Wednesday, January 20, 2010

मेरो देश बाँचिरहोस्


रङ्गिचङ्गी डाँफेचरी डाँडापाखा नाचिरहोस् 
मेरो फेवातालमा सधैं माछापुछ्रे हाँसिरहोस् 
झन्डा यही फर्फराओस सगरमाथा शिखरमा  
लाखौंलाख वर्षसम्म मेरो देश बाँचिरहोस्  


मेची-कोशी, मुगु-डोल्पा एकै बनिरहुन सदा  
नेपालीले नेपाललाई आफ्नु मानिरहुन सदा 
एकताको हाम्रो माला सधैं सधैं गाँसिइरहोस्  
लाखौंलाख वर्षसम्म मेरो देश बाँचिरहोस् 


कालो बादल फाटोस् छिट्टै एउटा नौलो बिहानसँगै  
माया फैलोस जताततै बिकासको मुहानसंगै 
सुनौलो त्यो इतिहासलाई वर्तमानले साँचिरहोस्  
लाखौंलाख वर्षसम्म मेरो देश बाँचिरहोस्

4 comments:

  1. राष्ट्र भाबको रचना । सून्दर ।

    ReplyDelete
  2. मीठो गीत । जय नेपाल!!!

    ReplyDelete
  3. म पनि भन्छु:
    सुनौलो त्यो इतिहासलाई वर्तमानले साँचिरहोस्
    लाखौंलाख वर्षसम्म मेरो देश बाँचिरहोस् ।

    नेपाल बाँचिरहोस !!!

    ReplyDelete