Sunday, November 2, 2008

याद आयो

फेरि मलाई मेरो बालापन याद आयो
हाँस्दै गीत गाएको त्यो क्षण याद आयो

तीन साथी मिलिजुली सँधै स्कुल जान्थ्यौं हामी
टिफिन टाइममा खाजा पनि बाँडिचुँडि खान्थ्यौं हामी
आज तिनै दौंतरीको झन् याद आयो
फेरि मलाई मेरो बालापन याद आयो

कहिलेकाहिं सानातिना बदमासी गर्थ्यौं
कहिले फेरि गल्ती नभइ सजायमा पर्थ्यौं
गुरुमाको गाली खाको दिन याद आयो
फेरि मलाई मेरो बालापन याद आयो

छुट्टी हुँदा घुम्न गाको वन याद आयो
निश्फिक्रि त्यो मेरो आफ्नै मन याद आयो
जति सम्झ्यो उति झन् झन् याद आयो
फेरि मलाई मेरो बालापन याद आयो

                              फेरि मलाई मेरो बालापन याद आयो।।

9 comments:

  1. हे.....हे.....राम्रो छ दिदी । अनि कुन चैँ वन जानुभयो हौ बालापनमा ??

    ReplyDelete
  2. Nice composition!
    छुट्टी हुँदा घुम्न गाको वन याद आयो
    निश्फिक्रि त्यो मेरो आफ्नै मन याद आयो
    जति सम्झ्यो उति झन् झन् याद आयो
    फेरि मलाई मेरो बालापन याद आयो
    I loved these lines!

    ReplyDelete
  3. मलाई त जगजित सिंह र चित्रा ले गाएको हिन्दि गजल,
    "वो कागज के कस्ति, वो वारिस का पानी" भन्ने गित याद आयो ।

    ReplyDelete
  4. ओ,हो, साधना जी तपाईले त सबैलाई आफ्नो बालापनतिर पो फर्काईदिनु भयो त,कहिले कही सानातिना बदमाशि पनि गर्थ्यौ अनि कहिले फेरि गल्ति नै नभै सजाय पनि भोग्थौ भन्ने सब्दले चहि मलाई पनि बालापनको याद आयो।

    ReplyDelete
  5. Thanks to all!!
    Aakar! yo lekhisakepachhi malai pani yaad aako thyo "Ye kagaz ki kasti.." :D

    ReplyDelete
  6. यस्तै हो जिन्दगी भनेको, भोग्दा दु:खै परेको भएपनि बितिसकेका पलहरु सुन्दर लाग्छन्, बाल्यकालको झन कुरै नगरौं।

    ReplyDelete
  7. अब पहिले गजलको याद अायो कि बनको त्यो छलफल गर्ने बिषय बनाउनु उपयुक्त होला जस्तो लाग्यो तर जे होस रमाइलो याद छ ।

    ReplyDelete
  8. "अब पहिले गजलको याद अायो कि बनको त्यो छलफल गर्ने बिषय बनाउनु उपयुक्त होला जस्तो लाग्यो "
    Ke bhannu bhako Krishna ji? maile ta ali bujhina ni??

    ReplyDelete