छन्दको राम्रो knowledge त छैन मलाई, तर एउटा छन्दमा भएको कविता अति नै मनपर्छ , ( यो छन्द कुन हो पनि थाह छैन मलाई) !! यो कविता मैले सानै देखि सुन्दै आएकी हुँ, पहिले स्कुलको course मा नै थियो रे, तर मेरो पालामा थिएन, वास्तवमा मैले यो कविता कतै प्रकाशित भएको पढ्न पाएकी छैन, सुनेको भरमा कन्ठ पारेकी छु !
यस कविताका रचयिता कृष्णप्रसाद भट्टराई हुनुहुन्छ, उहाँले लेखेका अरु दुइ तीनवटा कविता पढेकी छु मैले, अति नै मीठो लेख्नुहुन्छ उहाँ; यो भन्दा बढी कविकाबारेमा मलाई केही थाह पनि छैन तर उहाँको यो "आमा" शिर्षकको कविता भने मलाई जिन्दगीमैं सुनेका कविताहरु मध्ये सबै भन्दा प्यारो लाग्छ !!
मेरो वाचनमा धेरै कमी कमजोरीहरु हुनसक्छन्, आफैंले सुनेको भरमा कण्ठ पारेको भरमा वाचन गरेको हुंदा शब्दमा पनि त्रुटिहरु हुनसक्छन्, ती त्रुटिहरु औंल्याइदिएर मलाई सुधार गर्ने मौका दिनुभएमा म आभारी हुने थिएं ।
P.S:"झिकेर मुटुको टुक्रा,आँखा भित्र अटाउँछिन्" हुनुपर्नेमा अन्यथा भएकोमा क्षमा प्रार्थी छु !! :-(
17 comments:
साधनाको आवाज मलाई मन पर्यो...
क्या बात !! साधनाजी , हामीले स्कूलमा पढ्दा थियो यो कविता , स्कूले दिनमा ठेलीदिनुभयो यो कविता सुनाएर ।
Thanks a lot.
आमाको यथार्त भावनामा सजिएको मर्मस्पर्सी कबिता अनि वाचन शैलि पनि सुनि रहु जस्तो भावना जी । राम्रो छ ।
आज भोली टी जेहोस तपाईको आवाज ....को माधुर्यता ....कोइलीको स्वर झै मिठास लयमा सुन्न पाइने'भो ।
होइन यो भावना भन्ने चैं को परिछन् हौ सिकारुजी ?? मैले त चिन्या छैन ;)
धन्यवाद फेरिपनि सबैलाई !!!
धेरै छिमेकि चाहरौ भने कुरौटेपो भन्लान की तरै पनि आज साधना जी को ब्लगमा यसो चिहाउन छिरेको त धेरै कुरा भेटें लहै बधाई छ है and happy blogging.
Kabita pani raamro chha ani timro wachaan shaili pani . aru pani audio post gardai garnu.
साधना जी ठुलै गल्ति भएछ । क्षामा चाहन्छु ।मैले त नामै पो परिवर्तन् गरेको रहेछु अनि झर्को नमाने मेरो दोस्रो प्रतिकृया लाई डिलेट गरिदीनु हुन्छ की?
Suman dai, Thank you very much. Where were you lost ?
No Problem, Shikaru ji, it happens. I will definitely delete the second comment, if you want. :-)
सुन्दर कविताको सुन्दर वाचन! धन्यबाद!
नौ कि दश कक्षाको नेपालीमा थियो
सुन्दर प्रस्तुती, मिठो भाव।
सुनौनु भएकोमा धन्यवाद
साधना जी,
सर्वप्रथम त मलाई तपांइ को स्वर एकदमै राम्रो लाग्यो, आवाज मा commercial quality (Radio Jockey) को आभाष पाएं ।
साहित्यमा खासै ठुलो knowledge त छैन मेरो, तर स्वर र शब्द को समिश्रन ले होला यो कविता धेरै राम्रो लाग्यो ।
Off topic Note:
अस्ति राती देखी ब्लगरमा ब्लग चलाउनेहरुको "Followers" हरु स्वात्तै घटेका छन। बास्तबमा गुगलले केहि 'सुधार' गर्ने क्रममा “Public” Followers हरु “Anonymous” मा परिवर्तन भएकाले सो समस्या उत्पन्न भएको हो । यसको निराकरणको लागि सबैले एक चोटी आफ्नो Dashboard मा जानुहोस। त्यसपछि Reading List भन्दा मुनी MANAGE मा थिचि "Manage Blogs I'm Following" मा गई दाँया पट्टीको सबै "Anonymous" लाई "Public" मा परिवर्तन गर्नुहोस । बस । गुगल आफैले यो गर्ने छैन त्यसैले सबैले manually आफैं गर्नु पर्ने छ । अर्थात Followers हरुले नै गर्नु पर्छ (Follow भएको ब्लगरले गरेर हुँदैन) ।
कविता, वाचन र प्रस्तुती धेरै राम्रो छ आह सुनिरहु जस्तो !
पूर्वको मधूरो
घाम नयाँ होस् ।
बदलियोस् नारा
काम नयाँ होस् ।
फेरियोस् युग
नयाँ होस् जमाना ।
नव वर्ष २०६६ को
हार्दिक शुभकामना
Post a Comment