मान्छेको जीवनको जहाँ मोल छैन
नियमका कुराहरुको कुनै तौल छैन
फेरी त्यही हुन्छ भने पोहोर परार जे भो
नयाँ साल आयो, आयो त के भो ?
खुल्नु पर्ने सुन्दर देश बन्द भाका बेला
बिकासको गती मन्द मन्द भाका बेला
कोइलीले कुहु कुहु गायो त के भो
नयाँ साल आयो, आयो त के भो ?
हत्या-हिंसा जताजतै सुरक्षाको भान छैन
"शान्ति" सँग कसैकोनि जहाँ चिनाजान् छैन
बसन्तले पालुवा नि ल्यायो त के भो
नयाँ साल आयो, आयो त के भो ?
10 comments:
अति सान्दर्भिक गीत । यो गीत संगै तपाई लगायत सम्पूर्ण पाठक हरुमा नयाँ बर्षको शुभकामना भन्नै कर लाग्यो सबै बेदनाहरुलई लुकाएर भएपनि ।
के भो ? को जवाफ त म सँग पनि छैन !
Thank you Surya ji and Akar for reading this post!! :-)
!!Happy New year!!
really nice!
Thanks:-)
नयाँ अन्दाजमा पढें - 'नयाँ साल आयो, आयो त के भो ?'
राम्रो ।
Thank you Deepak dai!!
के भो ?, i do not have answer too.
beautiful one.
के भो ?, i do not have answer too.
beautiful one.
Thanks :)
Post a Comment