Thursday, April 23, 2009

दीपशिखा

"काठमाण्डौ,काठमाण्डौ" ल छुट्नै लाग्यो । एउटा सिट खाली छ,भन्दै परिचारकले घाटी सुक्ने गरी फुक्दै थियो ।मलाई लाग्यो बरु यही कुरालाई टेप रेकर्ड गरेर प्ले गरेको भए विचरालाई सुबिधा त हुने थियो । " ए दाई के सोच्नु भएको ?" भन्दै उस्ले मलाई फेरी बोलायो । ल बसी हाल्नुस भनेर उस्ले मलाई एउटा सानो सिटमा बसाई हाल्यो ।

नारायणघाट वाट छुटेको त्यो माईक्रो रामनगर सम्म आईपुग्दा आफ्नो गती लिई सकेको थियो । माईक्रोमा को को सवार छन त्यो मलाई पत्तै थिएन । अचानक माईक्रोमा एउटी २२ - २३ वर्षकी युवतिलाई देखे । मेरो आखा उनी मा गएर अडियो । उनीले पनि मलाई नै हेरी रहेकी थिई । उनी पनि हासिन मात्र, म पनि हासे मात्र ।

लगभग एक घण्टाको यत्रा पछी माईक्रो मुग्लिनमा रोकियो । एक जना यात्रु झरे । उनी नजिक को सिट खाली भयो । मलाई बसी रेहेको ठाउ पनि अप्ठ्यारो भएको थियो, सोचे, त्यो सिट्मा गएर बस्छु । उनीलाई सोधे " के म यहाँ बस्न सक्छु " , उनले भनिन "अव्ष्यै " ।

माईक्रो कुरिनटार पुग्द नपुग्दै केबल कार देखिन थाल्यो । केबल कार गेट आउन साथ उनले मनकामनालाई सम्झदै दर्शन गरिन । अचानक मैले उनीलाई सोधे " तपाई भागवानलाई असाध्यै मान्नु हुन्छ कि क्या हो ? उनले भनिन "अ" । उनको प्रतिप्रश्न आउनु अगावै मैले भने " म त मन्दिन" ।

किन ?उनले प्रश्न गरिन ।

मन्दिरमा गएर भेटी चढाउनु भन्दा ,दिनदुखी लाई सहयोग गर्द मेरो मनमा प्रशन्नता आउछ मैले भने । कुरा मोडियो,केहि बेर गाडी मलेखु मा रोकियो खाना खान को लागि । उनी म सँग सगै आयिन । खाना खादै गर्दा एउटा अपाङ्ग बालक तिर मेरो आँखा गयो । मैले उनीलाई सोधे " के भएको त्यो बालक लाई?

उनी लाई पनि थाहा थिएन । हतार हतार खाना सिद्दाएर उनी र म त्यो बालक नजिक गएम । मैले सोधे " तिम्रो घर कहाँ हो ?" र एस्तो कसरी भयो ?" । उसले आफ्नो बाबु आमा माओवादी को कार्वाहीमा मारिएको र आफु पनि त्यही घटनामा अपाङ्ग भएको बतायो । दु:ख लाग्यो माओवादी को युद्धले कती निर्दोश बलबालिकाहरु मार मा परेका छन । विचरा बाबु आमा
भइदिएको भये अहिले एसरी मग्दै त हिंड्ने थिएन होला ? यो समय त्यो बालक कुनै बिद्यालयमा पढि रहेको हुने थियो होला । मैले एस्तै एस्तै कल्पना गरे ।

ल ल चाडै आउनुस् , चाडै आउनुस् भन्दै फेरी त्यो परिचारक ले माईक्रो हिंड्न लागेको सन्केत दिलायो । मन भरी पिडा राखी त्यो बालक लाई हात मा ५० रुपैया राखी दिए । लाग्यो मैले अझै उसलाई माग्ने बनाएको छु हात मा पैसा ठम्माएर । खेर जे होस् उस्को पिडालाई केही समयको लागि भये पनि हलुको पारीदिएको मा ।

माईक्रो मा फेरी म उनी सगै बसे । हामी साथी बनी सकेका थिएम । म उनी लाई तपाईं भनेर सम्बोधन गर्दथे । उनी लजाएर तिमी भन्न मलाई अनुरोध गर्दथिन ।

उनको मोबाईल बज्यो । हेल्लो हेल्लो भन्दै थि । आवाज सुनिएन छ क्या रे ? फोन काटिन । मैले सोधे , के भो ? टिपेन र ? हो दाई यहाँ यस्तै छ । फोन मा राम्रो सँग कुरा गर्न पाउनु पनि ठुलै कुरा हुन्छ ।
फेरी घन्टी बज्यो । कसैले सोध्यो " मलेखु कटी सकेको हो ?" , उनीले हो भन्दै थि । "त्यहाँ एउटा माग्ने बच्चा लाई गाडी ले हानेर मार्देछ , त्यसैले त्यहा यातायात बन्द भएको छ ",मैले त्यो सन्देश सुने ।
मैले उनी लाई सोधे " कसले फोन गरेको , के भये छ ? " उनी ले ए नौबिसे मा बाटो बन्द गरेछन , हामी कटियो , ठिकै भयो ।

त्यो बाटो अब कती खेर खुल्ने हो, धेरैले दु:ख पाउने भये भन्दा पनि मलाई त्यो मर्ने केटा अघी मैले पैसा दिएको केटा त थिएन भनेर मन मा चिसो पस्यो । लाग्यो कतै मैले दिएको पैसाले केही समान किन्छु भनेर बाटो
काट्दा कतै गाडी ले त हानेन ? सोच्दा सोच्दै म त निदाएछु ।

उनीले मलाई घचघचाइन । माईक्रो नौबिसे पुगी सकेको थियो । रात पारी सकेको थियो । दाँया बाँया टुकी र मैन बत्ती मात्र बलेको देखिन्थ्यो । मैले उनी लाई सोधे आज " लोड शेडिङ् हो " ? उनी हाँस्दै मलाई भनिन " लोड शेडिङ् कहिले होइन भनेर सोद्ध्नुस् न " किन मैले प्रश्न गरे , उनी ले भनिन , " अहिले दिन को १६ घण्टा बत्ती जान्छ। ए हो र ? म एक छिन त दङ परे ।

मैले उनिलाई सोधे " बत्ती नभएर दैनिक जीवनमा केही असर पर्दैन र ? उनी हाँस्दै भनिन किन नपर्नु , धेरै पर्छ । समय मा पढ्न पाइन्न , टि.भी , ईन्टरनेट ,अफिसिअल काम गर्न पाइन्न , चोरी बडेको छ , । उनी मोबाईल देखाउदै भन्दै थीई , कहिले कहिले त एस लाई पनि चार्ज्गर्ने बत्ती पुग्दैन। यस्तै कुरा गर्दा गर्दै हामी त कलंकी पो पुगी सकेछम ।

कलंकी को जाम त सुनेकै थिए तर आज एकदमै लामो गाडी को लाम देखे । उनी लाई सोधे " किन एत्रो बिधी लाइन ?" , उनी ले भनिन त्यो त पेट्रोल को लागि पो लाइन । धन्य छ नेपाली जनता जे कुरालाई पनि सहएर बसेका छन। नेपाल मा जे को पनि छ र छैन हुदो रहेछ । "लाइन छ बत्ती छैन", "पाइप छ पानी छैन" , "बाटो छ खुलेको छैन", "मोबाईल छ नेट्वोर्क छैन" ।

जामलाई पार गर्दै गाडी कलंकी को एउटा कुनामा रोकियो । सबै घर जान आतुर थिए। त्यस मध्य एक उनी पनि थिइन । के बिर्सेंको के बिर्सेंको जस्तो लाग्यो । मैले त उन्को नाम नै सोध्न बिर्सेंको रहेछु । उनी हिंड्न लाग्दै थिइन , मैले सोधे ए तिम्रो नाम के हो ? उनी ठुलो स्वर्मा भन्दै थिइन दीपशिखा ।

5 comments:

  1. बिभिन्न रुपमा हालको हाम्रो अवस्थाको यथर्थ चित्रण।

    ReplyDelete
  2. साधना जी, धेरै राम्रो! हाम्रो देशमा दिनदिनै घट्ने घटनाको यथार्थ प्रस्तुति छ।

    ReplyDelete
  3. सुजनजी, धन्यवाद ! :-) तर यो कथा मैले लेखेको होइन, मेरो ब्लगका अर्का लेखक, सुमन घिमिरे दाइले लेख्नुभएको हो!!

    ReplyDelete
  4. प्रतिकृयाको लागी सबैलाई धन्यबाद! साधना बिहिनिले भने जस्तै कथामा कुनै कुनै शब्दको हिज्जे गल्ती भएको छ जसले गर्दा पाठकहरुलाई पढ्न गाह्रो होला । हतारमा टाईप गरेको हुनाले एस्तो भएको हो । आगामी दिनमा यसलाई म मध्यनजर राख्ने छु ।

    ReplyDelete
  5. उनले ठूलो स्वरमा किन दीपशिखा भनिन होला ?

    दीपशिखाका लागि लोड शेडिङ् बिरोधिकुरा हुनसक्छ |
    नाम ढीलो सोधेकाले हुनसक्छ |
    जाम भएकाले दिक्दार भएर त्यसको परिणाम यता झल्केको हुनसक्छ |
    " मन्दिरमा गएर भेटी चढाउनु भन्दा ,दीनदुखी लाई सहयोग गर्द मेरो मनमा प्रशन्नता आउछ"
    लेखकको यो जवाफ आस्तिक दीपशिखाका लागि अपमान जनक भएर मनोबिज्ञानमा रहेको ले हुनसक्छ |
    ....................+..........
    राम्रो लाग्यो ब्यथा अर्थात कथा | हम्रोमा ब्यथा मात्र कथा हुन्छ अर्थात हाम्रा कथामा ब्यथा मात्र पाईन्छ |
    " नेपाल मा जे को पनि छ र छैन हुदो रहेछ । "लाइन छ बत्ती छैन", "पाइप छ पानी छैन" , "बाटो छ खुलेको छैन", "मोबाईल छ नेट्वोर्क छैन" ।
    thanks for nice story.

    ReplyDelete