गजल

मिलन हुँदा तिमी सँग ,मन मेरो साथ थियो
निस्ठुरिले बाटो मोड्दा, नबिर्सने घात दिएउ

आफ्नो मनको गोरेटोमा ,आफ्नै चाल्मा हिड्दै थिए
मुटु हर्ने मुस्कान छर्दै,लठ्याउने मात दिएउ

धर्ती माथी हिंड्ने मान्छे, आकाश छुने आट थिएन
घाम जुन जस्तै जोडी ,बन्ने ठुलो बात दिएउ

सोझो मन्, निर्धो पना , सबै लाई राम्रै देख्थे
पुर्णिमालाई साथमा राखि, मलाई औशी रात दिएउ

सुमन घिमिरे,सौराहा ,चितवन हाल डब्लिन, आयरल्याण्ड

8 comments:

उजेली said...

पहिलाको दुईवटा लाइनको अन्त्यानुप्रास मिल्नुपर्ने होइन ?? मैले पढेका गजल त सबै त्यस्तै थिए त !!

Sadhana Sharma said...
This comment has been removed by the author.
Sadhana Sharma said...

गजल राम्रो छ, तर मलाई अझ यसो भएको भए दामी हुन्थ्यो कि जस्तो लाग्यो है:

मिलन हुँदा उनी सँग ,उनी मेरै साथ थिइन्
निस्ठुरिले बाटो मोड्दा, नबिर्सने घात दिइन्

आफ्नो मनको गोरेटोमा ,आफ्नै चाल्मा हिड्दै थिए
मुटु हर्ने मुस्कान छर्दै,लठ्याउने मात दिइन्

धर्ती माथी हिंड्ने मान्छे, आकाश छुने आट थिएन
घाम जुन जस्तै जोडी ,बन्ने ठुलो बात दिइन्

सोझो मन , निर्धो पना , सबै लाई राम्रै देख्थे
पुर्णिमालाई साथ राखी, मलाई औशी रात दिइन्

मिलन हुँदा उनी सँग ,उनी मेरै साथ थिइन्
निस्ठुरिले बाटो मोड्दा, नबिर्सने घात दिइन्

Suman said...

साधना साच्चै तिमीले सम्पादन गरेको गजल राम्रो लाग्यो । म त भर्खर भर्खर मात्र गजल लेख्ने सुरु गरेको मान्छे । जती लेख्यो उति नै खरिन्छ नि लेख्ने शैली पनि होईन ? भविष्यमा मेरो लेखनमा पक्कै केहि सुधार आउला, होईन र ?

उजेली जि, प्रतिकृया को लागी धेरै धन्यबाद । हजुरले भने जस्तै गजल मा पहिलाको दुईवटा लाइनको अन्त्यानुप्रास मिल्नुपर्ने हो
गजल मन पराउने तर खसै नलेख्ने भएको ले एस्तो भएको हो ।

Sadhana Sharma said...

धन्यवाद सुमन दाइ, सबै राम्रा हुन्छन् तपाईंका गजलहरु, तर जति लेख्यो उति नै खारिंदै जान्छ भन्ने कुरो पनि सोह्रै आना सही हो! लेख्न नछोड्नुहोला है!!

sikaru said...

j hos gajal ramro nai lagyo .thank you suman ji ...

उजेली said...

साधना दिदीले फेरि लेखेको गजल चैँ कडा लाग्यो है मलाई त !!!

Sadhana Sharma said...

tyo maile lekheko kaha ho ta ujeli, suman dai kai auta duita sabda yata uta pareko po ta!! All credits go to Suman dai :-)