Sunday, January 11, 2009

गीत

म कल्पनाका कुराहरु लेख्न मनपराउँछु । जे मेरो वास्तविक जीवनमा घटिरहेको छैन त्यो कुरा लेख्न रमाइलो लागे जस्तो लाग्छ । यस्तै कल्पनाका उडान भरेर लेखिएको हो यो रचना पनि --- :-)

जप्छु अचेल तिम्रै नाम बिहान अनि साँझ
यो रुपको बयान गरुँ कसरी म आज ।।

हेलम्बुका स्याउ जस्ता तिम्रा राता गाला
त्रिशुलीको जस्तै तिम्रो नागबेली चाला
तिम्रो नाममा लाउँदा लाग्छ उपमालाई लाज
यो रुपको बयान गरुँ कसरी म आज

गुराँस जस्तो मुस्कान तिम्रो बादलुको केश
सबै गुणकी धनी तिमी सबै भन्दा बेश
तिमी राम्री गुणी साह्रै आफूलाई नदाँज
यो रुपको बयान गरुँ कसरी म आज

भाग्यमानी बनाइदेउन मलाई पनि आज
बस्न देउ न मलाई तिम्रो सुन्दर मन माझ
जप्छु अचेल तिम्रै नाम बिहान अनि साँझ
यो रुपको बयान गरुँ कसरी म आज ।।

13 comments:

  1. Nice one.. had good reading.
    Sringaarik kaabya haru padhdaa natamastak huneharuko laagi ajhai raamro laagchha. Bayaan gareko herda laagchha kunai naarikai bayaan ho .. tara naari ko sabdamaa naari kai prasamsaa sunda ajhai raamro ..
    Tara yaslai geet nabhani kabita bhanda kaso hola?? Antyaanupraas mileko kabita kai format ma chha ni haina??

    ReplyDelete
  2. धन्यवाद रुपेशजी, मैले भनें नि कल्पनाको कुरा हो यो भनेर !! आफू एउटा युवक भएको भए, आफूलाई मनपरेकी युवतीका बारेमा लेख्नु पर्दा शायद यस्तै केही लेख्थें होला!

    मेरो ब्लगमा यहाँलाई स्वागत छ :-)

    ReplyDelete
  3. This is very romantic poem indeed. If any guy gives to to any girl then the girl will be be senti-flat (i mean makkhai ni)

    he he.

    ;)

    ReplyDelete
  4. राम्रो लाग्यो तपाईंको काल्पनिक उडान तर मलाई चैं मैले यसरी कुनै केटीको बयान गरेँ भने अलि धेरै भयो भन्ठान्ली जस्तो पनि लाग्यो है ।

    ReplyDelete
  5. यो चैँ साँच्चै हो जस्तो लाग्यो मलाई । काल्पनिक होइन होला । कवितामा भएको महिलापात्रलाई तपाईँको जीवनसाथीसँग परिवर्तन गर्‍यो भने ठ्याक्कै मनकै कुरो हुन्छ होला ।

    ReplyDelete
  6. Thank you.

    Ujeli, ali ali ta sachhai pani hola, tara purush ko bayan tesari garinna ni hoina ra ?

    ReplyDelete
  7. यो त झन गजब को लाग्यो - अनि म पनी उजेली जी सँग सहमत छू है ।

    ReplyDelete
  8. साधना जि गित त मार्मिक लेख्नु भएछ। तर कहिले कहि शोचेको कल्पना र सपनाहरु पनि बास्तबिक्ता हुन सक्ला नि हैन र!

    ReplyDelete
  9. काल्पनिक उडान कति मिठो, कति बान्कि परेको!:)

    ReplyDelete
  10. सपना कल्पनाहरु नै वास्तविकता हुने भए त जिन्दगी अझै सुन्दर हुन्थ्यो होला नि Sangamkirati जी !! तर कहिलेकाहिं त हिन पनि सक्छ है फेरि....

    सुरेशदाइ, हजुरलाई पनि मुरी मुरी धन्यवाद!! धेरैपछि भेट भयो नि है आज हजुरसँग ?

    ReplyDelete
  11. सधनाजी, निकै सरल र सरस लाग्यो तपाईंको गीति अभिव्यक्ति ।
    काल्पनिक उडानको आफ्नो यात्राको मजा हामीसम्मन् आइपुग्यो, आभार !
    अनि दीपकजीकै भाकामा भन्छु, अलि बढ्तै फूलबुट्टा पो भयो कि तारिफको पुलमा ?
    स्याउ जस्तै गाला भन्ने प्रचलन थियो, तपाईंले हेलम्बुको भन्ने फुर्को गाँसिदिदा थप सज्जा खुलेको लाग्यो । तर कसैलाई यति प्यारो ठान्ने जमाना रह्यो नै कहाँ र ?

    ReplyDelete
  12. धन्यवाद धाइबाजी, जमाना त अहिले पनि त्यही नै छ नि, फरक छ त बस् हाम्रो दृष्टिकोण, होइन र?

    ReplyDelete