Tuesday, December 2, 2008

स्मृती सभा

उनी सुन्दर छिन । सुन्दरताको पनि परिभाषा गर्ने आ आफ्नै तरिका हुन्छ । मेरो परिभाषामा उनि सुन्दर छिन । म उनको तस्विर आफ्नो मनमा सजाएर राख्न सक्छु । तपाईंहरु भन्नु होला एस्ले आफ्नो प्रेमिकाको कुरा गर्दै छ । हो, सत्य म आफ्नै प्रेमिकाको कुरा गर्दै छु । मलाई माया गर्ने र मलाई माया गर्ने को कुरा नगरे म कसको कुरा गरौ त ?

दीपसिखा अर्थत मेरी प्रेमिका एक्लो थिइन यो सन्सारमा ।बाबा, आमाको माया कस्तो हुन्छ त्यो पत्तै थिएन उनिलाई । मेरो उनि प्रतिको माया देखेर भन्थिन "तिम्रो मायामा मेरो बाबा आमाको माया पनि मिसिएको होला हगी ?" म हास्थे मात्र । अनि कहिले काही भनिदिन्थे "हो, म तिम्रो सबै हु । मेरो माया लाई तिमी बाडेर लिउ है ?"

उनीलाई प्रकृती प्रती पनि उत्तिकै रुची थियो । म उनीलाई लिएर विभिन्न पार्कहरु मा जान्थे, भुगोल पार्क , त्रिभुवन पार्क्, रत्न पार्क आदी आदी । उनि सग बसेर कुरा गर्द समय बितेको पत्तै हुँदैनथयो । घरबाट फोन आउँदा थाहहुन्थ्यो, अब त घर जाने बेला भैसकेछ । उनीलाई माया गर्दा पनि मैले उनिलाई आफ्नो घरमा चिनाउन सकेको थिइन । उनको त आफ्नो कोही थिएन, जे भने पनि उनि एक्लो थिइन ।

उनको घर म सधै जान्थे । घर त थिएन उनको , डेरामा वस्थिन । घर बेटी राम्रा थिए । उनको बारेमा चासो राख्थे । मैले पनि धेरै पटक भेटिसकेको थिए । घरमा खाना आफै बनाउथिन उनी ।"आफुलाई मात्र खान बनाउन अल्छी लाग्दैन ?" भनेर सोद्धा उनी भन्थिन " अब त बानी परीसक्यो" । हुन पनि हो, जीवनमा जे पर्छ त्यो टर्छ नै ।

उनको कोठामा सुगा पनि थियो । असाधै माय गर्थिन । आफ्नो कमाइ बाट केहि रकम छुट्टाएर आहारा किनिदिन्थिन उनी सुगालाई । घर आउने बित्तिकै पिजडा बाट झिकेर आफ्नो बिस्तारामा राख्थिन उनी । कुनै बेला बिस्तारा फोहोर पनि गरी दिन्थ्यो, तर उनी कती पनि झर्को मान्थिनन ।उनी घर भित्र छिर्ने बित्तिकै दीपसिखा दीपसिखा भनेर बोलाउथ्यो ।सायद उनले जती माया मलाई गर्थिन त्यती सुगालाई पनि । सुगाको नाम राखेकी थिइन ,राजकुमारी ।

उनीले मलाई जन्म दिनमा दिएको कलम ले कथा लेख्छु भनेर दराजमा सजाएर राखेको थिए । उनीकै आग्रहमा मैले कथा लेख्ने सोच बनाएको हो । उनले भन्दै थिईन "तिमी लेख,अरुले नपढे पनि म तिम्रो किताब पढ्ने छु । उनीले मेरो लेखन प्रती देखाएको सहनभुतिले लेख्नै पर्छ जस्तो बिचार आयो अनि मैले केहि लेख्ने प्रण गरे । "तिमी मलाई किन कहिले पनि गाली गर्दैनौ ?" मेरो सहन्शिलता प्रती नतमस्तक हुँदै मलाई उनले प्रश्न गर्थिन । म उनीलाई भनिदिन्थे "तिमी सग रिसाए भने को सग हास्नु ?" ।

मीठा क्षणहरु थुप्रै थिए तर ति सबै स्मृतिमा रहे । "तपाईहरुलाई उनको स्मृती सभामा पल्नु भएको मा धन्यबाद " भन्दै आलोक गह भरी आशु पार्दै त्यो मन्च बाट बिदा भयो । दीप्सिखाको स्मृती सभामा आलोकले मलाई पनि बोलएको थियो । म एउटा कुनामा बसेर सुनी रहेको थिए ।

7 comments:

  1. Oh my god! what a tragic story!!! :-(

    ReplyDelete
  2. oh So Nice story keep it up,,, always,,

    ReplyDelete
  3. साधना, आकार , सँगमकिरती प्रतिकृयाको लागी धेरै धेरै धन्यवाद ।

    ReplyDelete
  4. मलाई त कमेन्ट नै गर्न मन लागेन । खै के भन्नु भन्नु !!!!

    ReplyDelete
  5. उजेलीलाई कथा मन परेन जस्तो छ नि

    ReplyDelete
  6. कहाँ मन नपर्नु हौ ? म त यस्तो सेन्टि भएँ कि के लेख्‍ने भनेर नै आएन भनेको पो त । अब यस्तो विषयवस्तूलाई मनपर्यो भन्ने कि मनपरेन भन्ने ? कथा चैँ एकदमै मन छुने छ ।

    ReplyDelete