school students.


I felt so guilty, after meeting all those wonderful people doing so much for my beloved country, and I being belonged to the country myself, cannot be able to do anything. I would like to thank all of them, for being so generous. There were two Nepali girls in the event yesterday, I asked them-“If they can, why can’t you start these kinds of projects in your schools?” They replied-“We know about it, we want to do, but you know our parents, right?” I had nothing to answer. If I were a parent, even I would do the same, I would have to give the kids, the American lifestyle, on limited budget, and I would also be hesitant to encourage them to do the fund raisings, and donations. :(

I met a very interesting guy, a Yoga teacher, over there, wearing a long Buddhist “mala”. He went to Nepal last year, and has been planning to go again with some of his friends. He not only wants to go there and visit there, but he wants to live there for the rest of his life. When I asked him “What did you like the most when you visited?” he answered – “Oh Everything, Nepal is the best place for people like me to practice Dharma. And it’s a beautiful, peaceful, very natural country” Smugly I asked-“And what was the thing you dislike the most?” He said-“There is nothing, I felt Kathmandu city little bit more polluted and I was scared of the stray dogs here and there, other than that, there is nothing”. I wondered, if I had asked the same two questions to a Nepalese person, what s/he would answer. Can you tell me what the answer would be?



शंकर लामिछाने - एब्स्ट्राक्ट चिन्तन : प्याज

Another masterpiece. It's not even in pustakalaya.org. I hope I am not violating someone's right by posting it here. I did not see anything as "copyright". If there is one, please let me know and I will remove this post.


Shankar Lamichhane - Abstract Chintan Pyaj