Sunday, December 7, 2008

गीत

तिम्रो मेरो , मेरो तिम्रो, हाम्रो माया कस्तो
आकासको जून अनि जूनेलीको जस्तो

छुट्टिदैनौं अब हामी सास रहे सम्म
सँगै जिउँछौं हामी, जिउने आश रहेसम्म
तिमी र म, म र तिमी, भेट्नै जन्मिएका
हाम्रो माया बाला अनि बयेलीको जस्तो

तिम्रो मुटु मेरो काया भित्र धड्किदिन्छ
मलाई दुख पर्दा तिम्रो सासै अड्किदिन्छ
गंगाजल भन्दा बढी शान्त, शुद्ध, स्वच्छ
हाम्रो माया दीप अनि उजेलीको जस्तो

तिम्रो मेरो , मेरो तिम्रो, हाम्रो माया कस्तो
आकासको जून अनि जूनेलीको जस्तो ॥

8 comments:

  1. साधना जी,नमस्कारम।
    तपाईंको गीतले च्वास्स मन छोयो।
    'हाम्रो माया बाला अनी बहेलिको जस्तो'
    तपाईंको माया(कसैलाई)गंगाजल भन्दा बढी
    शुद्ध र स्वच्छ हुनेछ भन्ने पूर्ण आसामाछु।
    शुभकामना।

    ReplyDelete
  2. The poem is really simple and beautiful. You have really written nice poem. congratulations.

    ReplyDelete
  3. पढिदिनुहुने अनि प्रतिक्रिया दिनुहुने सबैलाई मूरि मूरि धन्यबाद!!

    ReplyDelete
  4. कति छिटो धन्यवाद दिनुभएको हौ दिदी !! पढ्नै बाँकि थियो ।
    गीत त साह्रै मनपर्‍यो मलाई !!

    ReplyDelete
  5. GIt kaar jyu maa dherai dherai dahnyabad, kinaki malai pani git gungunaauna sakne ability nabhaye pani padhera man bujhaye, raamro chhan......git bhitrakaa shabda haru...

    ReplyDelete
  6. Kalu! Ati Sundar and ati Uttam!!!!

    ReplyDelete
  7. Thanks to All,
    Ujeli, timle chhito bhayo bhaneko le ahile ali dhilo "Dhanyabad" deko hai!! ( Sorry! I don't have unicode right now and I quite do not like the converter).

    Rajma! Keep reading my articles hai!!!

    ReplyDelete