घायल तन, मैला लुगा, छरिएका केश
आज मेरो सपनीमा रुँदै थिईन देश ।
भन्थिन उन्का छोराछोरी उन्का भएनन् रे
माया, प्रेम जस्ता कुरा अब रहेनन् रे
हावी भए रे जताततै तिरस्कार, क्लेश
भन्दै मेरो सपनीमा रुँदै थिइन देश ।
छोराछोरी उनैलाई कुट्न खोज्छन अरे
उन्का झिटिझाम्टापनि लुट्न खोज्छन अरे
बुढेस्काल्मा सहारा कोही भएनन् रे बेश
भन्दै मेरो सपनीमा रुँदै थिइन देश ।
घायल तन, मैला लुगा, छरिएका केश
आज मेरो सपनीमा रुँदै थिईन देश ।
(Picture Courtesy: http://beacononline.files.wordpress.com/2008/09/old-lady-nepal-flood.jpg)
खै, कहिले हँसाउन सक्ने दिन आउने हो ???
ReplyDeleteसाह्रै राम्रो मन छुने कविता ! निकै राम्रो लाग्यो साधना जी !
ReplyDeleteसरल तर मन छुने भाव।
ReplyDeleteआकारजीले भने जस्तै खै, धेरै भयो हँसाउन सक्ने दिन पनि आ' छैन। हँसाउन सक्ने मान्छे पनि देख्या छैन !
Thank you Everyone!!
ReplyDeleteTyai ta Aakar!! khoi kaile aaune ho hamile Deshlai hasauna sakne din ?? :(
आकारजी ले भने जस्तै भा छ। तर म छोयो कबिताले। शब्दहरु पनि ठ्याम्म मिलेका अर्थ पुर्ण लाग्यो....
ReplyDeleteभन्थिन उन्का छोराछोरी उन्का भएनन् रे
माया, प्रेम जस्ता कुरा अब रहेनन् रे
सुन्दर रचना
dhanyabad
ReplyDeleteज्ञानचरी समाउने भन्दै
ReplyDeleteपढेकाहरु छाडेर जाने
कमाउने भन्दै
बाहुबली टाढिएर जाने
उपियाँ राज्य निर्धाका भीडमा
खै कसरी हास्ला हाम्रो देश ।।
साधना जी का कविता मार्मिक र हृदयस्पर्शी हुन्छन् ....हाम्रा देश चलाउने अभिभारा लेका नेताद्वयहरूले यहाँको कविता पढ्नु पर्ने हो ...केहि आत्मग्लानिले मुटु छटपटिन्थ्यो कि ?????
ReplyDelete