Saturday, September 27, 2008

दशैं आको होला

दशैं आको होला


हावासँगै माल श्री धुन बजेजस्तै भाको होला
वातावरण आफैंमा नै सजे जस्तै भाको होला
झकिझकाउ बजारमा भीडभाड होला पक्कै
मेरो गाउँमा आज पनि त्यस्तै दशैं आको होला

एकैछिन् त भुले होलान् दैवीप्रकोप विपत्तिलाई
जीवनका अप्ठ्यारालाई, दु:ख अनि आपत्तिलाई
मधुर मुस्कान हरेकका मुहारमा छाको होला
मेरो गाउँमा आज पनि त्यस्तै दशैं आको होला

कतै पक्कु लाग्ला कतै पाक्दै होला सेल रोटी
मामाघर जान पाउने दङ्ग होलान् केटाकेटी
गमक्क भै प्रकृति नै हाँसे जस्तै भाको होला
मेरो गाउँमा आज पनि त्यस्तै दशैं आको होला
मेरो गाउँमा आज पनि त्यस्तै दशैं आको होला ।।

6 comments:

  1. साह्रै भावुक बनाउने कविता रहेछ! यो बेलामा आफ्नो ठाउँको सम्झना र भावनाको भेल झन् उर्लेर आउने रहेछ।

    ReplyDelete
  2. पढिदिनुभएकोमा धन्यवाद :-)

    ReplyDelete
  3. ए चेली नानी भन्या साधना शर्मा हुनुहुदो रहेछ उसो भये। लेखन त तपाईंको उत्क्रिस्ठ छदै छ, राम्रो रहेछ ब्लग पनि। अझ रमाइलो त तपाईंको र मेरो ब्लग को Template एउतै परेछ। कस्तो चिनजानको लागेको। अनी एक दुई कुरा म अल्मलिएको छु। जस्तो कि यो Engineer र nurse को कथा। लेख्दै गर्नु होला।

    ReplyDelete
  4. मैलेपनि हेरें यहाँको ब्लग ! चिने चिने जस्तै लाग्यो मलाई पनि! :D

    Engineer र Nurse को कथामा अलमलिनु पर्ने कुरो के छ र ? साझामै छापिएको एउटा कथालाई कथाकि नारी पात्रको दृष्टिकोणबाट पुनर्लेखन मात्र गरेकी हुँ मैले; लेखकको अनुमति लिएरै! अनि यो पनि साझामा प्रकाशित भैसकोको कथा हो!!
    :-)

    ReplyDelete
  5. ए हो त नि, त्यो पछाडिको कुरा बिर्सेंछु। अगाडिको मात्रै सम्झेछु। यानी मैले राम्ररी नपढिनै प्रतिकृया जनाएछु, तेस्को लागि माफि।

    ReplyDelete