पुग्छ

देश जाओस् भड्खालैमा, सत्ता पाए पुग्छ
काम गर्नु छैन मलाई भत्ता पाए पुग्छ

नेपालीको सेबा गर्न मलाई के खाँचो ?
जसको सिमा जल्ले मिचोस्, मलाई के चासो ?
आफ्ना मान्छे पदमा जता-तत्ता पाए पुग्छ
देश जाओस् भड्खालैमा, सत्ता पाए पुग्छ

मरे अरे गरीबहरु, मेरो ठेक्का हो र ?
बेचिए रे चेली, मलाई किन हेक्का भो र?
नाङ्गिउन् अरु मलाई नाना लत्ता पाए पुग्छ
देश जाओस् भड्खालैमा, सत्ता पाए पुग्छ

रुने सबै रोइरहुन्, म त हाँसेकै छु
मर्ने मरुन्, आनन्दले म त बाँचेकै छु
जहिले जहाँ जसरी नि सत्ता पाए पुग्छ
भिन्न भिन्न शिर्षकमा भत्ता पाए पुग्छ

देश जाओस् भड्खालैमा, सत्ता पाए पुग्छ
काम गर्नु छैन मलाई भत्ता पाए पुग्छ

2 comments:

raj krishna said...

THIS poem goes this time to nepalease political leader, who just caring themselves only not nepal and nepali.

again thanks to you sadhana.

Anonymous said...

hmm. informative thread :)