किन टाढा भाग्यौ ?

किन टाढा भाग्यौ ?



म समुद्र हुदा
तिमी माछा भएर आएकी थियौ
म आइफल टावर चड्डा
तिमी मनोरम दृष्य बनेर आएकी थियौ
केवल कार चडडैंं
म यूरोपको हिँउमा खेल्दा
तिमी हिम वर्षा र चिसो हावा बनी
स्पर्ष गर्न आएकी थियौं
म गगन चुम्बी शहरहरुमा
उल्लाशमय दिनहरु विताउँदा
तिमी छायाँ बनेर आएकी थियौ
कहिले नछुटिने वाचा गर्दै
तर

दिनको चर्को घाममा
आफनै पैतालोमा ठेला उठाउदै
सगरमाथाको हिऊँ खेल्न
महाभारतको उकाली चड्दा
तिमो छाया त कता विलायो
एक तिर्खाएकॊ बटुवालाई
पानी दिने पराई बन्न पनि आइनौ
पसिनाले टोपी भिजाउँदै
ठेला परेका हातले मौलिक सृजना गर्दा
पौरख गर
म सृजनालाई माया गर्ने
उर्वर धर्ती हुँ भन्ने
आईमाई बन्न पनि आईनौ ।




प्रकाशोन्मुख कविता सङग्रह "मेरो बैस को क्यालेण्डर" वाट साभार

8 comments:

mickthesick said...

It does not rhyme regularly. So, I'm guessing it's not written by you. It's nice nonetheless.

Sadhana Sharma said...

Its written by Mr. Suman Ghimire - co-author of my blog. :-)

B.J. Dummali said...

धेरै राम्रो कबिता छ साधन जी, मलाई दुई शब्द लेख्न मन लाग्यो,

हजारौ भींडमा पनि खुशी र उमंग जागोस,
साधना जी सदा सदा यस्ता कबिता लेख्न मन लागोस,
धन्यबाद, फेरी फेरी पनि पढ्न पाउँ।

Sadhana Sharma said...

धन्यवाद B.J. Dummali ज्यूलाईपनि; तर यो मीठो प्रतिकृयाको हकदार म भने होइन है :-)

आकार said...

खै, कोहि किन टाढा भाग्यो, त्यो चाँहि छुट्याउन सकिन ! तर कविता चाँहि साँच्चै सुन्दर लाग्यो, सुमनजी । साथै, प्रकाशोन्मुख कविता सङग्रह को लागि सफलताको शुभकामना !

शब्दतरङ्ग said...

सपनाको सुन्दर खाका विना पनि कोरिन्छ सपना सायद ।
विलाएका द्श्यहरु छापिन्छन त्यहा, सुनिने तरङगमा शब्दका तिनै डोबहरु छन जहाँ ।
कृतिको सफलताको कामना ।

Suman said...

धन्यवाद B.J. Dummali जी । साथै धन्यवाद आकार जी र शब्दतरङ जी लाई यती मिठो प्रतिकृया को लागी ।

धन्यबाद बहिनी साधनलाई पनि ।

nisprabhsaji said...

Dear suman...you know I like your poem ...but I never heard this before.......excellent poem...good on you...