Wednesday, November 18, 2009

नेपाल ठुलो कहाँ छ ?

धर्म भन्दै बली दिन्छन यहाँ गढिमाइमा
माया छैन दिदिबहिनी अनी दाजुभाइमा
जताततै हत्या, हिंसा, लुटपाट जहाँ छ
तिमी भन देवकोटा नेपाल ठुलो कहाँ छ

नेताहरु यहाँ नौला नौला लिला गर्छन्
कुरा ठुला ठुला गर्छन् काम ढिला गर्छन्
अराजकता, अब्यब्यस्था, अशान्ति त जहाँ छ
तिमी भन देवकोटा नेपाल ठुलो कहाँ छ

हेलेन केलर गाउँदिनन् यहाँ वनै छैन
गाइनेलाई रानीबनै गाउने मनै छैन
सँस्कार कोची हाँडिभित्र देखसिकी मात्र यहाँ छ
तिमी भन देवकोटा नेपाल ठुलो कहाँ छ

Saturday, November 14, 2009

गजल


-सुमन घिमिरे

औसी रातको के, पूर्णिमाको बात गर
छुट्टिदाको के , सगै हुँदाको बात गर

आखा जुधाई लजाएर, निहुरिएको के कुरा
अगालोमा बाधिएर, छुदाको बात गर

जानी जानी नबोलेको,त्यो रातको के कुरा
बोल्दा बोल्दै रिसाएर, रुदाको बात गर

तिमी बिना मरिहाल्छु ,भनिएका के कुरा
एक्ला एक्लई जिन्दगी, जिउदाको बात गर

सम्झनामा नअटेका, बिगतको के कुरा
टिपिएका मायाका, बुदाको बात गर ।

Wednesday, August 26, 2009

ट्याम्पामा तीज

आफ्नो प्यारो देशबाट भौगोलिक रुपमा जतिसुकै टाढा भएपनि आफ्ना चाड-बाड, आफ्ना संस्कृति, आफ्ना चलन मान्न सकिन्छ भन्ने कुरो हामी नेपालीले नेपालबाहिर बसेर बेला बेलामा मनाउने चाड-पर्वका कार्यक्रमबाट पुष्टि भएकै छ । नेपालमा हुँदा भन्दा नेपाल बाहिर गएपछि देशको र रिती-रिवाजको माया बढी लाग्दो रहेछ, शायद त्यसैले भन्छन् कहिलेकाही दूरीले पनि माया बढाउने काम गर्छ भनेर ।

यसै क्रममा यसपालिपनि समस्त हिन्दू नेपाली महिलाहरुको महान् चाड तीज संयुक्त राज्य अमेरिकाको फ्लोरिडा स्थित ट्याम्पामा भव्यता साथ मनाइएको छ । देवघाट गलेस्वर आश्रमका श्री १००८ स्वामी आत्मानन्द गिरी महाराजको उपस्थितिमा विधी पूर्वक पूजा अर्चना सम्पन्न भएको थियो । कार्यक्रममा ट्याम्पा क्षेत्रमा बसोबास गर्दै आएका अधिकांश नेपाली महिलाको सहभागिता रहेको थियो । पूजा पछिको प्रवचन कार्यक्रममा स्वामी महाराजले गौरी पूजा (तीज) को महत्वका बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रमको आयोजना अन्य नेपालीको सहयोगमा पुनम घिमिरे रिसालले गर्नु भएको थियो ।

त्यसै कार्यक्रमका केही झलक :


 
 

Sunday, August 16, 2009

आज फेरि...

आज फेरि त्यही घरको दैलो मैले टेकें
सपनीमा आज फेरि त्यही देश देखें

झलमल्ल हिमालले आभा छर्दै थिए
छहरा-छांगा प्रकृतिमा सुर भर्दै थिए
"सुन्दरता" लेख्न खोज्दा "नेपाल" मैले लेखें
सपनीमा आज फेरि त्यही देश देखें

साना-साना मन्दिरमा नि देवताको वास थियो
उनलाई खुशी बनाउने भक्तहरुको आश थियो
"शान्ती" माग्दै आरतीमा आँखा मैले सेकें
सपनीमा आज फेरि त्यही देश देखें

आज फेरि आफ्नै घरको दैलो मैले टेकें
सपनीमा आज फेरि त्यही देश देखें

सपनीमा आज फेरि त्यही देश देखें।।

Friday, June 5, 2009

:(

उच्च शिक्षा लिन भनी टाढा टाढा गएपनि
भविश्यमा केही बन्न परदेशी भए पनि
पौरख गर्ने तागत हुँदै घर फर्कि आउनु भन्थ्यौ
चर्किएका दलिन टाल्नु, चुहुने छानु छाउनु भन्थ्यौ

लाग्छ अब तिम्रो इच्छा पुरा गर्न सक्दिन म
आमा अहिले आफ्नो घर फर्कि आउन सक्दिन म

हाम्रो घर बेच्नु पर्छ भन्दै छन् रे दाइहरु
विदेशिनै लाग्या छन् रे त्यहाँ भाका भाइहरु
दिदी-बहिनी डराएर कता कुना पस्या छन् रे
छिमेकीका चौकीदार पो आँगनमा बस्या छन् रे

आफ्नै घरमा उसको खटन सहन नै सक्दिन म
आमा अहिले आफ्नो घर फर्कि आउन सक्दिन म

पुग्छ

देश जाओस् भड्खालैमा, सत्ता पाए पुग्छ
काम गर्नु छैन मलाई भत्ता पाए पुग्छ

नेपालीको सेबा गर्न मलाई के खाँचो ?
जसको सिमा जल्ले मिचोस्, मलाई के चासो ?
आफ्ना मान्छे पदमा जता-तत्ता पाए पुग्छ
देश जाओस् भड्खालैमा, सत्ता पाए पुग्छ

मरे अरे गरीबहरु, मेरो ठेक्का हो र ?
बेचिए रे चेली, मलाई किन हेक्का भो र?
नाङ्गिउन् अरु मलाई नाना लत्ता पाए पुग्छ
देश जाओस् भड्खालैमा, सत्ता पाए पुग्छ

रुने सबै रोइरहुन्, म त हाँसेकै छु
मर्ने मरुन्, आनन्दले म त बाँचेकै छु
जहिले जहाँ जसरी नि सत्ता पाए पुग्छ
भिन्न भिन्न शिर्षकमा भत्ता पाए पुग्छ

देश जाओस् भड्खालैमा, सत्ता पाए पुग्छ
काम गर्नु छैन मलाई भत्ता पाए पुग्छ

Saturday, May 23, 2009

रहन्न कि

संसारमा मेरो कतै अवशेषै रहन्न कि
विश्व-मानचित्र माझ मेरो देशै रहन्न कि

सारंङ्गीले नेपालको भाका गाउन छोड्योहोला
मीठो बोल्दै कोइलीले प्रित लाउन छोड्योहोला
अब मेरो कलमले नि नेपाल नाम कहन्न कि
विश्व-मानचित्र माझ मेरो देशै रहन्न कि

हत्या हिंसा जताततै सुख शान्ती छैन कहिं
हतास हतास मुहारमा कुनै कान्ति छैन कहिं
देश प्रेममा पग्लिएर आँशु अब बहन्न कि
विश्व-मानचित्र माझ मेरो देशै रहन्न कि

दुनियाँले नेपाललाई नेपालीलाई सहन्न कि
विश्व-मानचित्र माझ मेरो देशै रहन्न कि !!!!

Monday, April 27, 2009

किन टाढा भाग्यौ ?

किन टाढा भाग्यौ ?



म समुद्र हुदा
तिमी माछा भएर आएकी थियौ
म आइफल टावर चड्डा
तिमी मनोरम दृष्य बनेर आएकी थियौ
केवल कार चडडैंं
म यूरोपको हिँउमा खेल्दा
तिमी हिम वर्षा र चिसो हावा बनी
स्पर्ष गर्न आएकी थियौं
म गगन चुम्बी शहरहरुमा
उल्लाशमय दिनहरु विताउँदा
तिमी छायाँ बनेर आएकी थियौ
कहिले नछुटिने वाचा गर्दै
तर

दिनको चर्को घाममा
आफनै पैतालोमा ठेला उठाउदै
सगरमाथाको हिऊँ खेल्न
महाभारतको उकाली चड्दा
तिमो छाया त कता विलायो
एक तिर्खाएकॊ बटुवालाई
पानी दिने पराई बन्न पनि आइनौ
पसिनाले टोपी भिजाउँदै
ठेला परेका हातले मौलिक सृजना गर्दा
पौरख गर
म सृजनालाई माया गर्ने
उर्वर धर्ती हुँ भन्ने
आईमाई बन्न पनि आईनौ ।




प्रकाशोन्मुख कविता सङग्रह "मेरो बैस को क्यालेण्डर" वाट साभार

Thursday, April 23, 2009

दीपशिखा

"काठमाण्डौ,काठमाण्डौ" ल छुट्नै लाग्यो । एउटा सिट खाली छ,भन्दै परिचारकले घाटी सुक्ने गरी फुक्दै थियो ।मलाई लाग्यो बरु यही कुरालाई टेप रेकर्ड गरेर प्ले गरेको भए विचरालाई सुबिधा त हुने थियो । " ए दाई के सोच्नु भएको ?" भन्दै उस्ले मलाई फेरी बोलायो । ल बसी हाल्नुस भनेर उस्ले मलाई एउटा सानो सिटमा बसाई हाल्यो ।

नारायणघाट वाट छुटेको त्यो माईक्रो रामनगर सम्म आईपुग्दा आफ्नो गती लिई सकेको थियो । माईक्रोमा को को सवार छन त्यो मलाई पत्तै थिएन । अचानक माईक्रोमा एउटी २२ - २३ वर्षकी युवतिलाई देखे । मेरो आखा उनी मा गएर अडियो । उनीले पनि मलाई नै हेरी रहेकी थिई । उनी पनि हासिन मात्र, म पनि हासे मात्र ।

लगभग एक घण्टाको यत्रा पछी माईक्रो मुग्लिनमा रोकियो । एक जना यात्रु झरे । उनी नजिक को सिट खाली भयो । मलाई बसी रेहेको ठाउ पनि अप्ठ्यारो भएको थियो, सोचे, त्यो सिट्मा गएर बस्छु । उनीलाई सोधे " के म यहाँ बस्न सक्छु " , उनले भनिन "अव्ष्यै " ।

माईक्रो कुरिनटार पुग्द नपुग्दै केबल कार देखिन थाल्यो । केबल कार गेट आउन साथ उनले मनकामनालाई सम्झदै दर्शन गरिन । अचानक मैले उनीलाई सोधे " तपाई भागवानलाई असाध्यै मान्नु हुन्छ कि क्या हो ? उनले भनिन "अ" । उनको प्रतिप्रश्न आउनु अगावै मैले भने " म त मन्दिन" ।

किन ?उनले प्रश्न गरिन ।

मन्दिरमा गएर भेटी चढाउनु भन्दा ,दिनदुखी लाई सहयोग गर्द मेरो मनमा प्रशन्नता आउछ मैले भने । कुरा मोडियो,केहि बेर गाडी मलेखु मा रोकियो खाना खान को लागि । उनी म सँग सगै आयिन । खाना खादै गर्दा एउटा अपाङ्ग बालक तिर मेरो आँखा गयो । मैले उनीलाई सोधे " के भएको त्यो बालक लाई?

उनी लाई पनि थाहा थिएन । हतार हतार खाना सिद्दाएर उनी र म त्यो बालक नजिक गएम । मैले सोधे " तिम्रो घर कहाँ हो ?" र एस्तो कसरी भयो ?" । उसले आफ्नो बाबु आमा माओवादी को कार्वाहीमा मारिएको र आफु पनि त्यही घटनामा अपाङ्ग भएको बतायो । दु:ख लाग्यो माओवादी को युद्धले कती निर्दोश बलबालिकाहरु मार मा परेका छन । विचरा बाबु आमा
भइदिएको भये अहिले एसरी मग्दै त हिंड्ने थिएन होला ? यो समय त्यो बालक कुनै बिद्यालयमा पढि रहेको हुने थियो होला । मैले एस्तै एस्तै कल्पना गरे ।

ल ल चाडै आउनुस् , चाडै आउनुस् भन्दै फेरी त्यो परिचारक ले माईक्रो हिंड्न लागेको सन्केत दिलायो । मन भरी पिडा राखी त्यो बालक लाई हात मा ५० रुपैया राखी दिए । लाग्यो मैले अझै उसलाई माग्ने बनाएको छु हात मा पैसा ठम्माएर । खेर जे होस् उस्को पिडालाई केही समयको लागि भये पनि हलुको पारीदिएको मा ।

माईक्रो मा फेरी म उनी सगै बसे । हामी साथी बनी सकेका थिएम । म उनी लाई तपाईं भनेर सम्बोधन गर्दथे । उनी लजाएर तिमी भन्न मलाई अनुरोध गर्दथिन ।

उनको मोबाईल बज्यो । हेल्लो हेल्लो भन्दै थि । आवाज सुनिएन छ क्या रे ? फोन काटिन । मैले सोधे , के भो ? टिपेन र ? हो दाई यहाँ यस्तै छ । फोन मा राम्रो सँग कुरा गर्न पाउनु पनि ठुलै कुरा हुन्छ ।
फेरी घन्टी बज्यो । कसैले सोध्यो " मलेखु कटी सकेको हो ?" , उनीले हो भन्दै थि । "त्यहाँ एउटा माग्ने बच्चा लाई गाडी ले हानेर मार्देछ , त्यसैले त्यहा यातायात बन्द भएको छ ",मैले त्यो सन्देश सुने ।
मैले उनी लाई सोधे " कसले फोन गरेको , के भये छ ? " उनी ले ए नौबिसे मा बाटो बन्द गरेछन , हामी कटियो , ठिकै भयो ।

त्यो बाटो अब कती खेर खुल्ने हो, धेरैले दु:ख पाउने भये भन्दा पनि मलाई त्यो मर्ने केटा अघी मैले पैसा दिएको केटा त थिएन भनेर मन मा चिसो पस्यो । लाग्यो कतै मैले दिएको पैसाले केही समान किन्छु भनेर बाटो
काट्दा कतै गाडी ले त हानेन ? सोच्दा सोच्दै म त निदाएछु ।

उनीले मलाई घचघचाइन । माईक्रो नौबिसे पुगी सकेको थियो । रात पारी सकेको थियो । दाँया बाँया टुकी र मैन बत्ती मात्र बलेको देखिन्थ्यो । मैले उनी लाई सोधे आज " लोड शेडिङ् हो " ? उनी हाँस्दै मलाई भनिन " लोड शेडिङ् कहिले होइन भनेर सोद्ध्नुस् न " किन मैले प्रश्न गरे , उनी ले भनिन , " अहिले दिन को १६ घण्टा बत्ती जान्छ। ए हो र ? म एक छिन त दङ परे ।

मैले उनिलाई सोधे " बत्ती नभएर दैनिक जीवनमा केही असर पर्दैन र ? उनी हाँस्दै भनिन किन नपर्नु , धेरै पर्छ । समय मा पढ्न पाइन्न , टि.भी , ईन्टरनेट ,अफिसिअल काम गर्न पाइन्न , चोरी बडेको छ , । उनी मोबाईल देखाउदै भन्दै थीई , कहिले कहिले त एस लाई पनि चार्ज्गर्ने बत्ती पुग्दैन। यस्तै कुरा गर्दा गर्दै हामी त कलंकी पो पुगी सकेछम ।

कलंकी को जाम त सुनेकै थिए तर आज एकदमै लामो गाडी को लाम देखे । उनी लाई सोधे " किन एत्रो बिधी लाइन ?" , उनी ले भनिन त्यो त पेट्रोल को लागि पो लाइन । धन्य छ नेपाली जनता जे कुरालाई पनि सहएर बसेका छन। नेपाल मा जे को पनि छ र छैन हुदो रहेछ । "लाइन छ बत्ती छैन", "पाइप छ पानी छैन" , "बाटो छ खुलेको छैन", "मोबाईल छ नेट्वोर्क छैन" ।

जामलाई पार गर्दै गाडी कलंकी को एउटा कुनामा रोकियो । सबै घर जान आतुर थिए। त्यस मध्य एक उनी पनि थिइन । के बिर्सेंको के बिर्सेंको जस्तो लाग्यो । मैले त उन्को नाम नै सोध्न बिर्सेंको रहेछु । उनी हिंड्न लाग्दै थिइन , मैले सोधे ए तिम्रो नाम के हो ? उनी ठुलो स्वर्मा भन्दै थिइन दीपशिखा ।

Saturday, April 11, 2009

नयाँ वर्ष तिमी

नयाँ वर्ष तिमी यसपालि
बाढी पहिरो लिई नआउनु है
कुनै पनि नेपालीका घर-दैलामा
दु:खको ओइरो लिई नआउनु है

तिमी आउनु चर्को गर्मी पछिको
शीतल झरी बनेर
सबै नेपालीका मनहरुमा
माया भरि भरि बनेर
बिन्ती छ नयाँ वर्ष यसपालि
तिमी बन्द बनेर नआउनु है
काठमाडौंका गल्लीमा सडेका
फोहरको गन्ध बनेर नआउनु है
बरु सगरमाथाको शीतलता बोकेको
हावामा शान्त सुवास बनी आउनु
अनि हाम्रो समाजमा प्रगतिको,
उन्नति र विकासको आभास बनी आउनु
विनम्र अनिरोध छ नयाँ वर्ष
तिमी पीडा बनेर नआउनु है
नेपालीले नेपालीलाई गर्दै आएको
घृणा बनेर नआउनु है
मान्छेबीच जातपातको खाडल नहोस्
त्यस्तो सद्भाव बनी आउनु
नेपालको मुहारै फेरियोस् नयाँ वर्ष
त्यस्तो दैवी प्रभाव बनी आउनु

बिन्ती छ नयाँ वर्ष यसपाली तिमी
राम्रो दैवी प्रभाव बनी आउनु!!

Thursday, March 12, 2009

बन्द गर

घुसखोरी बन्द गर, भ्रष्टाचार बन्द गर
मान्छेमाथि हुने नाना अत्याचार बन्द गर
सँधै खुल्नु पर्ने देश, बन्द गर्छु भन्छौ किन
बरु सके नेपालीका दु:ख, दर्द बन्द गर

नेपाल नेपाल रहे हुन्छ, स्वीट्जरल्यान्ड त चाहिंदैन
मेलम्ची पो ल्याउँछु भन्थ्यौ, मुख धुनै यहाँ पाइँदैन
वजन नभएका ती फोस्रा गफ बन्द गर
हुति भए अन्धविश्वास, कुरीतिलाई बन्द गर

एकै ढिक्का नेपाल हाम्रो, चिर्छु तिमी नभन है
पीडित हामीलाई अझ, पिर्छु तिमी नभन है
सक्छौ भने सिमा मिचाइ, अतिक्रमण बन्द गर
नेपाल अब खुल्नु पर्छ, बन्द भन्न बन्द गर

नेपाल अब खुल्नु पर्छ, बन्द भन्न बन्द गर
बन्द भन्न बन्द गर

Tuesday, February 3, 2009

आमा

छन्दको राम्रो knowledge त छैन मलाई, तर एउटा छन्दमा भएको कविता अति नै मनपर्छ , ( यो छन्द कुन हो पनि थाह छैन मलाई) !! यो कविता मैले सानै देखि सुन्दै आएकी हुँ, पहिले स्कुलको course मा नै थियो रे, तर मेरो पालामा थिएन, वास्तवमा मैले यो कविता कतै प्रकाशित भएको पढ्न पाएकी छैन, सुनेको भरमा कन्ठ पारेकी छु !
यस कविताका रचयिता कृष्णप्रसाद भट्टराई हुनुहुन्छ, उहाँले लेखेका अरु दुइ तीनवटा कविता पढेकी छु मैले, अति नै मीठो लेख्नुहुन्छ उहाँ; यो भन्दा बढी कविकाबारेमा मलाई केही थाह पनि छैन तर उहाँको यो "आमा" शिर्षकको कविता भने मलाई जिन्दगीमैं सुनेका कविताहरु मध्ये सबै भन्दा प्यारो लाग्छ !!

मेरो वाचनमा धेरै कमी कमजोरीहरु हुनसक्छन्, आफैंले सुनेको भरमा कण्ठ पारेको भरमा वाचन गरेको हुंदा शब्दमा पनि त्रुटिहरु हुनसक्छन्, ती त्रुटिहरु औंल्याइदिएर मलाई सुधार गर्ने मौका दिनुभएमा म आभारी हुने थिएं ।




P.S:"झिकेर मुटुको टुक्रा,आँखा भित्र अटाउँछिन्" हुनुपर्नेमा अन्यथा भएकोमा क्षमा प्रार्थी छु !! :-(

Sunday, February 1, 2009

एउटा शासक ढल्यो आज......

सरस्वती पूजाको दिन नेपाली साहित्य विकास परिषद वेलायतको सहआयोजना र अनलाइन नेपाली साहित्य मंचको आयोजनामा गतबर्ष झै अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६५ सम्पन्न भयो !! यो कविता प्रतियोगितामा यसपालि भनें मैले पनि भाग लिएं :-) ।

video

If you like this poem, please vote for me at http://sahityaghar.com/2065/9p1.html . The eighth one is mine.
Thanks,
Sadhana

Monday, January 26, 2009

मृत्यूले दुखाएको मन


मृत्यूले दुखाएको मन
नम्रता गुरागाईं,
मोरंग हाल नेब्रास्का
( This write-up is written in the loving memory of my grand-father Late. Pandit Dharani Dhar Guragain )

जुलाइ १७, २००८ विहीबार विहान सधैजस्तो चिया खाएर कम्प्युटरमा इमेल हेर्दै थिएं। श्रीमानजी अफिस गैसक्नुभएको थियो। केटाकेटी ब्रेकफास्ट खाएर कार्टुन हेर्दै थिए। सधै उनिहरुलाइ आधाघण्टा जति पढन, लेख्न राख्ने गरेकोले आज पनि त्यसैलाइ निरन्तरता दिन खोजिरहेकी थिएं। उनिहरुलाइ चिप्स मन पर्ने भएकोले मैले पनि चिप्स दिएर पढन बसाउने बानी गरेकी थिएं। चिप्स खान मन लागेर पनि उनिहरुअब पढने बेला भयो मामुभन्थे। पनि यहि बेला हो केही सिकाउने भनेर अलि अलि नेपाली, अंग्रेजी म्याथ सिकाउथे। नभन्दै नानी अंग्रेजी राम्ररी नै पढन लेख्न सक्ने भइ साथसाथै नेपाली सामान्य वाक्यहरु पनि राम्रैसंग लेख्न लेखेको कुरा पढन सक्ने भएकी छे। बाबु पनि हामी सबैको नाम लगायत १५, २० वटा शब्दहरु आफै लेख्छ नेपालीमा। केटाकेटीलाइ पढन बस्नलाइ बोलाउदै थिएं। फोनको घण्टी बज्यो किरिरिंग..................किरिरिंग....... कसले फोन गर्यो भनेर हतार हतार उठाउन गएं। साधनाले गरेकी रहिछे।दिदी सुन्नुभो ......एउटा ब्याड न्यूज?” उसले एकै सासमा भनी। हतासिएर मैलेके अहं मैले सुनेको छैन के भयो भन्नभने। उसलेतिनपैनीमा हाम्रो हजुरबा बित्नु भएछ ............ ” भनी। उसले फेरी थपि कलेज जांदैछु , फोन नै लागेन घरमा, डयाडी ममी जानुभैसकेछ , मलाइ दिन जुठो लाग्छ रे खंगरंग भएं। फोन हातबाट खस्यो। भुइमा बसेर मैले संझनामा राखेको ठुलाबाका पानाहरु पल्टाउन थाले। उसको आफनै हजुरबा उसलाइ पीर पर्यो नै होला तर उसलाइ भन्दा धेरै नै पीर परेजस्तो लाग्यो मलाइ किनकि काठमाडौमा नै जन्मिइ, हुर्कीइ। उसले हजुरबा हजुरआमासंग बस्ने मौका पनि पाइन बसाइको कारणले। पढाइ सकिएपछि काम गर्न थाली झन उसलाइ फुर्संद कति भयो होला र। अहिले विवाह भएर यो अमेरिकाको ल्फोरिडा राज्यमा आफनो श्रीमानका साथ बस्छे अब झन फोनमा संचो विसंचो सोध्ने बाहेक के हुन सक्छ तर त्यही माटोमा जन्मिए, त्यही धुलोमा लडिबडी गर्दै हुर्किएं जहा ठुलाबाले गीत गाउदै वारी पारी गर्नु हुन्थ्यो। वहाका दुइवटी श्रीमती अर्थात मेरा दुइवटी ठुलीआमाहरु हुनुहुन्छ। सायद जेठीसंग विवाह घरको आवश्यक्ताले गर्नु भयो होला कान्छीसंग रहरले गर्नुभयो होला। दुइपटीका गरेर वहाँका एक दर्जन छोराछोरी मेरा दाजु दिदीहरु हुनुहुन्छ सबैजना। वहाँका दुइटा घरलाइ एउटा सानो खोलाले छुटयाएको थियो। अहिले वहाँहरु पनि वारी नै वस्नुहुन्छ तर जतिखेर घरमा थिए ठुलाबा बस्ने घर चाहि पारी थियो। खोलामा सानो एउटा काठको पुल थियो। वारी पारी गर्दा त्यो पुल हल्लिएर सधै लडिएलाकि जस्तो गरेर हामी तर्थ्यौ। मैले पढने गरेको स्कूल ज्योति नि.मा.वि. हाम्रो घर नजिकै भएकोले वहाको पारी घरको बाटो नै जान्थे धेरैजसो छोटो भएर। हातमा किताब बोकेर पुल वारी पारी गर्दा मैले भेटिरहन्थे ठुलाबालाइ। भेटदाछोरी स्कूल हिडिसभन्नुहुन्थ्यो।यो ठुली भइसकि हेर्दा हेर्दैभन्नुहुन्थ्यो। मलाइ पनि ठुली भनिदिएले साच्चै ठुली भएछुकि जस्तो लाग्थ्यो आफूलाइ। गजक्क पथर्ंे ठुली भनेको सुनेर। हाम्रो पनि अलिकति खेत पारी भएकोले खेतमा जान पनि हामीलाइ त्यो पुल तरिरहनु पर्थ्यो। कहिले पुलमा नै कहिले पुल तरिसकेपछि भेटथे वहाँलाइ। भेटने वित्तिकै हातमा किताब नदेख्दाकान्छिछोरी खेतमा हिडिस आज धेरै काम गर्छे कि क्या हो यसलेभनेर जिस्क्याउनुहुन्थ्यो। गर्न कति गर्थे होला मैले काम तर ठुलाबाले सधैं जिस्क्याउनुहुन्थयो। बिहान पारी खाना खानुहुन्थ्यो बेलुका वारी। जब मैले कक्षा पास गरंे त्यसपछि मलाइ अर्कै स्कूल जानुपर्यो। त्यो स्कूल पुग्न घरबाट ४५ मिनेट जति हिडनु पर्थ्यो। त्यसपछि चाहि कि वहाँको पारीघर जान कि खेतमा जान मात्र पुल वारी पारी गर्थें म। अहिले अमेरिकाको एउटा घरको भुइमा बसेर संझनामा राखेको ठुलाबाको विगत खोतल्न लागिराखेकी छु। बुवा ठुलाबा सानो हुदा असाध्य रमाइलो गर्नु हुन्थ्यो। जहिले पनि हाम्रो गाइ दुहुने बेलामा प्रायजसो विहान बेलुका नै ठुलाबा आउनुहुन्थ्यो। खै कुरा के गर्नु हुन्थ्यो संझन सक्तिन तर वहाहरु गफ गरेर मरीमरी हाँस्नुहुन्थ्यो। दशैको किनमेलदेखि लिएर मौसम अनुसारको खानेकुरा किन्न हिडिराख्नु हुन्थ्यो वहाँहरु। किनमेल गर्न दाजुभाइ संगै जानुहुन्थ्यो। सामान किन्न धेरैजसो धरान जानुहुन्थ्यो। धरानबाट कहिले ुसुन्तलाको बेारा कहिले भुइकटहरको बोरा, कहिले आंपको बोरा कहिले पहाडे साग मुलाकेा भारी लिएर घर आउनु हुन्थ्यो। सायद त्यतिखेर होलसेल किनबेच गर्ने ठाउ धरान नै भएको हुनुपर्छ। एक पल्ट सान्दाजुले भुइकटहर काट्दा काट्दै खान हतार परेर मागेर खाँदा मैले आँखासुद्दै खाएकोले कोक्याएर मुख पपरपराएको अहिले जस्तो लाग्छ मलाइ। अग्लो मान्छे, चेप्टो, शरीर, सुकिलो लुगा लाएर चिटिक्क परेर गीत गाउँदै गाउँदै हिडनु पर्थ्यो ठुलाबालाई। वहाँले धेरैजसो गाउने गीतधुरु धुरु नरोउ आमा तिम्रो पालो आइपुग्यो अब हुन्थ्यो। कहिले कान्छा ठटटैमा यो बैंस जान लाग्यो.......... ” भन्दै वारी पारी गर्नु हुन्थ्यो। हामी हास्थ्यौ मरीमरी गीत गाएको सुनेर। अझ हामीलाइ देख्नुभयो भने अरु पनि गीत गाउँनुहुन्थ्यो। त्यसो मेरो बुवा पनि कहाँ गीत नगाउने हो र। वहाँ पनि कान्छा....., सिरीमा सिरी नी कान्छा बतासै चल्यो......., द्यौराली उकाली चढेर.. विजयपुर खोला तरेर कान्छीलाइ बोलाउदा बोल्दिन....... ” मज्जाले नै गाउनुहुन्थ्यो। हामी मज्जाले आनन्द लिन्थ्यौं दाजुभाइको गीत सुनेर। हाम्रा त्यहाँ शुरुमा चारओटा घर मात्र थिए ठुलाबाका दुइटा , हाम्रो काकाको। वरीपरी त्यहाँ हाम्रो मात्रै घर भएकोले सबैले गुरागाईं टोल भन्थे। हाम्रो आमा बुवालाइ ठुलाबाका छोराछोरीले काका काकी भनेकाले अझैसम्म भर्खर जन्मेकादेखि लिएर बुढासम्म सबैले वहाँहरुलाइ काका काकी भन्छन। गाउकै काका काकी हाम्रा आमा बुवाहरु हुनुभएको अहिलेसम्म। आमा मावल गएर आएपछि ठुलाबा हाम्रो घरमा आउनुहुन्थ्यो।काकी के ल्यायौ माइतबाटभन्नु हुन्थ्यो। आमा पनि हतार हतार सारी टाउकोमा हाल्दै पिरा ओछ्याइ दिनुहुन्थ्यो। बुवा ठुलाबालाइ माइतबाट ल्याएको कोशेली स्वरुप कुराउनी चिउरा, बदम के के ल्याउनु भएको खान दिनुहुन्थ्यो। वहाँहरु दुबैजना मिठो मानी मानी पहाडको कोशेली खानुहुन्थ्यो। कोशेली जस्तै मिठा मिठा पहाडका गफमा धनकुटालाइ धेरै फेरो मार्नुहुन्थ्यो। आमालाइ माइतको हालखबर सोध्नुहुन्थ्यो। हिडने बेलामा आमाले एउटा सानो आरीमा छुटयाइदिएको अलिकति डुकु, कागती, कांक्रो मुला लिएर खुशी हुँदै घर जानु हुन्थ्यो। नयाँ खानेकरा अरुलाइ पनि दिने तर आफ्नो हातले मात्र बाडन पाउन पर्थ्यो वहालाई। त्यसैले अरु छोराछोरीलाईयो खानेकुरा छोयौ भने काट्छुनी मलाइ काकीले पठाएदिएकोभन्नुहुन्थ्यो। ठुलाबालाइ माछा धेरै मन पर्ने भएकोले घरमा माछा पकाएको दिन बुवाले बोलाउनु हुन्थ्यो। हामी पनि कहिलेकाहिँ पारी गएर खान्थ्यौ। तिथी श्रादद, पुजामा सबै भेला हुन्थ्यौ। जाडो महिनामा कहिले ठुलाबा हाम्रो घरमा आगो ताप्न आउँनुहुन्थ्यो कहिले हामी वँहाको घरमा जान्थ्याँै। जब मैले मेरो स्कुले जिवन साजिलाल मा.वि. बाट सिध्याएँ त्यसपछि दिदीसँग काठमाडौ आए पढनलाइ। अब भने मेरो ठुलाबासँक्गको भेट कलेज छुटी भएको बेला मात्र हुन थाल्यो। आइ.. पढन लाग्दा हाम्रो हजुरबा ओछयान पर्नुभएको एक वर्ष जस्तो भएको थियो। दादा खोटांगमा जागिर खांदैँ हुनुहुन्थ्यो। दिदीको विवाह भैसकेको, सान्दाजु दुबैजना काठमाडौमा पढन आएका थियौ। बुवालाइ एक्लै हजुरबाको हेरविचार गर्न धेरै गाह्रो भएकोले हामी फेरी घरको आवस्यक्ताले गर्दा विराटनगर मा पढने गयौं। मैलै आइ.. विराटनगरबाटै सिध्याए। त्यतिबेला पनि ठुलाबासँग भेट भैरहन्थ्यो। केही समयपछि वि.एड. गर्न धनकुटा गएँ। कलेज छुटटीमा घर आउँदा कहिले भेट हुन्थ्यौ कहिले हुदैनथ्यो। भेटदाखेरीकान्छीछोरी कहिले आइस, कहिले सिध्याउछेस पढाइ , अरुले नगरे पनि कान्छीछोरीले गर्ने भइभनेर मलाइ फुर्क्याउनुहुन्थ्यो। धनकुटामा आफूले चिनेजानेका मान्छेका बारेमा सोध्नुहुन्थ्यो। मेरो पढाइ बसाइको बारेमा निकै नै चासो देखाउनु हुन्थ्यो। जब एम.. गर्न काठमाडौ आए त्यसपछिदेखि मेरो वहासँगको भेट धेरै नै पातलियो। काठमाडौ बस्ने क्रममा अलि बढि नै ब्यस्त भएँ। पढाइ सकेपछि मेरो कलेजमै सानो जागीर पनि थियो। ब्यस्त हुँदा हुंँदै विवाह भयो। घर माइत अलि टाढा नै परेकोले विवाह पछि झन थोरै दिनको लागि सुन्दरपुर जान थालंे म। कहिले भेटथे कहिले भेटतिनथे वहाँलाइ। सबैजनालाइ सन्चै भएकोले मैले पनि आफ्नै कुरामा बढि ध्यान दिन थालें। यतिकैमा श्रीमानजी पढाइको सिलसिलामा अमेरिकातिर लाग्नु भयो। त्यसपछि झन धेरै नै ब्यस्त भएँ। जागीर पनि खानै पर्यो। वहाँको आमा बुवा मेरा आमा बुवाभन्दा अलि बुढाबुढी नै हुनभएको बुढेसकालमा कान्छो छोरा विदेश लागेकाले वहाँहरुलाइ सम्झाउनका लागि मात्रै भएपनि भ्याएको बेला घरमा पनि जानै पर्यो। जसरी भए पनि दिन वित्दोरहेछ। हामी पनि एक अर्कामा छुटिएर बसेको वर्ष भइसकेको रहेछ। भेट हुने दिन गन्दा गन्दा बल्ल बल्ल मेरो दिन आयो अर्थात मैले अमेरिका आउनको लागि भिषा पाएँ। जाने बेलामा एकपटक आमा बुवालाइ भेटन जानुपर्यो भनेर माइत गएँ। त्यसबेला पनि भेट भयो ठुलाबासँग। लामो समयपछि आफ्नो मान्छेसंग भेट हुने सुखद क्षण एकातिर हुदाहुदै पनि आफनो घर, परिवार देश नै छोडेर पराइ ठाउँमा जान लाग्दा मन भारी नभएको कहाँ हो र। तर पनि बेला बेला फुटेको मनको बाँधलाइ थुन्दै परदेशतिर लागें। जब देश छोडेर परदेश आएँ त्यसपछि मेरा वितेका वर्षहरुमा आफना मान्छेसँगको भेट मात्र फोनमा सिमित भयो। फोन नलागुन्जेलको भारी मनलाइ फोन लागेपछिका संच सुविस्ताका खबरले हल्का बनाउथे। एक पटक आफन्तसँग कुरा गर्न पाए धेरै फूर्तिलो हुन्थे। अब पहाड नै बोक्न सक्छुजस्तो लाग्थ्यो। सम्झने वित्तिकै हिडन पनि कहा मिल्दोरहेछ र। हामी दुइ बाट तीन तीनबाट चार भएकाले बल्ल बल्ल अमेरिका आएको पाचँ वर्षपछि सन् २००६ को दशै मान्न हामी हाम्रा छोराछोरी सहित नेपाल जाने भयौंं। केहीदिनपछि त्यो दिन पनि आइपुग्यो। मन उडेर धेरै अघि माइत पुगेपनि मन लाग्ने वित्तिकै हिडन पनि नमिल्ने। फेरी हाम्रा छोराछोरीलाइ कसैले देखेको थिएन। मेरो घर माइतकै सबैभन्दा साना केटाकेटी थिए उनिहरु। घरमा पनि आफू भनेर पर्खेर बस्नुभएका सबैसँग रमाइलो नै गर्नुपर्यो भनेर केही दिन हामीले घरमा नै वितायौं। छोरो सानै थियो। छोरी सबैसँग धेरै अघिदेखि चिनेकोजस्तो गरेर बोल्ने भएकीले पनि हामीलाइ धेरै रमाइलो भयो। जब घरमा टिका लाउने काम सिधियो हामी टिकाको दोस्राे दिन मेरो माइत तिनपैनी गयौं। काठमाडौबाट विराटनगर पुग्दा मलाइ माइत नै पुगेजस्तो भैसकेको थियेा। हामीलाइ लिन आउनु भएको दाजु भाउजु दिदी भिनाजु देख्दा कति खुशी भयो मन के कुरा गर्नु झन आमा बुवालाइ नै दैख्दा के हुने हो भनेर मनमा कुरा खेलाउँदा खेलाउँदै इटहरी, बासबारी हुदै तिनपैनी पुग्यौं। घरमा सबैजना हामीलाइ पर्खेर बस्नु भएको रहेछ। सबैका हसिला अनुहारमा उमेरका रेखाहरु थपिएको स्पष्ट देखिन्थे। आमाको अनुहारमा भने धेरै देखें मैले। कान्छी छोरी धेरै टाढा भएर पनि आमाले धेरै पीर गर्नुभयो होला कि जस्तो लाग्यो मलाइ। आमाकी नानी मेरी नानी भएको वहाँले बेला बेला पठाएका तस्बीरहरुमा मात्र देख्नुभएको थियो। मलाइ छोराछोरी सहित देख्दा कस्तो भयो होला कल्पना मात्र गर्थे। टिकाको बेला परेका ले पहिला टिका नै लाउँन तिर लाग्यौ हामी। हामीले विवाह भएपछि बुवाआमाको हातबाट सँगै बसेर दशैको टिका लगाएकै थिएन त्यो पनि अर्कै आनन्द आउने नै भयो। पहिला हजुरआमाको हातबाट टिका लाउन भनेर तल्लो घरमा गयौं। हजुरआमा हेर्दा तगडा नै देखिनुहुन्थ्यो। उमेरले ८५ वर्ष नाघिसक्नुभएको मान्छे आँखा मात्र धेरै कमजोर भएको जस्तो लाग्यो मलाइ। आँखा धमिलो देखिएर हात निधारसम्म पुरयाइदिनु पर्ने रहेछ वहाँले सुन्नेगरी बोल्दा मजाले नै कुरा गर्नु भयो हामीसँग। हजुरआमासँग टिका लाएपछि हामी ठुलाबाकहाँ गयौं। ठुलाबालाइ देखेर छक्क परें। हो..... त्यत्रो शरीर, त्यत्रो स्फूर्ति आज कहाँ गएछ। चिनीरोग देखियो रे ठुलाबालाइ भनेको सुनेकी थिएँ। धेरै परेजमा बस्नु पर्छ रे खान पनि जे पायो त्यही हँुदैन रे ला..... अप्ठयारो गाह्रो रोग पो लागेछ भनेर अलि नरमाइलो चाहि लागेको थियो पहिले नै। तर त्यस्तो मान्छे यस्तेा हुनुहोला भनेर मैले कल्पनासम्म पनि गरेकी थिइन। ओछयान मै विलाइ सक्नुभएको देखेर अलि भाबुक भए। आँखा टिलपिलाए मेरा।छोरी... आइसभन्नुभयो विस्तारी।हेर यस्तो भएँ रोगले गलाउनसम्म गलायो। खान पनि केही हुँदैन, केही भैहालेपनि थोरै खानुपर्छ नत्र चिनी बढेर कहाँ पुग्छ कहाँ। पोहोर साल उठेर टिका लगाइ दिन पनि सकिन। अहिले चाहि बल्ल बल्ल लगाइदिएँभनेर विस्तारै फेरी थप्नु भयो। हामीलाइ बल्ल बल्ल उठेर टिका लगाइदिनुभयो। हाम्रा छोराछोरीलाइ देखेर अलि अलि हास्नुभयो। सधै औसधी खानु पर्नेरहेछ। कुरा गर्न पनि सक्नुभएन राम्ररी। एक छिन हामी बसेर घर आयौं। के खानु हुन्छ भनेर सोध्दा अनार खानुहुन्छ भनेर भाउजुले भन्नुभएकोले मैले अलिकति अनार लिन पठाए दिदीलाइ। उसले ल्याइदिएपछि ठुलाबालाइ अनार लगिदिएर गएँ। खानेकुरा देख्दा पहिला जति खुशी हुनुहुन्थ्यो मैले दिदा त्यति खुशी चाहि हुनुभएन अलि अलि हास्नु चाहि भयो। सायद त्यो औषधीकै रुपमा खाएर पनि त्यस्तो भएको थियो होला। मेरो पनि फर्कने दिन आइसकेकोले धेरै बसेर कुरा गर्ने समय पनि भएन मलाइ। दादाहरु इटहरीमा वस्ने भए पनि धेरै जसो तिनपैनीमा बुवाआमासँगै बसेकीले त्यहाँ बसुन्जेल हेर्न भने गैरहंे। नेपालबाट फर्केपछि मनले चाहि हरेस नै खाइकसकेको थियो वहाँलाइ सझिंदा। फोनमा कुरा गर्दा आमा बुवालाइ सोधिरहन्थे वहाँको बारेमा। यसपाली फेरी दशैमा घर जाने भयौ हामी। अब फेरी सबैजनासँग भेट हुने भयो भनेर खुशी भएको बोरै भयो। हतार हतार फोन कार्ड किनेर घरमा फोन गरेको आमाले उठाउनुभयो। तैले सुनिसकिस भन्नु भयो आमाले। सान्दाजुसँग धेरै बेर कुरा गरें। कसैले थाहा नपाइ जानुभएछ। थाहा पाउँदा धेरै बेर भएको जस्तो लाग्थ्यो रे। टाडा हुनुको पिडा बोकेर दिनभरी ठुलाबालाइ आखाभरी देखिरहें। वहाका विगतहरु सिनेमामाजस्तै आइरहे। हरे अब ति दुइवटी ठुलीआमाहरुलाइ मैले कस्तो रुपमा देख्छु होला नी भनेर फेरी अर्को चिन्ताले सताइरहयो मलाइ। वहाहरु सौन्दर्य विहिन देख्दा मलाइ कस्तो हुन्छ होला संझिदा अहिले नै आंखा रसाउछ। आखिर सबैले एकदिन यो धर्ती छोडनै पर्छ तर मृत्युले मान्छेलाइ किन दुखाउछ सधैं। सायद मायाले गर्दा नै घर दुखेको होला, आफन्त दुखेको होला, छिमेकी दुखेको होला दुख्दा दुख्दै सिंगै देश नै दुखेको होला।