नयाँ वर्ष तिमी

नयाँ वर्ष तिमी यसपालि
बाढी पहिरो लिई नआउनु है
कुनै पनि नेपालीका घर-दैलामा
दु:खको ओइरो लिई नआउनु है

तिमी आउनु चर्को गर्मी पछिको
शीतल झरी बनेर
सबै नेपालीका मनहरुमा
माया भरि भरि बनेर
बिन्ती छ नयाँ वर्ष यसपालि
तिमी बन्द बनेर नआउनु है
काठमाडौंका गल्लीमा सडेका
फोहरको गन्ध बनेर नआउनु है
बरु सगरमाथाको शीतलता बोकेको
हावामा शान्त सुवास बनी आउनु
अनि हाम्रो समाजमा प्रगतिको,
उन्नति र विकासको आभास बनी आउनु
विनम्र अनिरोध छ नयाँ वर्ष
तिमी पीडा बनेर नआउनु है
नेपालीले नेपालीलाई गर्दै आएको
घृणा बनेर नआउनु है
मान्छेबीच जातपातको खाडल नहोस्
त्यस्तो सद्भाव बनी आउनु
नेपालको मुहारै फेरियोस् नयाँ वर्ष
त्यस्तो दैवी प्रभाव बनी आउनु

बिन्ती छ नयाँ वर्ष यसपाली तिमी
राम्रो दैवी प्रभाव बनी आउनु!!

15 comments:

बेदनाथ पुलामी ( उमेश ) said...

स्वतन्त्र सिर्जनामा रम्न पाइयोस र नेपालको प्रगतिका कुराहरु टासोको रूपमा टास्न पाइयोस भन्दै

यहाँ लगायत सम्पूर्ण ब्लगर मित्रहरुलाई म पनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्याबाद !

मिलन said...

नयाँ बर्षले सबैमा सकारात्मक सोचको बिकाश गर्न मद्दत पुर्याओस..

साधनाजी, सम्पूर्ण ब्लगर साथी र पाठक बर्गमा मेरो तर्फबाट शुभकामना

दीपक जडित said...

नयाँ वर्षको शुभकामना !

Basanta Gautam said...

तपाईँ र यो ब्लगका सम्पूर्ण पाठकहरुमा नयाँ वर्ष २०६६को हार्दिक मंगलमय शुभकामना!

Dilip Acharya said...

तपाई, तपाईको परिवार लगाएत यो ब्लगका सम्पूर्ण पाठकहरुमा नव बर्ष २०६६ को मंगलमय शुभकामना ।

>Jotare Dhaiba< said...

कविताको भावसँग मेरो पनि सम्मति छ साधनजी । हाम्रो खोजी र चाहनासँग अबको नयाँ समयले तादात्म्यता राखोस् ।

साथै पुच्छ्रेउलीमा-
तपाईँको जीवनयात्रामा पनि नयाँ वर्ष २०६६ ले नयाँ जोस, उमङ्ग र ऊर्जा थपोस् । मङ्गलम् !
यस ब्लगमा पाल्नुहुने मित्र-महाजन सबैसबैलाई नयाँ वर्षको शुभ कामना !!

Sujan Sharma said...

तपाई लाई पनि नयाँ वर्षको धेरै धेरै शुभकामना !

सिकारु said...

साधना जी मिठो कबिता ।
नयाँ बर्षको शुभकामना सहित उत्तर्-उत्तर् प्रगतिको कामना तपाइलाई पनि ।

प्रबिण थापा said...

हटोस सबै दुश्मनी,बढोस् सम्बन्ध भाईचाराको
अनुहारमा कान्ती ल्याओस नेपाली साराको
मेरो पनि सबै मित्रहरुलाई शुभकामना! नयाँ बर्षको।

DEEPENDRA said...

Happy New Year to you and all the visitors of this blog!

Prabesh Poudel "उजेली" said...

धेरै शुभकामना दिदी नयाँ वर्षको !!

Sadhana Sharma said...

धन्यवाद!!!

एकल यात्री said...

पूर्वको मधूरो
घाम नयाँ होस् ।
बदलियोस् नारा
काम नयाँ होस् ।
फेरियोस् युग
नयाँ होस् जमाना ।
नव वर्ष २०६६ को हार्दिक शुभकामना

बिमल गिरी said...

साधना जी
नमस्कार। नयाँ बर्ष २०६६ को
पुनित अबसरमा यहाँ का मन कामनाहरु
पुरा होस्। अशुभ र अशान्ती कैले नहोस्।
शुभकामना।

Hom B Chetri said...

yo kavita kuwait ko spandan ko July anka ma prakashit bhayeko chha. Postal address dinu bhayo bhane copy preshit garne chhu. Shubhakamana....