Tuesday, June 29, 2010

तिम्रालागि

तिम्रालागि भावनाका तानाबाना बुन्दै छु म
मनै देखी निस्किएका शब्द-माला उन्दै छु म !!

दिर्घायु रहु, निरोगी रहु, चाहे जती पाउ सदा
हँसिलो र रसिलो भै जताततै छाउ सदा
शुभकामनाका मीठा भाव आज चुन्दै छु म
मनै देखी निस्किएका शब्द-माला उन्दै छु म !!

बगैंचाका फूलहरु नाच्छन् लगाई प्रीत आज
बज्दैछ कि हावा संगै जन्मदिनको गीत आज
नेपथ्यमा "ह्यापी बर्थ्डे टु यु" कतै सुन्दै छु म
मनै देखी निस्किएका शब्द-माला उन्दै छु म !!


तिम्रालागि भावनाका तानाबाना बुन्दै छु म
मनै देखी निस्किएका शब्द-माला उन्दै छु म !!

2 comments:

  1. उसका लागि, मेरो तर्फबाट पनि जन्मदिन को हार्दिक शूभकामना !

    अनि, तपाई को शुभकामना कविता ले उ पक्कै पनि खुशी ले गदगद भएको होला । निकै सुन्दर र मनमोहक हृदय भित्रै देखि निस्किएको कविता !

    ReplyDelete