Monday, April 12, 2010

के भो ?

मान्छेको जीवनको जहाँ मोल छैन
नियमका कुराहरुको कुनै तौल छैन
फेरी त्यही हुन्छ भने पोहोर परार जे भो
नयाँ साल आयो, आयो त के भो ?

खुल्नु पर्ने सुन्दर देश बन्द भाका बेला
बिकासको गती मन्द मन्द भाका बेला
कोइलीले कुहु कुहु गायो त के भो
नयाँ साल आयो, आयो त के भो ?

हत्या-हिंसा जताजतै सुरक्षाको भान छैन
"शान्ति" सँग कसैकोनि जहाँ चिनाजान् छैन
बसन्तले पालुवा नि ल्यायो त के भो
नयाँ साल आयो, आयो त के भो ?

8 comments:

  1. अति सान्दर्भिक गीत । यो गीत संगै तपाई लगायत सम्पूर्ण पाठक हरुमा नयाँ बर्षको शुभकामना भन्नै कर लाग्यो सबै बेदनाहरुलई लुकाएर भएपनि ।

    ReplyDelete
  2. के भो ? को जवाफ त म सँग पनि छैन !

    ReplyDelete
  3. Thank you Surya ji and Akar for reading this post!! :-)
    !!Happy New year!!

    ReplyDelete
  4. नयाँ अन्दाजमा पढें - 'नयाँ साल आयो, आयो त के भो ?'

    राम्रो ।

    ReplyDelete
  5. के भो ?, i do not have answer too.
    beautiful one.

    ReplyDelete
  6. के भो ?, i do not have answer too.
    beautiful one.

    ReplyDelete