Thursday, March 3, 2011

के नै गर्न सकें ??

पिल्सिएका मुहारमा न त खुशी छर्न सकें
न त भोका पेटहरु अनाजले भर्न सकें
जीवन ब्यर्थ लाग्छ जब मष्तिस्कमा प्रश्न उठ्छ
यो धर्तीमा जन्मिएर मैले के नै गर्न सकें ??

अन्यायका बिरुद्धमा न म अघि सर्न सकें
सहिद बनी देशका निम्ति न त हांसी मर्न सकें
निस्सार अनि बेअर्थको जीवन बाँच्दा लाग्ने गर्छ
यो धर्तीमा जन्मिएर मैले के नै गर्न सकें ??

न त दुखि मानिसका दु:ख सारा हर्न सकें
ज्ञान-ज्योति फैलाउन न नै अघि पर्न सकें
आफ्नै लागि मात्र बाँचे जस्तो लाग्छ सोच्छु जब
यो धर्तीमा जन्मिएर मैले के नै गर्न सकें ??

3 comments:

  1. Simply the best!! भनेको यस्तै हो क्यार । खुब मनपर्यो । हरेक मनमा एउटा अठोट जन्माउन सक्छ यो गीतले ।

    ReplyDelete
  2. केही गर्नुपर्छ भन्ने भावना त जगाउन सक्छ नि !

    ReplyDelete
  3. केहि गर्ने चाह हुँदा हुँदै गर्न नसकेको तपाइको यो छटपटीले सायद अरुलाई चै प्रेरणा दिन सक्छ साधना जी !

    ReplyDelete