Not Completed yet

निर्दोषहरु निर्ममतासाथ मारिएर फालिंदैछन्
बिकास-निर्माण पट्याएर गोजिभित्र हालिँदैछन
यी कुरा त झिना भये याद गर्ने समय छैन
सिनेमाका कुराहरुमा हेर टायर बालिंदैछन्

अन्यायको बिरुद्धमा बोल्ने मुख टालिंदैछन
सत्य लेख्न खोज्ने कलम खोसी, भांची फालिंदैछन्
राजनीति होलान् यी त हामीलाई वास्ता छैन
सिनेमाका कुराहरुमा हेर टायर बालिंदैछन 

6 comments:

उजेली said...

मन त दुख्छ बुद्धलाई भारततिर गन्दा
अशोकस्तम्भ जस्तै अर्को भारतमा खन्दा
टायरै त नबालेकै भए हुन्थ्यो विरोध गर्नलाई
अझै राम्रा उपाय थिए नि यो भन्दा

Sadhana Sharma said...

Birodh ta garnu ni, chup lagera basnu bhaneko hoina, tara bharat ko birodh garne nihu ma, nepal ka banisakeka samrachara bhatkaune, nepali ko dainik jeevan pravhav parne, ajha nepali nepali beech kat-mar garne kaam thik ho ta ?

बेदनाथ पुलामी ( उमेश ) said...

यो शैली नै त नेपाली को गलत हो नि ! खै कहिले आउने हो सुद्री ?

Basanta Gautam said...

हाम्रो दुर्भाग्य यहि हो कि हाम्रो राष्ट्रवाद अत्यन्त कच्चा र अपरिपक्व छ। जे गर्नुपर्ने हो गर्दैनौं हामी र पराइको रिसमा आफ्नै घर बालेर आगो ताप्छौं।

राम्रो भावको शुरुवात छ, पूरा भएको हेर्ने प्रतीक्षामा छु।

Anju said...

Hello
Nice kabita... tito satya...

Sadhana Sharma said...

Thank you all for the words of inspiration.
Durbhagya ta kati chhan kati Basanta dai, Babban Singh jasta maanche khuleaam ghumdaichhan :(