हारेको मान्छेको व्यथा

 हारेको मान्छेको व्यथा
चाह छैन मनको केही, मैले मन मारिसकें
मुस्कानलाई आफ्नै मुहारबाट पर सारिसकें
आउन सक्ने खुशीलाई नि अब मैले टारिसकें
यस्तो लाग्छ आफ्नो जीवनसँग आफैं हारिसकें

अँध्यारो छ जताततै, उज्यालोको नाम छैन
लाग्छ पुरै संसारमा मेरो केही काम छैन
आशा, उत्साह छैन केही मन उहिले मारिसकें
यस्तो लाग्छ आफ्नो जीवनसँग आफैं हारिसकें

बाँच्न मन छैन तर कायरता हो मर्नु पनि
कति सहुँ पल पल आफ्नै नजरबाट झर्नु पनि
आँखा अब सुख्खा भए आँशु सबै झारिसकें
साँच्चै अब आफ्नो जीवनसँग आफैं हारिसकें ।।
              साँच्चै अब आफ्नो जीवनसँग आफैं हारिसकें ।।
      

10 comments:

सिकारु said...

अँध्यारो छ जताततै, उज्यालोको नाम छैन
लाग्छ पुरै संसारमा मेरो केही काम छैन
very nice.. sadhana ji. tara tapaiko kam chai nirantar chalirahos ni ,not like this poem.thnx

बेदनाथ पुलामी ( उमेश ) said...

जीवनसँग त गुनासोहरु निकै राम्ररी गर्नु भएको छ साधना जी - तर यतिका हितैसी मित्रहरु ब्लग मार्फत पाउनु भएको छ अनि किन

"साँच्चै अब आफ्नो जीवनसँग आफैं हारिसकें "

भन्दै हुनु हुन्छ अब त पालो जित को । तपाईको कलम को , सिर्जना को , र तपाइकै जीवन को .जित को ..
मात्र तपाइले चलाउनु पर्छ तपाईको बिचारको मसिहरू .....

बिमल गिरी said...

साधना जी,
मलाई पनि यी हरफ ज्यादै मन पर्‍यो।
"आखा अब सुक्का भए आशु सबै झारिसके"
अरु नराम्रा भन्न खोजेको पक्कै होइन।
सबै लाइनहरु को उठान मन छुने खालको छ।
मत भन्छु साधना जी,
"बिक्ने भए बैशलाई किन्न पाए हुन्थ्यो
जवानीभै मात्तिएर हिंड्न पाए हुन्थ्यो"
अन्त्यमा नयाँ बर्ष २००९ ले
मनका नयाँ नयाँ र अपुरो
इक्षाहरु पुरा गरुन। शुभकामना।

Sadhana Sharma said...

सिकारुजी, यो कविता मेरो जीवनसँग कुनै पनि किसिमबाट मिलेको भने होइन है !

प्रोत्साहनका शब्दहरु लेखिदिनुभएकोमा, यहाँहरु तिनैजनालाई धन्यवाद!!

Ametya said...

In facebook i had read some of ur poems. Now u r in blog, feeling very nice Sadhana ji....

What to say abt ur poems....

जीवनका धरातलमा पाइला टेकी सिधै हृदयमा बास बस्छन् तपाईंका कबिता

really tooooo gooood this poem

Sadhana Sharma said...

Ametya JI, Thank you very much for the wonderful comment. Welcome to my blog .

उजेली said...

के भयो साधना दिदी यस्तो ?? लोडसेडिङ् भयो कि क्या हो जीवनमा ??

Sadhana Sharma said...

haha उजेली केही भाको छैन है हुन त, लेखेको मात्र हो, पख है त, यसको उत्तर म अर्को पोष्टमा दिन्छु!

Anonymous said...

nice site platform

Anonymous said...

я так считаю: восхитительно!! а82ч