Thursday, September 2, 2010

बस्दी’हुन्


पहिले आफुले लेखेको एउटा कवितालाई मिल्दो चित्र खोज्ने क्रममा मैले यो तस्वीर भेटेकी थिएँ . आज भने यो तस्वीर हेर्दा अर्कै भावना उर्ले मन भित्र .. तिनै भावनालाई कविताको रुप दिन खोजेकी छु (सल्लाह र सुझावको अपेक्षामा)

त्यो घर बाहिर ति बूढी आमा पर्खेर बस्दी’हुन्
छोरो हिंडेको बाटो नै तिर फर्केर बस्दी’हुन्

भर छ उनलाई त्यो छोरो माथि, फर्कन्छ कुनै दिन
फर्कन्न भन्ने छिमेकीदेखि तर्केर बस्दी’हुन्

पुराना कुरा सम्झेर बस्लिन मनमा खेलाई
कहिले हाँस्दै कहिले आफैँ झर्केर बस्दी’हुन्

टाउकामा हात राखेर फेरी रुँदी हुन् कुनैदिन
मायालु छोरो निष्ठुरी बन्यो भनेर बस्दी’हुन्

त्यहिपनि आशाको सानो त्यान्द्रो मनमा पलाउला
दशैंमा आउला भनेर दिन गनेर बस्दी’हुन्

त्यो घर बाहिर ति बूढी आमा पर्खेर बस्दी’हुन्
छोरो हिंडेको बाटो नै तिर फर्केर बस्दी’हुन्

4 comments:

  1. धेरै आमाहरु टाढा टाढा (स्वदेश वा बिदेश्) गएका छोराहरु फर्किने आशामा यसरी नै कुरेर बसेका छन्। के गर्ने संसार यस्तै रहेछ। मेरी आमा पनि त यसरी नै बस्दी हुन्। राम्रो रचना।

    ReplyDelete
  2. आमाको कथा। तर के गर्नु यो कर्म भन्ने कुरा यस्तै छ, गर्नै पर्ने, भोग्नै पर्ने। आमाहरुको पिडा पोख्नु भो खुसी लाग्यो। एकै छिन भए पनि धोरिएर सोच्नु पर्ने वनाउनु भो। साह्रै सुन्दर लेख्‍नु हुन्छ साधान जी। लेख्दे गर्नुस पढ्दै गर्न पाइयोस।

    ReplyDelete
  3. हामी बिदेशमा रहेने यूवकलाई मेल खाने लेख लेख्नुभए छ साह्रै राम्रो लाग्यो ।
    साधान जि यस्तै मिठा मिठा लेख लेख्दै जानूहोला ।
    Thank u

    ReplyDelete