Sunday, January 18, 2009

ब्लगिङ नशा जस्तै भइसकेछ कि मलाईपनि । बिहान उठ्ने बित्तिकै आफ्नो ब्लगरोलमा भएका ब्लगका नयां नयां पोष्ट पढ्न मनलाग्छ चाहे जतिसुकै काम होस् । अनि एउटा पोष्ट लेखेको दुइ-चार दिन पछि नै के लेखम के लेखम् नि हुन्छ .... त्यसैले लाग्छ ब्लगिङ नशा झैं भैसकेछ मलाईपनि!!

चार वर्ष जस्तो अगाडि, (बिइ को दोस्रो वर्षमा थिएं होला) लेखेको एउटा कविता पोष्ट गर्न मनलाग्यो मलाई । मेरो त्यसबेलाको अवस्थासँग यो कविता ठ्याक्कै मिल्थ्यो भने अहिलेको अवस्थासँग नि मिल्न मिल्न खोज्छ  ( फरक यतिमात्र हो, मेरो अहिलेको अवस्थामा सेमेस्टर छ महिनाको हुँदैन ) !  मेरो कविता को शीर्षक छ - "म" --

प्रत्येक छ छ महिनामा नौलो युद्ध लड्दछु म
जित हासिल गर्न सके  खुड्किलोमा चड्दछु म


साना साना आँखाभित्र, ठूला ठूला सपना छन्
विश्वास छ एकदिन, पुरा पनि गर्दछु म
सुन जडित भविष्यले कुर्दै होला मलाई नै
उसैसम्म पुग्न हरेक घडि अघि सर्दछु म

त्यसैले त सेमेस्टरै पिच्छे युद्ध लड्दछु म
जित हासिल गर्न सके  खुड्किलोमा चड्दछु म

प्रत्येक छ छ महिनामा नौलो युद्ध लड्दछु म
जित हासिल गर्न सके  खुड्किलोमा चड्दछु म !!

10 comments:

  1. जिन्दगी पूरै एउटा यात्रा, एउटा युद्ध हो। सरला भाषामा यो तथ्यलाई प्रष्ट पारेको छ यहाँको कविताले। धन्यबाद बाँड्नुभएकोमा।

    जीबनका अरु सबै युद्धहरुमा पनि सफलताको शुभकामना!

    म पनि यो ब्लगिङको नशामा लठ्ठिएको एउटा 'गंजडी' हुँ, नशाबाट फुत्किन सकिएला जस्तो छैन।

    ReplyDelete
  2. बल्गीङ शुरु गेरपछि प्राय सबैको यहि हाल हुन्छ होला । मैले आफ्नो बारेमा केहि भन्नु अगाडी बसन्तजीको "गंजडी" शब्द देखेपछि अरु केहि लेख्‍नै सुझेन ।

    तपाईकै शब्दमा 'सुन जडित भविष्य' को लागी अग्रिम शुभकमना ।

    ReplyDelete
  3. अहिले म पनि युद्ध नै लडिरहेको छु । साह्रै कष्ट पो लाग्छ त, यो परीक्षा भनेपछि । अनि ब्लगिङ को नशा मलाई कति रहेछ भन्नोस न, यस्तो युध्द परिरहेको बेला मा पनि म ब्लग चहारीरहेछु ।

    ReplyDelete
  4. This comment has been removed by the author.

    ReplyDelete
  5. यो नशले जे होस् अरुहरुको पनि पुन्य गरेको छ साधनाजी ।

    अनि कुनै न कुनै युद्धको घानमा नपरी त जीवनले आयुको मुठिबाट फुत्किने नामै पो कहाँ लिन्छ र !
    तपाईंको 'म' को लगनलाई सलाम !

    ReplyDelete
  6. नजान्दा नजान्दै पनि लेख्न गरेको मेरो प्रायास पनि सायद यही हो जस्तो लाग्छ । कविताले युद्ध लडनेहरू(६ महिने) हरेकको भावना लाइ समेटेको छ । तपाइको र अाकारजीको युद्धको जितको शुभकामना ।

    ReplyDelete
  7. लडाइँ हो जिन्दगी यो
    प्रत्येक क्षण लड्नुपर्छ
    बाधाअड्चन आइपर्छन्
    पन्छाइ अघि बढ्नुपर्छ ।

    ReplyDelete
  8. हरेक मान्छे कुनै न कुनै युद्द संग सहमत भैइरहेको हुन्छ!फरक केवल उदेस्य मात्र हो।जुन लक्षको लागि युद्द लडिरहनु भएकोछ। जस्को लागि अग्रीम सुभकामना!!!

    ReplyDelete
  9. यहि हो हविगत अहिले !!! छ-छ महिनाले हैरान पारिसक्यो ।

    ReplyDelete
  10. साह्रै रमाइलो लाग्यो युद्धको कविता र नशाको कुरा । म त के भनुँ बरु यौटा शिर्षक टिपेको छु 'युद्ध र नशा' पहिल्यै कतै सुनेको जस्तो लागेपनि केहि फुरेछ भने लेख्नुपर्ला भन्दैछु ।

    ReplyDelete