रहन्न कि - revisited

Its my old, already posted poem, with some modifications. These days, more I read the news of my country, read about the things going on, more I feel, my poem is getting close to the reality. I really wish, everything I have been thinking may turn wrong.. so that I will always be proud of my country.


संसारमा मेरो कतै अवशेषै रहन्न कि
विश्व-मानचित्र माझ मेरो देशै रहन्न कि

हत्या हिंसा जताततै सुख शान्ती छैन कहिं
हतास हतास मुहारमा कुनै कान्ति छैन कहिं
देश प्रेममा पग्लिएर आँशु अब बहन्न कि
विश्व-मानचित्र माझ मेरो देशै रहन्न कि

सारंङ्गीले नेपालको भाका गाउन छोड्योहोला
मीठो बोल्दै कोइलीले प्रित लाउन छोड्योहोला
अब मेरो कलमले नि नेपाल नाम कहन्न कि
विश्व-मानचित्र माझ मेरो देशै रहन्न कि

देशका समाचार पढ्दा चस्स चस्स पोलिदिने
कहिलेकाही भावुक भै कवितामा बोलिदिने
मन मेरो अब कहिल्यै भावनामा बहन्न कि
विश्व-मानचित्र माझ मेरो देशै रहन्न कि

दुनियाँले नेपाललाई नेपालीलाई सहन्न कि
विश्व-मानचित्र माझ मेरो देशै रहन्न कि !!!!



2 comments:

RRijal said...

आशा छ यि हाम्रा त्रास हरु मरेर जाउन्। अहिले जुन गतिले घटनाक्रम बढ्दैछन्, यसले पक्कै विपत्ती निम्त्याउँछ। भारु विरुद्द प्रचारवाजी गर्दा युआन टिप्ने स्यालहरुको कर्तुतले झन तर्साएको छ। भुटान हुन दिँदैनौ भन्दा तिब्बत हुने डर छ। दुरगामी सोचको गीति-कविता राम्रो लाग्यो ।

Sadhana Sharma said...

"भारु विरुद्द प्रचारवाजी गर्दा युआन टिप्ने स्यालहरुको कर्तुतले झन तर्साएको छ" -- very well said Rijal Ji. Thank you ..