यहाँ मेरो कोठाबाहिर एउटा चौर छ । व्यस्त ठाउँ व्यस्त मान्छे, चौरमा घाम तापेर, बदाम सुन्तला खाँदै बस्ने बानीअमेरिकीहरुलाई परोस् पनि कसरी, त्यसैले होला, चौर प्राय: सुनसान नै हुन्छ । एक महिना जस्तो अगाडिको कुराहो, बाहिर ठुलो अनि मीठो स्वरमा कसैले गीत गाएको सुने मैले, यसो बाहिर हेरेको, एउटा चाइनिज जस्तो देखिनेमान्छे ( चाइनिज नहुन पनि सक्थ्यो, शायद मेरै कमजोरी हो, म चाइनिज, कोरियन, जापानिज, फिलिपिनोआदिलाई उस्तै देख्छु) गीत गाउँदै हिंडेकोथियो, आफ्नै भाषामा । भन्छन् नि गीत-संगीतको कुनै भाषा हुँदैन भनेर, शायद त्यसैले होला, भाषा नबुझे नै पनि मलाई त्यो गीत मनपर्यो ।
दुइ तीन दिन पछि फेरि, म भित्र पढिरहेकीथिएँ, कसैको गीत सुनियो, झ्यालबाट बाहिर हेरें, त्यही मान्छे, फेरि पनित्यही गीत गाउँदै हिडेकोथियो । “यो मान्छे पागल हो कि क्या हो? हेर्दा त त्यस्तो लाग्दैन, किन सँधै एउटै गीतगाउँदै हिँडेको होला?” मनले प्रश्न गर्यो । “ फरक गीत होला, भाषा बुझेपो फरक छुट्टिन्छ त!” मनलाई सम्झाएँ मैले।
त्यस्को भोलिपल्ट, स्कुलबाट फर्केर कोठातिर आउँदैथिएँ, त्यही मान्छे भेटियो, चिन्नु न जान्नुको मान्छेसँग पनिहाइ हेल्लो गर्नु पर्ने यहाँको चलन न हो, मुसुक्क हाँसेर उसले भन्यो – म ठिक छु, तिम्रो के छ ?” मैले सोधें । मपनि ठिक छु, तिमी पनि USF जान्छौ ?” उसले सोध्यो, “हो” मैले भनें । “ मैले केही पटक तिमीले गीत गाएकोसुनेकी छु, कुन भाषामा हो?” मैले फेरि सोधें ।
“मेरो आफ्नै चाइनिज भाषामा” उसले भन्यो ।
“ए! त्यसो भए त यहाँ जस्तै आफ्नो आफ्नो देशमा पनि हामी छिमेकी नै रहेछौं “ मैले थपें ।
“तिमी कुन देशबाट हो र?” उसले सोध्यो ।
“नेपालबाट” मैले भनें । नेपाल शब्द भन्दा मेरो स्वर स्नेहले अलिकति पग्ले जस्तो, गर्वले अलिकति फुले जस्तोअनि श्रद्धाले अलिकति नतमस्तक भए जस्तो, भए झैं लागेको थियो मलाई, त्यसबेला पनि ।
उसले भने जिन्दगीमैं पहिलो चोटि सुनेको शब्द जस्तो गरेर “नेपाल?” भन्यो । म केही भन्न खोज्दै थिएँ, उसलेफेरि आफैं भन्यो – “ ओह, नेपाल, त्यो सानो देश, जुन Mount Everest को अर्को पट्टि छ ?”
सगरमाथा मेरो देशमा छ भनेर गर्व गर्ने मलाई थाहै थिएन, चाइनिजहरुले नेपाललाई कसरी चिन्दा रहेचन् भन्ने ।होइन भन्न सक्दिन थिएँ म, आखिर सगरमाथाको एउटा पाटो उनीहरुको देशमा पनि छ नि, त्यसैले “हो” भनें ।
मलाई त्यसबेला पनि उसको गीतको बारेमा कति प्रश्न सोध्न मन थियो, कुरा देश पट्टि गयो, अनि उतै अलमलियो। “ तिमीलाई भेटेर खुशी लाग्यो, पछि भेटौंला है” यति भनेर उ आफ्नो बाटो लाग्यो ।
भोलि पल्ट, स्कुलको शटल पर्खेर बसेकीथिएँ म बस स्टपमा, उ त्यही आइपुग्यो । “ हाइ, हिजो त परिचय गर्नैबिर्सेको, मेरो नाम ली हो तिम्रो ?” उसले भन्यो ।
“मेरो साधना, तिमीलाई त उच्चारण गर्न गाह्रो होला मेरो नाम ” मैले हाँस्दै भनें । नभन्दै उसले दुइ तीन पटकभन्नलायो मलाई मेरो नाम, अनि बल्ल भन्न जान्यो ।
“एउटा कुरा सोधौं ली ? “ गीतको बारे मा सोध्ने यही मौका थियो मेरा लागि ।
“सोधन” उसले भन्यो । नसोध त कसले पो भन्छ र!
“ भाषा नबुझे पनि मलाई तिमीले गाएको गीत एक दम मनपर्यो, मैले दुइ दिन सुनें, दुवै दिन एउटै गीत गाए जस्तोलाग्यो, तिम्रो त्यो गीत ले के भन्छ ?”
“हो एउटै गीत गाएको हो मैले, त्यो गीत मैले आफैं लेखेको हुँ, त्यसले मेरो व्यथा भन्छ, मान्छे ले मान्छेको व्यथाबुझेर होला, तिमीलाई त्यो गीत मनपरेको “ गम्भिर हुँदै भन्यो उसले ।
“ कस्तो व्यथा ? ” मैले सोधें ।
“ यो गीत मेरी भुतपुर्व प्रेमिकालागि हो, उसले मलाई छोडेर गई, तर म उसलाई बिर्सन सक्दिन, उसैको यादमा सँधैयो गीत गाउँछु म, शायद यो मैले लेखेको मेरो जीवनको अन्तिम गीत हो । यसले – “ ए निष्ठुरी, तिमी किन मलाईछाडेर गयौ ? मैले तिमीलाई हदै सम्म माया गरेकै थिएँ नि ... भन्छ” अझ बढी गम्भिर बन्यो उ ।
“ओह, दु:ख लाग्यो मलाई, तर अन्तिम गीत किन र?” मैले फेरि सोधें ।
“किनभने उसलाई मैले गीत लेखेको मनपर्दैन, म सपना, कल्पनाको संसारमा मात्र हराउने मान्छे रे, वास्तविकसंसार के हो मैले बुझेकै छैन रे, अनि मलाई यो संसारमा कसरी रमाउनु पर्छ भन्ने पनि थाह छैन रे, उसकोबिचारमा । उ भौतिक दुनियाँमा रमाउँछे, पार्टी, क्लबहरुमा जान खोज्छे, म भने अलि एकलकाँटे छु, त्यसैले उसकोबिचारमा, उसको र मेरो टाइप मिल्दैन रे । टाइपका लागि उसले मेरो माया लत्याएर गइ, हामी सँगै पढ्छौं अहिलेपनि, त्यसैले मैले गीत लेख्न बन्द गरें भने, मेरो सपना, कल्पनाको दुनियाँबाट बाहिर आएं भने अलि Realistic भएँभने, शायद उ फर्केर आउँछे कि !” उसले बोल्दा बोल्दै सटल आइपुगेको थियो, चढ्दै भन्यो उसले ।
म पनि सटल चढें, त्यहाँ लीका केहि साथीहरु थिए, आफ्नै भाषामा बोल्न थाले उनीहरु, त्यसैले मैले केही भनिन ।मन दुखी बनेको थ्यो उसको कथा सुनेर । “आखिर कसरी त्यति कठोर बन्न सक्छ मान्छे ? “ प्रश्न सोध्दै थियो मेरोमन । तर मसँग उत्तर थिएन दिनलाई ।
शायद अपार दु:ख र वियोगको गीत भएकोले होला, भाषा नबुझेपनि त्यो गीत मलाई भावुक लागेको, मन छुनेलागेको । जस्तै जे भए पनि, सपना कल्पनाको सुन्दर संसार छोडेर उ, वास्तविकताको कुरुप दुनियांमा नगएहुन्थ्यो जस्तो लाग्छ मलाई हिजोआज । कोठा भित्र एक्लै बसेर गीत लेखे जतिको, आफ्नै सिर्जनामा आफैं झुम्दाजतिको मजा डान्स पार्टिहरुमा झुम्दा कहाँ आउँछ होला र ?
बिचरा ली
ReplyDeleteलगातार दुईवटा वियोगान्त रचना आए त हौ दिदी तपाईँको ब्लगमा त । लीको अब गीत नलेख्ने कुरा पढेर चैँ साँच्चै धेरै नै माया लाग्यो ।
ReplyDeleteमेरो बिचारमा girlfriend ले छोड्यो भन्दैमा त्यसरी गित नै गाउन र लेख्न चहि छोडनु नहुने हो यदि उ सग खुबि छ भने ,,,,
ReplyDeleteपढिदिनुभएकोमा धन्यवाद,
ReplyDeleteमलाईपनि लीले लेख्न नछोडे हुन्थ्यो जस्तो लाग्छ ।
लि त अझै त्यो छाडी जाने माया फर्केर आउने आशामा आफुलाई परिवर्तन गर्दै रहेछ । छाडी जाने हरु लाई त म त फर्केर पनि हेर्न सक्दिन । साधना लि लाई फेरी भेटेउ भने भन्दिनु " बस्, ट्रेन्, र केटी पछी कहिल्यै नदगुर्नु " , तर केहि नारी हरु अपवाद है ।
ReplyDeleteआफैंलाई छाडने girl friend ले 'लेख्न छाड्' भनेर पनि कसैले लेख्न छाडछ? ('लेख्न छाड्यौ भने तिमिसंगै बस्छु' भनेको भए पनि भिन्दै कुरा कसो?)
ReplyDeleteमलाई लाग्छ यो केवल ली भाईको one sided love होला !।
it's nice.
ReplyDeleteit's nice.
ReplyDeletethanks to all.
ReplyDeleteमैले दिलीपजीको कुरो अलि बुझिन नि!
ReplyDelete"('लेख्न छाड्यौ भने तिमिसंगै बस्छु' भनेको भए पनि भिन्दै कुरा कसो?)"
केटीले लेख्न छाड्यौ भने तिमिसंगै बस्छु भन्दा, केटोले लेख्न छोड्यो भने त कुरो अर्कै भएन र भन्या?
Such a beautiful story: it has revealed an absurdity of human life while keeping in balance the art and message, both aspects of story writing. Netra ACharya
ReplyDeleteकुरो अर्कै त हुने हो । तर पनि कमसेकम यौटा सम्झ्यौता जस्तो त हुन्थ्यो नी!
ReplyDeleteतर विचरा ली भाईको त girl friend पनि छुट्यो, लेखन पनि छुट्यो नी ।
नेत्रजीलाई पनि धेरै धेरै धन्यवाद! अनि स्वागत पनि मेरो ब्लगमा !!!
ReplyDeleteNanu! Timro katha ma pani maya prem le thaun pauna thalechhan, good! As usual,I like this also. Tara malai Lee bhai ko maya lagyo, arko katha ma bichara lai sanyasi nabanaunu la!!!!!!
ReplyDelete