Saturday, May 23, 2009

रहन्न कि

संसारमा मेरो कतै अवशेषै रहन्न कि
विश्व-मानचित्र माझ मेरो देशै रहन्न कि

सारंङ्गीले नेपालको भाका गाउन छोड्योहोला
मीठो बोल्दै कोइलीले प्रित लाउन छोड्योहोला
अब मेरो कलमले नि नेपाल नाम कहन्न कि
विश्व-मानचित्र माझ मेरो देशै रहन्न कि

हत्या हिंसा जताततै सुख शान्ती छैन कहिं
हतास हतास मुहारमा कुनै कान्ति छैन कहिं
देश प्रेममा पग्लिएर आँशु अब बहन्न कि
विश्व-मानचित्र माझ मेरो देशै रहन्न कि

दुनियाँले नेपाललाई नेपालीलाई सहन्न कि
विश्व-मानचित्र माझ मेरो देशै रहन्न कि !!!!

15 comments:

  1. सारङिले नेपालको भाका गाउन छोडयो होला
    मिठो बोल्दै कोईलिले प्रीत लाउन छोडयो होला
    सारै मार्मिक र गहन् सब्द साधना जि सधै यस्तैसब्दहरु पडन पाईयोस!keep it up!!!!!

    ReplyDelete
  2. हत्या हिंसा जताततै सुख शान्ती छैन कहिं
    हतास हतास मुहारमा कुनै कान्ति छैन कहिं
    देश प्रेममा पग्लिएर आँशु आब बहन्न कि
    विश्व-मानचित्र माझ मेरो देशै रहन्न कि

    देशको जर्जर स्थितिले सबैलाई यस्तै सोच्न बाध्य बनाईदिएको छ।

    साँच्चै हो, अब त उन्नती, प्रगति भन्दा पनि देशै रहन्न कि भन्ने चिन्ता अहम भएको छ ।

    ReplyDelete
  3. ho Dilip Ji tapaile thik bhannubhayo

    ReplyDelete
  4. त्यस्तो अचाक्ली चाहिं पक्का नहोला भन्ने आशा मात्र भए नि गरौँ

    ReplyDelete
  5. देशप्रेमको मिठो भावना। राम्रो लाग्यो।

    ReplyDelete
  6. सबै लाइ आफ्नो देश को चिन्ता त लागी हाल्छ नि ! हामीले अलिक आशा भने मार्नु हुन्न है - साधना जी |

    ReplyDelete
  7. This comment has been removed by the author.

    ReplyDelete
  8. प्रोत्साहनका मीठा शब्दहरुका लागि धेरै धेरै धन्यवाद!!

    यो मेरो डर हो, यस्तो नहोस् भन्ने आशा त मैले पनि राखेकी छु नै ।

    ReplyDelete
  9. सारंङ्गीले नेपालको भाका गाउन छाड्या छैन
    मीठो बोल्दै कोइलीले प्रित लाउन छाड्या छैन
    तिम्रो कलमले सधै नेपाल नाम कहन्छ
    विश्व-मानचित्र माझ हाम्रो देश सधै रहन्छ

    ReplyDelete
  10. संसारमा मेरो कतै अवशेषै रहन्न कि
    विश्व-मानचित्र माझ मेरो देशै रहन्न कि!

    मन छूने कविता !

    हरेक स्वाभिमानी नेपाली देश दुख्नु को पीडा लिएर बाचेको छ, तपाइका यी हरफहरु पढेर फेरी एकपटक देशप्रेम उर्लेर आए ।

    ReplyDelete
  11. http://kuwaitspandan.blogspot.com/May 29, 2009 at 5:49 AM

    Ati jagruk vichhar ra bhavnaharu... ma tapain ko fan bhayen...Tapain ka kavita haru Kuwait bata niskane monthly patrika ma prakashit garne chhu.

    Hom

    ReplyDelete
  12. "जब सम्म चन्द्र सुर्य आकाशमा रहन्छ, तब सम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो "

    फरक यती मात्र हो पुर्खाका रगत देशको सिमाको लागि बगे हाम्रो रगत केवल आफ्नो दुनो सोझ्यौने नेताहरुको लागि बगे र यस्तै हो भने बगि नै रहन्छन । देशको चिन्ता तपाईंले मात्र हैन सबैले गर्नु जरुरी छ । आशा छ सबैले देशको निम्ती पक्कै केही सोच्नेछन । भावनाको लागि धन्यवाद ।

    सम्बन्धित सम्बन्ध

    ReplyDelete
  13. malai ta kata kata yoo kabita padhada kheri, sadhana ji impatience hunu vayoo ki jastoo lagayoo, nepal ko situation dekhi,

    nepal always exists, do doubt plz.

    lets hope, everything will get improved in current context of nepal.

    ReplyDelete