उच्च शिक्षा लिन भनी टाढा टाढा गएपनि
भविश्यमा केही बन्न परदेशी भए पनि
पौरख गर्ने तागत हुँदै घर फर्कि आउनु भन्थ्यौ
चर्किएका दलिन टाल्नु, चुहुने छानु छाउनु भन्थ्यौ
लाग्छ अब तिम्रो इच्छा पुरा गर्न सक्दिन म
आमा अहिले आफ्नो घर फर्कि आउन सक्दिन म
हाम्रो घर बेच्नु पर्छ भन्दै छन् रे दाइहरु
विदेशिनै लाग्या छन् रे त्यहाँ भाका भाइहरु
दिदी-बहिनी डराएर कता कुना पस्या छन् रे
छिमेकीका चौकीदार पो आँगनमा बस्या छन् रे
आफ्नै घरमा उसको खटन सहन नै सक्दिन म
आमा अहिले आफ्नो घर फर्कि आउन सक्दिन म
20 comments:
asss....an excellent poem...
तितो तर यथार्थ बोकेको कबिता...
लाग्छ अब तिम्रो इच्छा पुरा गर्न सक्दिन म
आमा अहिले आफ्नो घर फर्कि आउन सक्दिन म
भन्ने हरफले छोयो ... हुन त कबिताको सुन्दरता यसैले बोके जस्तो लाग्छ...तैपनी साच्चै मन चुडाउँछ यो हरफले ...
..लाग्छ अब तिम्रो इच्छा पुरा गर्न सक्दिन म
आमा अहिले आफ्नो घर फर्कि आउन सक्दिन म..
आफ्नै मनोदशा पढिरहेझैं महसुस भयो । साह्रै राम्रो कविता धन्यवाद साधनाजी तपाईंभित्रको देश प्रेमको भावनालाई मेरो सलाम !
its really touched my heart, thanks Sadhana jee, wish u alll the best all time.
Raj and Karuna
दिदी-बहिनी डराएर कता कुना पस्या छन् रे
छिमेकीका चौकीदार पो आँगनमा बस्या छन् रे
ट्वाक्क छोयो यो २ लाइनले !!!
कति रहरले त कति बाध्याताले विदेशिन पुगेका नेपालीको प्रतिनिधि कविता !!
Very nice composition, a heart touching one !
मिठो कबितामा मैले पनि एक हरफ थप्न मन लाग्यो साधना जी
सानो नानि काख खोज्दै बाबा भनि रोइदिन्छ
नरोउ भनि फकाउछु तर आफ्नै मुटु छोइदिन्छ
आउ भो फर्कि घर आखिर देश त तिम्रै हो नि
काँध थापौ सबै मिली पाखुरि त छदै छन नि
"आफ्नै घरमा उसको खटन सहन नै सक्दिन म" कस्तो मननै क्स्तो कस्तो बनायो। समस्याको र वास्तबिताको सही रुपमा चित्रण गर्नु भयो। राम्रो अनी सुन्दर प्रस्तुती।। तपाईंलाई धेरै धेरै धन्यबाद।
yathaartha parak chha
साह्रै यथार्थपरक कविता!
Thank you all
Sadhana jee.
Tapaiko yo kabitale mero man chwassa chhoyo.Thanks
Very very realistic poem Sadhana Dijju....the situation and problems..everything represented very much realistically...
Thanks a lot to Bimal Dai and Sweta as well!!! :-)
मन छुने । सारै नै ।
साचो हो | यस्ता वास्तविकता धेरै लेखीयो धेरै पढीयो धेरै सुनियो धेरै सुनयौ | हामीले कसलाई सुनाएको? हाम्रो कसले सुनी दिन्छ ? समस्या हाम्रो हो समाधान हामी नै खोज्न पर्छ | केही गर्रो .......
very nice..short and satirical
बडो दू:खद सन्दर्भ र मार्मिक कुरा -शाधना जी !
"आफ्नै घरमा उसको खटन सहन नै सक्दिन म
आमा अहिले आफ्नो घर फर्कि आउन सक्दिन म"
हास्यव्यंग्यको चाड गाईजात्रामा
हाँस्ने केही विषयहरुः
१. महँगीले थिच्नु
२. कार आएर पेटीमै किच्नु
३. चामल खाएर पखालाले मर्नु
४. सीमारेखा रातारात सर्नु
५. पहिरोले मान्छे पुरिनु
६. अपराधीहरु सुरिनु....
... ... ...
... ... ...
आउनुहोस्, मरी मरी हाँसौँ ।
फेरि पनि धन्यवाद सबैजनालाई !!
यात्रीजीका कुरा सुनेर मलाई त धर-धरी रुन पो मनलाग्यो, हुन पनि हरेक दिन नानाथरिका गाइजात्रा हुने हाम्रो देशमा अब गाइजात्रे कुरा हेर्न/भोग्न गाइजात्रा नै किन कुर्नु पर्यो र ?
कविता घतपूर्ण लाग्यो मलाई । टाँसोका लागि धन्यवाद
तपाईको ब्लग लिस्टमा म छुटेको छु कि ! मेरोमा तपाईलाई राखिसके है ।
Post a Comment