रुँदै थिईन देश...

घायल तन, मैला लुगा, छरिएका केश
आज मेरो सपनीमा रुँदै थिईन देश ।

भन्थिन उन्का छोराछोरी उन्का भएनन् रे
माया, प्रेम जस्ता कुरा अब रहेनन् रे
हावी भए रे जताततै तिरस्कार, क्लेश
भन्दै मेरो सपनीमा रुँदै थिइन देश ।

छोराछोरी उनैलाई कुट्न खोज्छन अरे
उन्का झिटिझाम्टापनि लुट्न खोज्छन अरे
बुढेस्काल्मा सहारा कोही भएनन् रे बेश
भन्दै मेरो सपनीमा रुँदै थिइन देश ।

घायल तन, मैला लुगा, छरिएका केश
आज मेरो सपनीमा रुँदै थिईन देश ।
   
(Picture Courtesy: http://beacononline.files.wordpress.com/2008/09/old-lady-nepal-flood.jpg)

    


  

8 comments:

Aakar said...

खै, कहिले हँसाउन सक्ने दिन आउने हो ???

बेदनाथ पुलामी ( उमेश ) said...

साह्रै राम्रो मन छुने कविता ! निकै राम्रो लाग्यो साधना जी !

Dilip Acharya said...

सरल तर मन छुने भाव।

आकारजीले भने जस्तै खै, धेरै भयो हँसाउन सक्ने दिन पनि आ' छैन। हँसाउन सक्ने मान्छे पनि देख्या छैन !

Sadhana Sharma said...

Thank you Everyone!!

Tyai ta Aakar!! khoi kaile aaune ho hamile Deshlai hasauna sakne din ?? :(

दूर्जेय चेतना said...

आकारजी ले भने जस्तै भा छ। तर म छोयो कबिताले। शब्दहरु पनि ठ्याम्म मिलेका अर्थ पुर्ण लाग्यो....
भन्थिन उन्का छोराछोरी उन्का भएनन् रे
माया, प्रेम जस्ता कुरा अब रहेनन् रे
सुन्दर रचना

Sadhana Sharma said...

dhanyabad

Bhim Prasad Ghimire said...

ज्ञानचरी समाउने भन्दै
पढेकाहरु छाडेर जाने
कमाउने भन्दै
बाहुबली टाढिएर जाने
उपियाँ राज्य निर्धाका भीडमा
खै कसरी हास्ला हाम्रो देश ।।

ametya said...

साधना जी का कविता मार्मिक र हृदयस्पर्शी हुन्छन् ....हाम्रा देश चलाउने अभिभारा लेका नेताद्वयहरूले यहाँको कविता पढ्नु पर्ने हो ...केहि आत्मग्लानिले मुटु छटपटिन्थ्यो कि ?????