ट्याम्पामा तीज

on Wednesday, August 26, 2009

आफ्नो प्यारो देशबाट भौगोलिक रुपमा जतिसुकै टाढा भएपनि आफ्ना चाड-बाड, आफ्ना संस्कृति, आफ्ना चलन मान्न सकिन्छ भन्ने कुरो हामी नेपालीले नेपालबाहिर बसेर बेला बेलामा मनाउने चाड-पर्वका कार्यक्रमबाट पुष्टि भएकै छ । नेपालमा हुँदा भन्दा नेपाल बाहिर गएपछि देशको र रिती-रिवाजको माया बढी लाग्दो रहेछ, शायद त्यसैले भन्छन् कहिलेकाही दूरीले पनि माया बढाउने काम गर्छ भनेर ।

यसै क्रममा यसपालिपनि समस्त हिन्दू नेपाली महिलाहरुको महान् चाड तीज संयुक्त राज्य अमेरिकाको फ्लोरिडा स्थित ट्याम्पामा भव्यता साथ मनाइएको छ । देवघाट गलेस्वर आश्रमका श्री १००८ स्वामी आत्मानन्द गिरी महाराजको उपस्थितिमा विधी पूर्वक पूजा अर्चना सम्पन्न भएको थियो । कार्यक्रममा ट्याम्पा क्षेत्रमा बसोबास गर्दै आएका अधिकांश नेपाली महिलाको सहभागिता रहेको थियो । पूजा पछिको प्रवचन कार्यक्रममा स्वामी महाराजले गौरी पूजा (तीज) को महत्वका बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रमको आयोजना अन्य नेपालीको सहयोगमा पुनम घिमिरे रिसालले गर्नु भएको थियो ।

त्यसै कार्यक्रमका केही झलक :


 
 

5 comments:

सूर्य/सिकारु said...

साधना जी पक्कै हो दूरीले माय बढाउने नै रहेछ तपाइ लगायत सम्पूण सहभागीहरुमा ढीलै भएपनि तीजको शुभकामना । रमाइला तस्बिरहरुको लागि धन्यबाद ।

आकार said...

कसैको अनुहार मा नि चमक देखिएन, सायद व्रत बसेर होला ! संस्कृति लाई निरन्तरता दिनु पक्कै राम्रो कुरा हो । फोटो सहित, जानकारी बाँड्नुभएकोमा धन्यवाद !

Sadhana Sharma said...

First photo ma chha ni chamak! :-)

Thanks for reading.

gufgaf.com said...

रमाईलो भएछ त दिदी !!!

Sadhana Sharma said...

रमाइलो भो यसपालि त!
तिम्रो के छ प्रवेश ? बेपत्ता छौ त अचेल ?