नयाँ

नयाँ
काम केही नौलो छैन, गफै मात्र नयाँ नयाँ
हाम्रो नेपाल पुरानै छ, तिम्रो जीवनशैली नयाँ

सबै ठूला पदहरुमा आफ्नै चम्चाहरु भर्यौ
उपहार भन्दै घुस, लिई तिमी दङ्ग पर्यौ
हाम्रो आङ नङ्ग्याएर, तिमी लाउँछौ सुट नयाँ
काम केही नौलो छैन, गफै मात्र नयाँ नयाँ

धिक्कार छ हामीलाई तिम्रो विश्वास गर्यौं किन
तिम्रा मिठा कुराहरुको जालमा हामी पर्यौं किन
हामीलाई नै लत्याएर, तिमी चाल खेल्छौ नयाँ
काम केही नौलो छैन, गफै मात्र नयाँ नयाँ

हामी सबै पुरानै छौं, हाम्रा नेता आए नयाँ
हाम्रो नेपाल पुरानै छ, उनको जीवनशैली नयाँ
उनको जीवनशैली नयाँ ।।।

12 comments:

Prakash Luetel said...

Very nice one, Baby

Suman said...

नया नेपाल बनाउनको लागी देश्कै नाम फेर्ने कि ?

असाधै राम्रो छ । मलाई एकदम मन पर्‍यो ।

Dilip Acharya said...

सटीक कविता!

यि गफाडिले के देश बनाउँछन। हावादारी गफ मात्रै नया हो काम त खै ?

आकार said...

नयाँ त तपाई को ब्लग टेम्पलेट छ नि !
हेहेहे
:)

बिमल गिरी said...

Satik ra yethartha jhalkiyeka chhan
ye lineharuma.Shubhakamana.

Sadhana Sharma said...

धन्यवाद :-)

सिकारु said...

खै साधना जि यिनिहरुले पनि आ- आफनै दुनोलाई मात्रै नयाँ बनाउलान जस्तो छ।

Basanta Gautam said...

मैले सुनेअनुसार माओवादीले "पुरानो" शब्दलाईनै प्रतिबन्ध लगाईदिने रे, सबैकुरो नयाँ बनाउन:)

उजेली said...

हामी पनि त गफै हान्ने त हो नि !! के चैँ नापेका छौँ र आफैँले पनि !! कोही माथिका गफाडि कोहि तलका गफाडि फरक त्यति त हो नि !

Sadhana Sharma said...

सिकारुजी,गौतमदाइ अनि उजेलीलाई पनि धन्यवाद !! हामीले अरु कुरामा जतिसुकै गफ हानेपनि, जनतालाई आश्वाशनका ठूला ठूला गफ हानेर, काम चैं केही नगरेर जनतालाई कुहीरोमा रुमल्लेका कागजस्ता त बनाका छैनौं नि उजेली ! ( हामी त्यो ठाउँ मैं नपुगेर पो हो कि?? ;-) )

बेदनाथ पुलामी ( उमेश ) said...

के गर्नु साधना -जी , नया भन्ने त त्यस्तै हो ! तपाइले ठीकै भन्नु भो!
"हामी सबै पुरानै छौं, हाम्रा नेता आए नयाँहाम्रो नेपाल पुरानै छ, उनको जीवनशैली नयाँउनको जीवनशैली नयाँ "
२००८ अन्त्य मा म तपाईको ब्लगमा चियाउन पुगेछु - तर अन्त्य पनी ek शुरुवात को लक्षण हो भन्छन नि - मलाई पनी तपाईको ब्लग संग भालाकुसारी गर्न दिनु हुन्छ होला नि ! हैन ? आशा छ त्यो अवसर दिनु हुने छ ........

नवा वर्ष २००९ को उपलक्ष मा तपाई लगायत तपाईको परिवार को शु-स्वास्थ्य , प्रगति र दिर्घायुको कामना गर्दछू र नेपालमा छिटै लोडशेडिंङको समस्या सावधान होस भन्ने कामना पनी गर्दछू ।

Sadhana Sharma said...

वेदनाथज्यू, यता चिहाइदिनुभएकोमा धेरै धेरै धन्यवाद!! मेरा अरुपनि लेख-रचना पढेर अझ लेख्न हौस्याइदिनुहुन्छ भन्ने आशा गर्दछु ।
सन् २००९ ले यहाँको जीवनमा पनि खुशियाली ल्याओस् भन्ने कामना गर्दछु । :-)