नेपाल ठुलो कहाँ छ ?

धर्म भन्दै बली दिन्छन यहाँ गढिमाइमा
माया छैन दिदिबहिनी अनी दाजुभाइमा
जताततै हत्या, हिंसा, लुटपाट जहाँ छ
तिमी भन देवकोटा नेपाल ठुलो कहाँ छ

नेताहरु यहाँ नौला नौला लिला गर्छन्
कुरा ठुला ठुला गर्छन् काम ढिला गर्छन्
अराजकता, अब्यब्यस्था, अशान्ति त जहाँ छ
तिमी भन देवकोटा नेपाल ठुलो कहाँ छ

हेलेन केलर गाउँदिनन् यहाँ वनै छैन
गाइनेलाई रानीबनै गाउने मनै छैन
सँस्कार कोची हाँडिभित्र देखसिकी मात्र यहाँ छ
तिमी भन देवकोटा नेपाल ठुलो कहाँ छ

7 comments:

Keshab Ghimire said...

देबकोटाले पहिला उनको पालाको नेपाल लाइ देखेर लेखेका हुन् | अब अहिले नेपाल कहाँ त्यस्तो छ र | अब त नेपाल खत्तम भै सकेको छ, भाइचारा भन्ने हराइसकेको छ | त्यसैले अब देबकोटाको कुराहरु नसुहाउने भएको छ नेपाल को लागि |

कविता धेरै राम्रो छ अनि समय सान्दर्भिक पनि

Prabesh said...

बिचरा देवकोटालाई त्यतिबेला थाहा थिएन होला दिदी नेपाल यस्तो होला भनेर.....

राजेश बुढाथोकी 'नताम्स' said...

यस्तै हो साधना जी, देश चलाउने घरमूलीहरु नै कुबाटोमा लागेपछि कसको के चै लाग्छ र ?
कवितात्मक टाँसोका लागि धन्यवाद है ।

दीपक जडित said...

फाटे हाम्रा मन हेर कति कति दुलो छ
कुल्चिईएका हाम्रा सपनाको धुलो छ
यहाँ आँसु अनि रगत बग्ने कुलो छ
तर पनि हामीलाई हाम्रो नेपाल ठुलो छ ।

Sadhana Sharma said...

Sabai jana lai dhanyabad, padhidinu bhayekoma!!

Deepak dai, Thats the Optimistic one!! I like your spirit!! :-)

ametya said...

तपाईको कविता तिता यथार्थता बोक्छन ।

rajankathet said...

समय सान्दर्भिक गजल पढियो...... it's beautiful