Thursday, March 12, 2009

बन्द गर

घुसखोरी बन्द गर, भ्रष्टाचार बन्द गर
मान्छेमाथि हुने नाना अत्याचार बन्द गर
सँधै खुल्नु पर्ने देश, बन्द गर्छु भन्छौ किन
बरु सके नेपालीका दु:ख, दर्द बन्द गर

नेपाल नेपाल रहे हुन्छ, स्वीट्जरल्यान्ड त चाहिंदैन
मेलम्ची पो ल्याउँछु भन्थ्यौ, मुख धुनै यहाँ पाइँदैन
वजन नभएका ती फोस्रा गफ बन्द गर
हुति भए अन्धविश्वास, कुरीतिलाई बन्द गर

एकै ढिक्का नेपाल हाम्रो, चिर्छु तिमी नभन है
पीडित हामीलाई अझ, पिर्छु तिमी नभन है
सक्छौ भने सिमा मिचाइ, अतिक्रमण बन्द गर
नेपाल अब खुल्नु पर्छ, बन्द भन्न बन्द गर

नेपाल अब खुल्नु पर्छ, बन्द भन्न बन्द गर
बन्द भन्न बन्द गर

15 comments:

  1. waaaaah! Kya josilo kabitaa, ho yasto po hunu parchha, saadhanaa jee tapai lai pani waakka dikka lagechha banda le, malaaii ta jhan kasari kasari pokhu bhayeko thiye aaja mazzale pokhnu bhaye chha khusi lagyo, keep it up.

    ReplyDelete
  2. सटिक र समसमयीक अनी बि जे जीले भन्नु भएजस्तै जोशीलो पनि । तर के गर्नु भर्खर तपाइको कविता पढ्दा पढ्दै अर्को २-३ दिन बन्दको खबर पनि देख्दैछु अनलाईन समाचारमा ।

    ReplyDelete
  3. मलाई त नेताहरूलाई होइन नेपाली जनता लाइ भन्न मन लागेको छ- सक्छौ भने नेपाल बन्द गर्न नै पो बन्द गरिदेऊ यदि नेपाली हौ भने .... यसरी बिल्कुल देश विकाश हुदैन ।

    साधना शर्मा जी लाइ लाखौ धन्यबाद !

    ReplyDelete
  4. साधना जि,
    कस्तो चित्त बुझ्दो र जोशिलो लेख्नु भयो। मलाइ पनि थप-थाप गर्न् उक्सायो, क्रिपया स्विकार्नु होला।

    बन्द कोठा भित्र बसी,
    कुरा गर्न बन्द गर
    सिमा बेच्न, नदी बेच्न,
    चेली बेच्न बन्द गर
    कुन दिन बेच्छौ सगरमाथा,
    इमान बेच्न बन्द गर
    राष्ट्र प्रेमका चर्का कुरा,
    लाज लाग्छ, बन्द गर
    'नेपाल अब खुल्नु पर्छ,
    बन्द भन्न बन्द गर'
    अनु

    ReplyDelete
  5. कस्तो राम्रो कविता हौ दिदी !! कति मजाले फुरेको हौ !!

    ReplyDelete
  6. बन्द को विरोध मा बन्द गरौँ !

    ReplyDelete
  7. मूरी मूरी धन्यवाद सबैजनालाई !!!
    आकार, बन्दको विरोधमा बन्द गर्नु भन्दा बरू बन्दको अवज्ञा गर्दै, बन्द भनिएको दिनमा पनि सारा स्कुल-क्याम्पस, पसल, सवारी साधन चलाउनलाई अभिप्रेरित गर्ने कि सबैलाई ?

    ReplyDelete
  8. Sadhana,

    here's one for you:

    "नेपाल"

    अचम्मको छ मन यो
    के हो, के हो, त्यसै टोलाई रहन्छ ,
    अदृष्य छ संगित , अतृप्त मधुर झंकार ,
    यो लोलाई रहन्छ ।
    सुख्खामा थिए अश्रुग्रन्थी , अतिवृष्टि ,
    आँशु लौ कसोरी झर्यो नि ?
    हृदय चट्टानको कोमलामृत मीत ,
    प्रितको बीज , किन पो मर्यो नि ?

    निर्मल अम्बर तर बादल गर्जिएको छ
    खै किन हो, घाम चर्किएको छ
    कंचन वायु तर रक्तिम पिशाच उर्लिएका छन्
    खै किन हो आत्मा तर्सिएको छ ।
    तिता आँशु रोएको छ संगित यहाँ ,
    खै किन हो मुटु चस्किएको छ ,
    सूर गडेको छ यहाँ ताल गलेको छ यहाँ ,
    खै किन हो गीत झस्किएको छ ।

    सत्य लुकेको छ , राजा हरिश्चन्द्र झुकेको छ ,
    खै किन हो असत्य ठडिएको छ ,
    लक्ष्मण बेहोस छोडी हनुमान बेपत्ता छ ,
    खै किन हो राम अडिएको छ ।
    गाण्डिव चुकेको छ यहाँ , गंगा सुकेको छ यहाँ ,
    खै किन हो भीष्म प्यासले कराएको छ ,
    शिशुपाल बढ्दा छन् यहाँ , कंश चढ्दा छन् यहाँ ,
    खै किन हो कृष्ण हराएको छ ।

    ReplyDelete
  9. निकै दमदार कविता साधनाजी, बन्द त हाम्रो संस्कृति नै बनिसके जस्तो छ । यसलाई अवज्ञाबाट मात्र निर्मूल गर्न सकिन्छ जस्तो लाग्छ अब त । यो हाम्रै रुग्ण चिन्तनको उपज हो ।
    खुला नेपालको प्रतीक्षामा आँखा टट्याइरहेछन् ।

    ReplyDelete
  10. MickTheSick, निकै मीठो कविताको लागि धेरै धेरै धन्यवाद !!

    धाइवाजी लाई नि धन्यवाद!! त्यही त है, सबैले मिलेर बन्दको अवज्ञा गर्ने हो भने त,बन्द नि विफल हुन थाल्थे कि ?

    ReplyDelete
  11. बन्दले सडक मात्र बन्द हुन्न ।
    गाडी गुड्दैन, यात्रीको यात्रा बन्द ।
    टायरको धूवाँले श्वासनली, अनि फोक्सो बन्द ।
    बाटो खुल्दैन, बिरामीको जीवन बन्द ।
    त्यसैले बन्दलाइ सदाको लागि बन्द गरिनुपर्छ ।

    ReplyDelete
  12. Shadhana ji Namaskar,
    Sharai Ramro Kabita lekhnu bhayako rahechha.
    Yashlai pani Post gari dinu la
    किन गोड्दैछौं हामी
    सभ्यताका बीजहरू
    किन छर्दैछौं हामी
    विकृतिका फिंजहरू
    हामी भत्काउन जान्यौं
    तर
    कहिल्यै जानेनौं निर्माण गर्न
    हामी तोड्न जान्यौं
    तर
    कहिल्यै जोड्न जानेनौं
    हामी सधै सधै रोयौं
    केवल आफ्नो निम्ति
    तर
    कहिल्यै रोएनौं अरूका निम्ति
    न अरूको दुःखमा रून सिक्यौं
    न अरूको सुखमा हाँस्न सिक्यौं
    बीरताको इतिहासले रंगिएको
    यो देशको माटो
    कसको साहसले बाँच्यो?
    कसको बहादुरीमा फुल्यो?
    यो देशको माटो सुँघेर हेर
    यो देशको माटो नियालेर हेर
    जहाँ गन्ध आउँछ
    बलभद्र, अमरसिंह र भक्ति थापाको रगत
    जहाँ देखिनेछन्
    देशको निम्ति बली भएका
    हजारौं आदरणीय सहीदका तस्वीरहरू
    हाम्रा पुर्खाको पौरखमा
    आर्जेको यो देशलाई
    किन चिर्दैछौं हामी
    भागवण्डा लगाएर
    जातजातिको नाममा
    किन फोर्दैछौं हामी
    एउटा सिंगो देश
    किन जन्माउँदैछौं हामी व्यर्थमा
    द्वन्द्वका बीजहरू
    माटो
    जो कहिल्यै खण्डित हुँदैन
    माटो
    जसको कुनै मोल हुँदैन
    माटो
    जो ज्यादै शक्तिशाली हुन्छ
    माटोकै निम्ति
    माटोकै निम्ति जन्मिए
    हिरोसिमा र नागासाकीहरू
    माटोकै निम्ति जन्मिए
    सहीदका जुलुसहरू
    माटोकै निम्ति च्यातिए
    हजारौं मान्छेका खुशीहरू
    माटोकै निम्ति खर्चिए
    असंख्य अस्त्रहरू
    त्यसैले
    माटो अमूल्य हुन्छ
    माटोको कुनै जात हुँदैन
    माटोको कुनै वर्ग हुँदैन
    माटोको कुनै धर्म हुँदैन
    माटोको कुनै रंग हँुदैन
    माटो हामी सबैको हो
    माटो हाम्रो साझा सम्पत्ति हो
    त्यसैले
    भत्किन नदिऔं हाम्रो सभ्यतालाई
    टुक्रिन नदिऔं हाम्रो आत्मीयतालाई
    चिर्न नदिऔं हामी हाम्रो मुटुलाई
    होचिन नदिऔं हाम्रो सगरमाथालाई

    ReplyDelete
  13. This comment has been removed by a blog administrator.

    ReplyDelete
  14. This comment has been removed by a blog administrator.

    ReplyDelete
  15. I consider, that you are not right. I am assured. I can prove it. Write to me in PM, we will talk.

    ReplyDelete