(भानु जयन्तीका उपलक्ष्यमा)
आज तिम्रो जयन्तीमा शब्दविहीन भएकीछु
प्रत्येक वर्ष अझ बढी लाचार बन्दै गएकीछु
तिम्रो नासो हाम्रो देश अझ सानो बनिरा'छ
"म त बाँच्नै सकिन नि" सगरमाथा भनिरा'छ
आज यहाँ साहित्य नि मोलहीन भएकोछ
ढुकुटी त्यो साहित्यको, दीन बन्दै गएकोछ
लज्जित बनी श्रद्धा-सुमन चढाउन चाहन्न म
तिम्लाई माला लाउन हात बढाउन चाहन्न म
मेरा भाइबैनालाई तिम्रो नाम थाह छैन
तिम्रा कृति पढ्ने मेरा दाइदिदीलाई चाह छैन
कवि आधा पागल हुन्छ, बुज्रुकहरु भन्ने गर्छन्
नेपाङ्रेजी बोल्नेलाई आधुनिकमा गन्ने गर्छन्
तिमी धेरै माथि थियौ, हामी तल गिरेकाछौं
मुख लुकाउन डिस्को, पब, बार भित्र छिरेकाछौं
आज तिमिलाई यो देशको भानु भन्न चाहन्न म
आडम्बरी नेपालीका रानु भन्न चाहन्न म!
तिमीलाई यो देशको भानु भन्न चाहन्न म
आडम्बरी नेपालीका रानु भन्न चाहन्न म!
आडम्बरी नेपालीका रानु भन्न चाहन्न म!
गज्जबसंग मनको तितो पोख्नुभएको रहेछ! स्थिति साँच्चै निराशाजनक छ।
ReplyDeleteतर निराशालेमात्रै त हामीलाई पार लगाउँदैन होला।
nice site platform
ReplyDelete